नविन राप्रपामा युवाहरुको आकर्षण

धरान । नेतृत्व सबल र सक्षम हुँदा त्यसले पार्ने प्रभावको आंकलन पछिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हेर्दा पुग्छ । आफूलाई ठूलो र मुलधारको बताउने परम्परागत राजनैतिक पार्टीका सैयौ कार्यकर्ता यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिरहेका छन् । गत विहीबार धरान उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गर्नुभएको छ । विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघ हुँदै नेपाली काँग्रेसमा आवद्ध भट्टराईलाई गत बर्षको स्थानीय निर्वाचनमा वडाध्यक्षको टिकटका लागि स्थानीय नेतृत्वले आर्थिक बार्गेनिङ्ग गरेपछि आक्रोसित भएर उहाँ स्वतन्त्र उमेद्वार भएर निर्वाचनमा अत्याधिक वहुमतसहित निर्वाचित हुुन भएको थियो । साँगठनिक कुशलता भएका सामाजिक अभियन्ता समेत  रहेका भट्टराईलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिगदेनले भट्टराईकै घरमा आयोजित एक कार्यक्रममा सदस्यता दिनु भएको थियो ।


भट्टराई राप्रपामा प्रवेश गरेसँगै धरान उपमहानगरपालिका वडा नं. ६ का झण्डै तीनसय नेपाली काँग्रेसका कार्यकर्ताहरुले राप्रपा प्रवेशको तयारी गरेका छन् । नेपाली काँग्रेस धरानकी महिला नेतृ शिला बज्राचार्यले भन्नुभयो स्थानीय नेतृत्वले पानमाराका काँग्रेस कार्यकर्ताहलाई नरोक्ने हो भने पानमारा काँगे्रसविहीन हुनेछ । उहाँले भन्नुभयो धरानको वर्तमान नेतृत्वले हालसम्म उनीहरुलाई रोक्ने अभियन नै चलाएको छैन । वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराई, वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई र वडा नं. १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले स्थानीय निर्वाचन पश्चात काँग्रेस परित्याग गरेका थिए । वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई भन्नुहुन्छ भुपेन्द्र भट्टराई मात्र होइन केही दिनभित्रमा अन्य वडाका निर्वाचित वडाध्यक्ष र सदस्यहरु समेत राप्रपा प्रवेशको तयारीमा
रहेका छन् । चाडै नै एक औपचारिक कार्यक्रमको आयोजना गरेर उहाँहरुलाई राप्रपा प्रवेशको मार्ग प्रशस्त गर्ने तयारी भइरहेको छ । त्यस्ता वडाध्यक्ष र सदस्यहरु को को हुन छ भन्ने जिज्ञासामा भने उहाँले केही खुलाउन चाहनु भएन ।

तपाईको प्रतिक्रिया