काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जाँजरकोट लगायतका स्थानमा रहेका भुकम्प पीडितहरुका लागि भारत सरकारले अध्यावश्यक चिकित्सा सामाग्री सहितको चौथो चरणको भुकम्प राहत सामाग्री मंसिर ५ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल चिकित्सक संघको माग अनुरुप भारत सरकारले ती सामाग्रीहरु उपलब्ध गराएको हो । चौथो पटक उपलब्ध गराइएका राहत सामाग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् । गएको कार्तिक १७ गतेको भुकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारत सरकारले ३४ टन भन्दा बढी आपतकालीन राहत सामाग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाँजरकोट भुकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामाग्रीलाई निरन्तता दिने भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
