दृष्टिकोण जर्नलको सामुहिक विमोचन

धरान । महेन्द्र वहुमुखी क्याम्पस धरानको म्यानेजमेन्ट  रिसर्च सेल (Research Management Cell) द्वारा हरेक बर्ष प्रकाशन हुँदै आएको धेरै भाषामा समेटिएको (A multidisciplinary peer Reviewd Journal)ि पत्रिकाको आइतबार सामुहिक विमोचन भएको छ । महेन्द्र वहुमुखी क्याम्पस धरानको अध्ययन कक्षमा सामुहिक विमोचन भएको जर्नलमा नेपाली, सँस्कृति,अंग्रेजी, व्यवस्थापन, मानविकी सबै विद्यालाई समेटेर आर्टिकलहरु समावेश गरिएका छन् । जर्नलमा समावेश गरिएका लेख (आर्टिकल) हरुको समेत एउटा निश्चित मापदण्ड रहने गरेको छ । जुन मापदण्डलाई आर्टिकल लेखकहरुले पालना गर्नुपर्छ । त्यस्ता आर्टिकल लेखाइको साइज समेत निर्धारण गरिएको हुन्छ । जसमा लेखकहरुले ३५ सय देखि ५५ सय शब्दहरु समावेश गरिनु र नेप्जुल अर्थात अनलाइन प्रकाशन भएको हुनुपर्छ ।


शनिवार सामुहिक प्रकाशन भएको जर्नल १३ औं संस्करण हो । १५ बर्ष अगाडि महेन्द्र वहुमुखी क्याम्पस व्यवस्थापन संकायबाट जर्नल प्रकाशन शुरु भएपनि बीचमा दुई बर्ष विविध कारणले प्रकाशन हुन सकेन । महेन्द्र वहुमुखी क्याम्पसका प्राध्यापकहरुले रिसर्च एक्टिभिटी गर्न गराउनका लागि दृष्टिकोण जर्नलको शुभारम्भ गर्नुभएको थियो । जर्नलमा एक पटक लेख प्रकाशन भइसकेपछि प्राध्यापकहरुको पदोन्नति हुने प्रवल स्रम्भावना रहन्छ । उप प्राध्यापकबाट सह प्राध्यापक, सह प्राध्यापकबाट प्राध्यापक हुने स्म्भावना रहने हुँदा प्राध्यापकहरुले जर्नल प्रकाशनमा विशेष योगदान गर्दै आउनु भएको RMC का अध्यक्ष प्रा.डा. अशोककुमार झाले जानकारी दिनुभयो । प्रकाशित जर्नलको माध्यमबाट विद्यार्थीहरुले पनि आफ्नो सम्बन्धित विषयमा ज्ञान आर्जन गर्न र आर्टिकल लेखनमा मार्गदर्शन पाउन सक्छन् । यसैगरि सोही दिन महेन्द्र वहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आउनु भएका पाँच जनाले लघु अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लघु अनुसन्धान एउटा पुस्तक लेख्नु जस्तै हो । त्यसरी लघु अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नु हुनेहरुमा अंग्रेजी विभागकी उपप्राध्यापक अनुपा वाग्ले, शिक्षक सहायक खगेन्द्र अधिकारी र उपप्राध्यापक मिनबहादुर कार्कीले व्यवस्थापन, उपप्राध्यापक गणेशकुमार वास्तोलाले अंग्रेजी, उपप्राध्यापक शक्तिराज नेपालले नेपालीमा लेख्नु भएको थियो । यसैगरी उपप्राध्यापक एवम् महेन्द्र वहुमुखी क्याम्पस कानुन संकायका सहायक क्याम्पस प्रमुख सरोजकुमार गिरीले कानुनमा लघु अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । RMC का अध्यक्ष प्रा.डा अशोककुमार झाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि महेन्द्र वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह प्राध्यापक चन्द्रकुमार राई रहनु भएको थियो । प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. टंक न्यौपानेको समेत उपस्थिति रहेको विमोचन कार्यक्रममा डा. गोविन्द सुब्बा, डा भोलानाथ पोख्रेल, डा. केदारप्रसाद पौड्याल, प्रा.डा रामजी तिम्सिना, डा. अस्मिता विष्टले समेत आफ्ना धारणा राख्नु भएको थियो भनेRMC का सचिव रामप्रसाद गजुरेलले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया