धरान । धरानउपमहानगर र इटहरी उपमहानगरपालिकाको सीमा विवाद पुन ः बल्झिएको छ । यस भन्दा अगाडि धरानउपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बा, कावा मेयर मञ्जु भण्डारीको समयमा सीमा सम्बन्धी विवाद चुलिदा छलफल र आपसी सहमतिपछि टुंगो लगाउने भनिएपनि टुंगो लाग्न सकेको थिएन । पुन ः मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिकाको सीमा क्षेत्र सेउती पुल नभई इटहरी उपमहानगरपालिकानजिक रहेको पानीपिया भएको भन्दै सीमा प्रारम्भ बोर्ड राखेपछि विवाद चुलिएको हो ।
आइतबार धरान उपमहानगरपालिकाका मेयरको टोलीले इटहरी उपमहानगर नजिक रहेको पानीपियामा स्तम्भबोर्ड राख्यो । त्यसको लगत्तै नेकपा एमाले निकट युवा संघ इटहरीले बोर्ड हटायो । यस सम्बन्धी इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौड्यालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी दुई उपमहानगरपालिकाबीच द्वन्द्व ननिम्तिने गरी छलफलबाट टुंगो लगाउनुपर्ने धारणा राख्नु भएको थियो । लगत्तै बुधबार सीमाको विषयमा धरानका मेयर हर्क साम्पाङले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले नापी शाखाले कोरेको नक्साअनुसार
धरानको सीमा क्षेत्र पानीपिया नै रहेको दाबी गर्दै सहमति गर्दा पनिआफ्नो सीमा क्षेत्र नछोड्ने बताउनुभयो । उहाँले आधिकारिक रुपमा धरानउपमहानगरपालिकाको राखेको सीमाप्रारम्भ बोर्ड उखेलेर फाल्नेलाई कारबाहीको माग समेत गर्नुभएको थियो । प्रहरीले राखेको बोर्डका कारण सर्वसाधारणका कन्फ्युजन भएको बताउदै यो बोर्ड नराख्ने विषयमापनि छलफल हुने बताउनुभयो ।
उपमेयर अइन्द्रविक्रम बेघाले इटहरी क्षेत्र मात्र हैन धरानको सीमा अन्य क्षेत्रसम्म भएप नि सीमाको विषयमा झगडा गरेर नभई सीमा क्षेत्र स्पष्ट पार्न मात्र खोजिएको बताउनुभयो । उहाँले धरानको सीमा यतिसम्म पर्छ भनेर दाबी गर्ने अधिकार आफूहरुसँग रहेको बताउनुभयो । यस विषयमा इलाका प्रशासन कार्यालय धरानमा धरान उपमहानगरपालिकाको लेटर प्याड प्रयोग गरेर सीमा प्रारम्भ बोर्ड सम्बन्धमापत्राचार समेत गरिसकेको जानकारी गराइएको छ । धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरीङ महाशाखाप्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले धरानको आधिकारिक सिमाना पानीपिया क्षेत्र नै भएको बताउनुभयो । उहाँले नेपाल सरकारको नापी विभागबाट जारी भएको नक्सामै धरान उपमहानगरपालिकाको सीमा क्षेत्र पानीपिया नै भएको बताउनुभयो । इटहरी र धरानको सिमानापानीपियाभएपनि कोशी राजमार्गमा पर्ने सेउतीखोलाको पुललाई मानिदै आएको छ । सेउतीखोला दक्षिणको सामुदायिकवन क्षेत्र इटहरी क्षेत्रले संरक्षण, भोगचलनगर्दै आएका छन् ।
विगतमापनि यो समस्या दोहोरिदै आएको थियो । अहिले पनि सीमा समस्या दोहारिएका छ । द्वन्द्वन चर्किन गरी दुवै उपमहानगरपालिकाले आपसी समझदारी र छलफलबाट आ–आफ्नो सीमा क्षेत्रको टुंगो लगाउन जरुरी छ ।
