धरान । धरानमा महिलाहरुले समावेशी तीज मनाएका छन् । धरानमा केही समय अगाडि धरान १४ विजयपुरमा बनेको चर्च र धरान ११ मंगलबारेमा गोरु काटेको विषयले धार्मिक तथा समामजिक सद्भाव खल्बलिएको भन्दै सद्भाव ¥यालीको आयोजना समेत गरेको थियो । तर सोमबार भएको हरितालिका तीजको ब्रतमा सबै जातजाति, समुदायको महिलाको उत्तिकै उपस्थिति देखिन्थ्यो ।
आज नेपाली महिलाहरुको ठूलो चाँड हरितालिका तीज पर्वको द्रोस्रो् दिन । यस दिन विवाहित तथा अविवाहित महिलाहरु निराधार ब्रत बस्ने प्रचलन छ । विगतमा गाउँघरमा आ आफ्नो तरिकाले मनाउने यो तीज पर्व अहिले सामुहिक रुपमा मनाउन थालिएको छ । यसले हिन्दु सनातन धर्मालम्बीमात्र समावेश हुने तीजमा अहिले सबै सबै धर्म, जातजातिको समावेश भएको पाइन्छ ।

विशेष गरेर तीजको ब्रत लिनेहरुले धरान १२ गीता मन्दिर र धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आएर नाचगान गर्ने गर्छन् । आज पनि यी स्थानमा तीजको रमझम देख्न सकिन्थ्यो । विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा पिण्डेश्वर बाबाधाम समितिको व्यवस्थापनमा महिलाहरुले तीज पर्व मनाएका थिए भने धरान १२ गीता मन्दिरमा भने विशेष तीज उत्सव नै मनाइएको थियो ।
विगतमा धरान धरानका मात्र हैन अन्य स्थानका पनि महिलाहरु पिण्डेश्वर मन्दिर आएर पूजाआजा गर्ने र नाचगान गर्ने गरिएको भएपनि यसपटक भने बाहिरबाट कोही नआएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । उहाँले विगतमा धरानमा सद्भाव खल्बिलएको हल्ला र डेंगुका कारण बाहिरबाट महिलाहरु यस मन्दिरमा नआएको हुन सक्ने अध्यक्ष विकास वनेपालीले आशंका व्यक्त गर्नुभएको छ । तीज कार्यक्रममा समावेश हुनेहरुले धरानमा विगतमा पनि सद्भाव नभडिएको र अहिले पनि सद्भाव कायमै रहेको बताएका थिए । यस्ता चाडपर्वमा मौकाको फाइदा उठाउनेको पनि कमी नभएको बताउदै वनेपालीले आज मात्र पिण्डेश्वर मन्दिरबाटमात्र ५ वटा मोवाइल र पर्स समेत हराएको बताउनुभयो । विगतदेखि नै चाडपर्वका समयमा चोरीको घट्नाहरु बढ्दै जाने गरेको थियो । बर्षेनी यस्ता घट्ना घट्दा पनि सर्वसाधारण यस विषयमा भने सचेत हुन नसकेको बताउनुभयो । भीडभाडमा ठेलठेलामा चोरी गर्नेहरुले बढी मौकाको फाइदा उठाउने भएकोले यस्तो बेलामा सचेत नभएकै कारण चोरीको घट्ना बढेको उहाँको भनाई छ ।
