जुन देशमा सार्वजनिक शिक्षा बलियो हुन्छ त्यो देशले समुन्नति हासिल गर्छ सर्वाधिक विद्यार्थीको चाप रहेको पब्लिक हाइस्कुलमा शैक्षिक गुणस्तर बृद्धिका लागि अन्तरक्रिया

धरान । आजभन्दा ७८ बर्ष अगाडि अर्थात २००३ सालमा स्थापना भएको पब्लिक हाइस्कुल धरानले थप शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मिडियाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । भौतिक पूर्वाधारको पर्याप्ता, नेपाल सरकारले विज्ञान प्रमोटका लागि अधिराज्यभरिबाट छानिएका ११७ विद्यालयहरु मध्येको एक र जिल्लाका अन्य विद्यालयको तुलनामा सर्वाधिक विद्यार्थी संख्या रहेको पब्लिक हाइस्कुलले यसभन्दा अगाडि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक, प्रवुद्ध वर्गहरु, शिक्षा क्षेत्रमा चासो राख्ने व्यक्तित्वहरु, नेपाल सरकारका सम्बन्धित निकायका सरोकारवालाहरुसँग अन्तरक्रिया संवाद गर्दै आएको थियो । विद्यालयका प्रद्यानाध्यापक डा. इन्द्रमोहन झाले मिडिया कर्मीको जिज्ञासा अगाडि विद्यालयको भौतिक, शैक्षिक, विद्यार्थीहरुको बाह्य गतिविधि, आगामी दिनमा समावेश गरिने योजनाका सम्बन्धमा जानकारी गराउनु भएको थियो । उहाँले भन्नुभयो विद्यालय कस्तो हुनुपर्छ भन्ने सोचका साथ हामी अगाडि बढेका छौं । विद्यालयले हाल होटल म्यानेजमेन्टलाई समेत अगाडि बढाएको छ , यसका लागि होटल म्यानेजमेन्टको ल्याब बन्दै छ । हाल प्राइमभिजनसँग कोअर्डिनेट गरेर पठनपाठन भइरहेको, प्राइम भिजनले होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई आफ्नै ल्याबमा प्राक्टिक्स गराइरहेको र आगामी बर्षदेखि विद्यालयको आफ्नै ल्याब सञ्चालन हुने जानकारी दिनुभयो ।
प्रध्यानाध्यापक डा. झाले भन्नुभयो नेपाल सरकारले विद्यालयमा ४० जनाको दरबन्दी दिएको छ । जसमा ३८ जना शिक्षक र २ जना कर्मचारी रहेका छन् । विद्यार्थी संख्याको आधारमा नेपाल सरकारले उपलब्ध गराएको दरबबन्दी अर्पाप्त भएकोले अभिभावकबाट संकलित आर्थिक सहयोगबाट १४४ जना शिक्षकहरु निजी स्रोतबाट राखिएको समेत उहाँले जानकारी दिनुभयो । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म १८४२ जना र कक्षा ११ र १२ मा १५९० जना विद्यार्थी गरी कुल विद्यार्थी संख्या ३४३२ जना रहेका छन् । उहाँले भन्नुभयो विद्यालयको सिकाइको माध्यम पूर्ण रुपमा अंग्रेजी भए पनि नेपाली विषयलाई छाडेका छैनौ । विद्यार्थीहरुले अंग्रेजी माध्यमबाट मात्र पढ्दा सरकारी काम र विभिन्न संघ संस्थामा जाँदा नबुझ्ने भएकोले कक्षा १० मा नेपाली माध्यम अनिवार्य गरिएको उहाँले बताउनुभयो । बाल विकासलाई परिमार्जन गर्दै लगिएको, स्मार्ट बोर्डको प्रयोग गरी कक्षा सञ्चालन गर्दै आएको, विद्यार्थीहरुले पुस्तकको भारी बोक्नु नपरोस् भनेर ४५ मिनेटको् कक्षालाई एक घण्टा बनाइएको, होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई अत्यन्तै न्यून शुल्कमा अध्यापन गराउन थालेपछि नीजि विद्यालयहरु दबाबमा परेर शुल्क घटाउन बाध्य भएको, यातायातमा विद्यार्थीहरुसँग न्यून शुल्कमात्र असुल गरिएको समेत उहाँले बताउनुभयो । मिडियाकर्मीहरुको जिज्ञासाप्रति उहाँले भन्नुभयो, विगतको तुलनामा एसइइ र कक्षा ११, १२ को रिजल्टमा सुधार भएको, यातायातमा विद्यार्थीहरुको चापलाई न्यूनिकरण गर्न बस संख्या थप गर्ने, सरसफाइमा विशेष ध्यान दिइएको, विद्यार्थीहरुको शारीरिक र मानसिक स्वस्थताका लागि योगा, जुडो लगायतका अन्य खेलकुदमा सहभागी गराएको समेत उहाँले बताउनु भएको थियो । यसैगरि विद्यालयका सहायक प्रद्यानाध्यापक लेखनाथ भट्टराईले विद्यालयको समग्र शैक्षिक गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो, जुन देशमा सर्वाजनिक शिक्षा बलियो हुन्छ त्यो देशले मात्र समुन्नति हासिल गर्न सक्छ भन्ने मान्यताका साथ विद्यालय अगाडि बढेको छ । उहाँले भन्नुभयो हामीले कक्षागत अभिभावकसँग बर्षमा तीन पटक अन्तरक्रिया गर्छौ, छलफल गर्छौ । विद्यालयको शैक्षिक सुधार गर्न के गर्नुपर्छ भनेर छलफल केन्द्रित गर्छौ । यसैगरि विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग अन्तरक्रिया गर्दै सुझाव लिदै जान्छौं ।


सरकारको नीति चाहिँ के रहेछ भने धेरै ठाउँमा च्याउसरी साइन्सका शिक्षालय खुल्दा त्यहाँ मेनपावर पु¥याउन नसकिने, फिजिक्स, कमेस्ट्री, म्याथ, बायोलोजीका टिचरहरु एभाएवल गर्न नसकिने कारणले गर्दा एकै ठाउँ केन्द्रिकृत गरेर, होस्टल सुविधा दिएर विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर केन्द्रमा राख्ने नीति लिएको रहेछ । त्यस अन्तर्गत हामी परेका छौं । उहाँले यसै कारण विज्ञान प्रवद्र्धनका लागि छान्नु भएको छ । अहिले हामीले विज्ञानमा धेरै फड्को मारिसकेका छौं । उहाँले भन्नुभयो साइन्समा हाल १२ मा ९२ जनाले परीक्षा दिएर बसेका छन् । कक्षा ११ मा १३८ जना भर्ना भएका थिए । विद्यालयले किन त्यतिमात्र विद्यार्थी लिएको हो भने विद्यालयमा ल्याबको प्रयाप्तता थिएन । तर हाल विद्यालयले ल्याबहरुको स्थापना गरिसकेको छ । यो बर्ष विद्यालयले ४ वटा सेक्सनमा १६० जना विद्यार्थीले भर्ना पाउनेछन् । यसलाई बढाएर क्रमश ः साइन्समा ५ सय विद्यार्थी पु¥याउने लक्ष्य राखेको उहाँले बताउनुभयो । सहायक प्रद्यानाध्यापक भट्टराईले भन्नुभयो साइन्स र इन्जिनियरिङ्गलाई मसिनो गरी हेर्ने विद्यालयले २ जना शिक्षक मोहन श्रेष्ठलाई साइन्स र इलेक्ट्रिक ल्याबको इन्चार्जको रुपमा र उहाँको सहयोगीका रुपमा रमेश सरलाई दिएका छौ । पब्लिक हाइस्कुल यस क्षेत्रको साइन्समा पहिलो नम्मरमा छ । किनकि विद्यालयले दिनमा २ पटक फिजिक्स, दुई पटक कमेस्ट्री, दुई पटक वायोलोजी, दुई पटक म्याथ पढाउदै आएको छ । एक पिरियड पढाउने शिक्षकले कोर्ष अगाडि बढाउने, कोर्ष सिध्याउने दायित्व उहाँकै हुन्छ । अर्को टिचरले नोट लेखाउने, एमसिकी गराउने हुन्छ । हाल व्याचलरमा इन्जिनियरिङ्ग, मेडिकल साइन्स सबैतिर एमसिकी आउँछ । त्यहाँ टिक द वेस्ट टेन्सन गर्नै हुन्छ । चार वटा अप्सन हुन्छ । गल्ति भयो भने ०.२५ नेगेटिव मार्किङ्ग हुन्छ, ठीक भयो भने १ माक्र्स आउँछ । त्यो खालको एमसिकी विद्यार्थीलाई तयारी गराईन्छ । यस्तो खालको पढाई सम्भवत ः काठमाण्डौदेखि बाहिर कही नरहेको पनि उहाँले बताउनुभयो । उहाँका अनसार विगत दुई बर्षदेखि विद्यालयले त्यसलाई प्राक्टिक्स गरिसकेको छ । पहिलो विद्यालयले माइक्रो म्यानेजमेन्ट गर्न सकिरहेको थिएन । हाल यसको म्याजमेन्ट गरिरहेको छ । साइन्सलाई विद्यालयले हवको रुपमा विकसित गरिरहेको छ । उहाँले भन्नुभयो गत बर्षदेखि कक्षा ११ मा तीन वटा कोर्ष लञ्च गरिएको छ जसमा होटल म्यानेजमेन्ट जुन सार्वजनिक विद्यालयमा पब्लिक हाइस्कुलले मात्र लञ्च गरेको छ । निजी विद्यालयले बार्षिक एक लाख लिँदै आएको थियो भने पब्लिक हाइस्कुलले गत बर्ष २३ हजारमा पढाइएकोले निजीहरुले पनि आफ्नो शुल्क घटाउन बाध्य भए । यसैगरी नेपाल सरकारको नमूना विद्यालयको मापदण्ड अनुसार ४२ सय स्क्वायर फुटको होटल म्यानेजमेन्टको ल्याब निर्माण गरिरहेका छौै । जुन असोजदेखि सञ्चालनमा आउने जानकारी समेत उहाँले दिनुभयो । दोस्रो व्युटिसियन एण्ड हेयर ड्रेसिङ्ग भन्ने कोर्ष खोलेको र काठमाण्डौ भन्दा अन्यत्र नरहेको उहाँले बताउनुभयो । मेजर इंगलिस र व्युटिसियन लिएर कुनै विद्यार्थीले पढ्यो भने त्यो विद्यार्थीले विदेश जाँदा सजिलै स्टुडेन्ट भिषा पाउँछ । कम्प्युटर साइन्स, पियोर साइन्स बाहेक कक्षा ९ मा अप्सनल साइन्स, अप्सनल म्याथ पढाई हुँदैछ । त्यो किन पढाइएको हो भने कक्षा १० र ११ कक्षाको साइन्सको बीचमा ठूलो खाडल छ । त्यसैले ब्रिज कोष सञ्चालन गरिरहेको, ब्रिज कोर्ष पढ्नै पर्छ र त्यो अप्सनल साइन्सले त्यो खाडल पुर्ने गर्छ । भोलि इन्जिनियरिङ्ग, साइन्स, प्राविधिक शिक्षा, मेडिकलमा जाने इच्छा गर्ने विद्यार्थीले अप्सनल साइन्स पढ्यो भने त्यस्ता विद्यार्थीका लागि बरदान सावित हुने सहायक प्रधानाध्यापक भट्टराईले बताउनुभयो । अन्तरक्रिया कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कार्कीले गर्नुभएको थियो भने सञ्चालन मोहन श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया