टिप्तला । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला भन्दा अगाडि हिले डाँडामा नेपाल टेलिकमको फोरजी रिपिटर टावर जडान हुने भएको छ । सूचना तथा प्रविधिको क्षेत्रमा आएको परिवर्तनले ओलाङचुङगोला बासीहरुलाई समेट्न नसकिरहेको अवस्थामा नेपाल टेलिकमलले फोरजी रिपिटर टावरका लागि सर्भे पूरा गरेको छ ।
चीनसँग सीमा जोडिएको ओलाङचुङगोला–टिप्तला भन्ज्याङको हिले डाँडामा रिपिटर टावर निर्माण हुने भएको हो । स्थानीय बासिन्दा, स्थानीय जनप्रतिनिधि, टिप्तला सामुदायिक वन उपभोक्ता समितिको पहलमा आवश्यक प्रक्रिया पूरा गरी टावर निर्माणका लागि टेलिकमको प्रदेश कार्यालय विराटनगरमा बुझाइएको फक्तालुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो टिप्तला सामुदायिक वन उपभोक्ता समितिले आफ्नो अर्थात वन क्षेत्रमा टावर निर्माणका लागि सहमति दिएसँगै प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो ।
