ब्राउन सुगर सहित एक जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतबार दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईलाम नगरपालिका–१२ का २४ बर्षीय सुजन बाला राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान  भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

तपाईको प्रतिक्रिया