स्तनपान दिवस सम्पन्न

धरान । बच्चालाई आमाको दूधको महत्व कति हुन्छ भन्ने कुराको जानकारी नहुदा कतिपय महिलाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउँदैनन् । नेपाल जस्तो विकासोन्मुख देशमा मात्र हैन विकसित देशमा समेत बच्चालाई स्तन पान नगराउने आमाको संख्यामा बृद्धि हुदै गएको छ । स्तनपान गराउँदा आमाको सौन्दर्य विग्रिने नकारात्मक सन्देश प्रवाह भएकै कारण पनि स्तनपान नगराइएको पाइएको छ । यसैलाई मध्यनजर गरी अगस्त १ देखि ७ अगस्त सम्म विश्व स्तनपान दिवस मनाइएको छ,। यसको उद्देश्य बच्चालाई स्तनपान गराउँदा आमा र बच्चालाई हुने फाइदाका विषयमा जानकारी गराउनु नै रहेको छ ।


धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत एक हप्ते स्तनपान दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गरी सम्पन्न गरिएको छ । बच्चालाई स्तनपान गराउने आमा र बच्चा दुवैको स्वाथ्य राम्रो हुने जानकारी नै नहुदा धेरै महिलाहरुले स्तनपान नगराउने पाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डाइटेक विभागमा कार्यरत डाइटिसिएन सिल्पी कुमारीले जानकारी दिनुभयो । उहाँले बच्चालाई स्तनपान गराउँदा आमाको सौन्दर्यता नबिग्रिने बरु बच्चामा रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुने र विभिन्न रोगसँग लड्नसक्ने मात्र हैन सुत्केरी अवस्थामा अनावश्यक रुपमा बढेको तौल घटाउन स्तनपानले सहयोग पु¥याउने भएकोले बच्चालाई अनिवार्य रुपमा स्तनपान गराउन उपस्थित आमाहरुलाई अनुरोध गर्नुभयो । स्तनपान गराउँदा बच्चालाई धेरै फाइदा पुग्ने यहाँबाट सिकेको सहभागी महिलाहरुले बताएका थिए । धरान १७ की सुसान श्रेष्ठ बानियाले बच्चालाई जतिसक्दो स्तनपान गराउन सकेमा बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै वृत्ति विकासमा पनि सहयोग पुग्ने कुरा यहाँबाट सिकेको बताउनुभयो । कतिपय आमाको दूध नआउने भएकोले पनि बच्चाले पर्याप्तमात्रामा सेवन गर्न नपाएको धेरै घट्ना भएको बताउदै स्तनपान गराउने समयमा आमाले पोसिलो खानेकुरा खानुपर्ने इन्टर्न. विधार्थी स्मृति यादबले बताइउनुभयो । उहाँले आमाले बच्चालाई स्तनपान गराउने समय हरियो सागसब्जी, फलफूल, गेडागुडी लगायतका पोसिलो खानेकुरा पर्याप्त खाँदा आमाको दूध पोसिलो हुने र बच्चाको स्वास्थ्यमा पनि राम्रो हुने सुझाव दिनुभयो । स्तनपान दिवस मनाउनुको प्रमुख उद्देश्य नै बच्चालाई स्तनपान गराउन आमाहरुलाई अभिप्रेरित गराउनु हो । स्वास्थ्यसँग सम्बन्धित यस्ता कार्यक्रमबाट आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनकै लागि भएको बताइएको थियो ।

 

तपाईको प्रतिक्रिया