सिक्किम सरकारले उपलब्ध गराएको चार करोडको त्रिपाल जिप्रका सुनसरीको गोदाममा

धरान/नेपाल सरकार कतिसम्म निरीह र निकम्बा बन्दै गएको छ भन्ने उदाहरण पछिल्लो पटक राज्यका तर्फबाट भुकम्प पीडितहरुले राहत नपाउनु र दातृ निकायले दिएको राहतका समाग्री समेत वितरण गर्न नसक्नुले प्रष्ट पारेको छ ।
विनाशकारी भुकम्पबाट आहत भएका नेपालीहरुका लागि सिक्किम सरकारले गत हप्ता उपलब्ध गराएको चार करोड मूल्य बराबरको त्रिपाल यतिबेला जिल्ला प्रशासन कार्यालय सुनसरीको गोदाममा थन्किएका छन् ।
गत जेठ १२ गते सिक्किम सरकारले नेपालका भुकम्प पीडितहरुका लागि ५० हजार थान त्रिपाल बोकेको १५ वटा ट्रक पूर्वी नाका कााकडभिट्टा आएका थिए । सिक्किम सरकारका दैवी विपत्ति प्रकोपका इन्जिनियर, सरकारका प्रतिनिधिले त्रिपालहरु झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपाललाई हस्तान्तरण गरेका थिए । सो हस्तान्तरण कार्यक्रममा विराटनगरस्थित भारतीय राजदुतावास क्याम्प अफिसका प्रमुख पि.के. चालिया, झापाका प्रहरी प्रमुख र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यालय झापाले सिक्किम सरकारबाट प्राप्त त्रिपालहरु बुझी जिल्ला प्रशासन कार्यालय सुनसरीलाई जिम्मा दिएको थियो ।
हालसम्म सिक्किम सरकारबाट प्राप्त ५० हजार थान त्रिपाल जिल्ला प्रशासन कार्यालय सुनसरीको क्षेत्रीय गोदाममा थन्किएका छन् । एकातिर भुकम्प प्रभावित क्षेत्रका बासिन्दाहरु खुल्ला आकाशमुनी
रात विताइरहेका छन् भने अर्कोतर्फ प्राप्त राहत सामाग्री गोदाममा थन्क्याउने काम किन भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशाकीय अधिकृत विश्वनाथ ओझा भन्नुहुन्छ माथिबाट कुनै आदेश नआएको हुनाले सिक्किम सरकारबाट प्राप्त ५० हजार थान त्रिपाल गोदामै थन्किएको हो । भुकम्पबाट पूर्वाञ्चलका पहाडी जिल्लाहरु ओखलढुंगा, सोलुखुम्बु, भोजपुर लगायतका स्थानहरु समेत प्रभावित भएकोकोले सिक्किम
सरकारबाट प्राप्त त्रिपाल ती ठाउामा वितरणका लागि राखिएको हो । कहिले वितरण हुन्छ भन्ने सवालमा उहाले भन्नुभयो, केन्द्रको आदेश हुनासाथ ती त्रिपालहरु सम्बन्धित ठाउाका पीडितहरुलाई वितरण हुन्छ ।
त्र

तपाईको प्रतिक्रिया