चोरीको मोटरसाईकल सहित पक्राउ

झापा । झापाको भद्रपुर  नगरपालिका–४ तारानगरबाट  चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका–२ का ३५ बर्षीय जफिर आलम, देश भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासाका २९ बर्षीय मो.जुबेर रहेका छन् । सोमबार बिहान उनीहरुले मे ११ प ४३०७ नम्बरको मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा प्रहरी चौकी महेशपुर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकालागी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।


उक्त मोटरसाईकल बिर्तामोड नगरपालिका–४ मेघावारीबाट चोरी गरी ल्याएको खुल्न आएको छ भने घटना सम्बन्धमा वडा प्रहरी कार्यालय भद्रपुरबाट थप आवश्यक अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया