गोरखा डिपार्टमेन्ट स्टोरमा तिहार लक्षित सामानप्रति उपभोक्ताहरुको अत्याधिक भीड

इटहरी । विगतका बर्षहरुमाझैँ यस बर्ष पनि गोरखा डिपार्टमेन्ट स्टोर इटहरीले आफ्ना ग्राहक एवम् उपभोक्ताको रुचि तथा मागलाई मध्यनजर गरी सैयौ प्रकारका तिहार लक्षित सामान स्टोर गरेसँगै अत्याधिक भीड बढेको छ । नेपालीहरुको महान पर्व तिहारको उपलक्ष्यमा स्वदेशसँगै विदेशबाट आयात गरिएका आकर्षक कृतिम फूलका दर्जनौ प्रजाति, गिफ्ट आइटम, सजावटका अन्य सामाग्रीहरुप्रति ग्राहक एवम् उपभोक्ताहरुको अत्याधिक भीड लागेको हो ।


तिहार लक्षित सामाग्री खरिद गर्नकै लागि आइतबार उदयपुरको बेलटारबाट श्रीमानका साथ आएकी देवकी कटुवालले भनिन् म गोरखा डिपार्टमेन्ट स्टोरको नियमित ग्राहक हुँ । बेलटारबाट चतरा हुँदै पकली भएर डिपार्टमेन्ट स्टोरमा आइपुगेकी कटुवालले भन्नुभयो गोरखामा जे जति सामान पाइन्छ त्यो अन्यत्र कहीँ पाइदैन । उनी कृतित्र फूल, खाद्यान्न, लत्ता कपडा खरिदमा व्यस्थ थिइन् । हुन पनि देवी कटुवालले भनेझै गोरखा डिपार्टमेन्ट स्टोरमा ६ लाख ५० हजार प्रकार भन्दा बढी आइटमहरु रहेका छन् । हरेक ग्राहकले आफूले खोजे अनुरुपका सामान सहजै उपलब्ध रहेका छन् । देवकी कटुवाल झैँ आफ्ना केही साथीहरुका साथ गोरखा डिपार्टमेन्ट स्टोरमा आएका मोरङ जाँतेका धनप्रसाद सुवेदी समेत किनमेलमा व्यस्थ थिए । उनले तिहार लक्षित सामाग्री खरिदका लागि परिवारले उपलब्ध गराएको सामानको लिष्ट अनुसार खरिद गर्दै थिए । उनले भने यतिका सामान खरिद गर्नुपर्दा अन्यत्र जाने हो भने पूरै बजार चहार्नुपर्छ । त्यसमा पनि कतिपय सामानहरु पाइँदैनन् । पाइहालिए पनि मूल्यमा एकपता हुँदैन । पेशाले शिक्षक रहेका सुवेदीका अनुसार चाडपर्वका बेलामात्र नभएर अन्य समयमा समेत आफू किनमेलका लागि गोरखा डिपार्टमेन्ट स्टोरमै आउने गरेको सुनाए ।
कटुवाल र सुवेदीझै आफना परिवार र साथीहरुसँग तिहार लक्षित समान खरिद गर्नेहरुको यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा अत्याधिक भीड देखिन्छ । नेपाली ग्राहकहरु तिहारका समयमा खाद्यान्न, लत्ता कपडा र केही गिÏट आइटम खरिदमा व्यस्त भएपनि भारतीय ग्राहकहरु विदेशी ब्राण्डका सामान खरिद गर्न स्टोरमा आउने गरेका छन् । आफ्ना ग्राहकहरुलाई लक्षित गरेर गोरखा डिपार्टमेन्ट स्टोरले इटहरी स्थित आफ्नो मुख्य स्टोर सँगै मोरङको विराटचौक, पथरी, झापाको दमक शाखामा ५ देखि १० प्रतिशत छुटको व्यवस्था समेत गरको छ । डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ हामीले दशैको झै तिहारमा पनि उपभोक्ताहरुको सामान खरिदमा छुटको व्यवस्था गरेका छौं । उहाँका अनुसार ग्रोसरी अर्थात भान्साका सामानमा ५ प्रतिशत छुट दिइएको छ भने ग्रोसरी बाहेकका अन्य सामानमा जस्तै इलेक्ट्रोनिक्स, लत्ता कपडा, गिÏट आइटम, स्वदेशी तथा विदेशी ब्राण्डका जुत्ता चप्पल लगायतका सामानहरुमा १० प्रतिशत छुटको व्यस्था गरिएको छ । पेय पदार्थ, चिनी र काटुर्न सामान लँैजानेहरुलाई भने छुटको व्यवस्था नरहेको उहाँले सुनाउनुभयो ।

बजार अस्तव्यस्त छ–अधिकांश उपभोक्ता सिधै पारि पुग्छन्

बलराम आचार्य
प्रवन्ध निर्देशक
गोरखा डिपार्टमेन्ट स्टोर, इटहरी

व्यवसायको स्थिति कस्तो छ अहिले ?
–अहिलेको भन्दा डाँवाडोलको अवस्था मैले कहिले देखेको थिइनँ । बजार पसलमा उपभोक्ता छैनन् ।
यस्तो अवस्था के कारणले सिर्जना भयो त ?
–यो सबै सरकारको गलत नीतिका कारण उत्पन्न भएको हो । सर्वसाधारणको आम्दानीको स्रोत छैन, तीन तहका सरकारलाई तीनै ठाउँमा कर तिरेर पालिदिनु परेको छ । कृषि उत्पादनदेखि उद्योग धन्दामा सरकारको कही प्रोत्साहन छैन । केही व्यक्तिको हातमा अर्थतन्त्र सीमित भएको छ । आम्दानीको स्रोत नभएपछि खर्च गर्ने क्षमता हुँदैन ।
दसीमावर्ती भारतीय बजारमा नेपाली उभोक्ताहरुको ओइरो लागेको छ त ?
–किन नलागोस् त । यहाँ भन्दा आधा मूल्यमा भारतीय सीमावर्ती बजारमा सामान सस्तो पाइन्छ । एक कट्टा चामलको यहाँ २५ सय पर्छ भने त्यही चामल जोगबनीमा १५ सयमा पाइन्छ । खाद्यन्नमात्र नभएर अन्य सबै सामान उतै सस्तो पाइने भएपछि नेपाली उपभोक्ताहरु सीमावर्ती बजारमा किन नजाउन त ?
नेपाली उपभोक्ताहरुलाई सीमावर्ती गएर किनमेल गर्नबाट रोक्न सकिदैन ?
–सरकारले चाहेमा रोक्न सक्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन तहको सुरक्षा जाँचको व्यवस्था गर्नुपर्छ । सुरक्षा जाँचमा बस्नेहरु इमान्दार समेत हुनुपर्छ । केही दिन अगाडि सीमावर्ती बजरबाट १ सय भन्दा बढीको सामान ल्याउन नपाउने निर्णय भयो । केही समय कडाई पनि गरियो त्यसबेला नेपाली बजारमा केही चहलपहल बढेको थियो ।
उपभोक्ताहरु जहाँ सस्तो पाइन्छ त्यही खरिद गर्न जान्छन्, हैन र ?
–हो , सरकारले चाहेमा त्यो असम्भव छैन । सीमावर्ती बजारमा दैनिक
करोडौ रुपैया गइरहेको छ , यहाँ राजस्व गुमिरहेको छ । सरकारले सीमावर्ती बजारकै मूल्यमा यहाँ सामान उपलब्ध गराए को त्यहाँ जान्छ ?
त्यो सम्भव छ ?
–किन नहुनु । माफिया, तस्करले सरकारलाई नचाएको छ । चाडवाडका बेला अनुगमनको नाटक गरेर नेपाली व्यवसायीहरुलाई नै सरकार तर्साउँछ । यस्तो अवस्थामा व्यापार व्यवसाय कसरी गर्न सकिन्छ ? अर्कोतर्फ बैंकको मनोमालिन्य ब्याजले व्यापारीहरु आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । सरकारले त्यसमा नियन्त्रण गर्नुपर्दैन ? १०÷२० जना बैंकरहरुलाई पोस्ने र संरक्षण गर्ने काम मात्र सरकारले गरेको छ । यतिबेला अधिकांश व्यवसायीहरु पलायन हुन थालेका छन् । सरकारको गलत नीतिकै कारण पलायन भएका व्यापारी वैदेशिक रोजगारीमा जान थालेका छन् । यस्तो अवस्था आउनु मुलुकमा लागि शुभसंकेत होइन ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ ।


आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया