ब्राउनसुगर सहित एक जना प्रहरीको नियन्त्रणमा

झापा । झापाको गौरादह नगरपालिका–३ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबारे राती ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरिगंजबाट दमकबाट तर्फ आउदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा कमल गाउँपालिका–५ का २१ बर्षीय दिपेन्द्र ताजपुरीयाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका ताजपुरीयाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

तपाईको प्रतिक्रिया