लागुऔषध सहित ५ जना पक्राउ

मोरङ, । मोरङको बिराटनगर महा–नगरपालिका–१६ का तिन छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको  छ ।  बिशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो प्रदेश १–०१–०१४ प. ९८४५ नम्बरको स्कुटरमा भारत बाट नेपाल तर्फ आउदै गरेका बेलवारी नगरपालिका–४ का २४ बर्षीय संजिव राईलाई २८० मिलीग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी प्रदेश १–०२–०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा सवार रहेका धरान–१५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान–८ का ३१ बर्षीय रबिचन्द्र राई १ ग्राम ५८ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् । यसैगरी सोहि स्थानमा को. १ ह ६३९५ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पो चालक गढी गाँउपालिका–८ उदयपुरका २५ बर्षीय ईन्द्र बहादुर तामाङ र टेम्पोमा सवार रहेका बिदुर नगरपालिका–५ नुवाकोटका २४ बर्षीय सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया