पर्यटन प्रवद्र्धनमा नीजि क्षेत्र सक्रिय

धरान । सरकारी स्तरबाट नीजिको पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन हुन नसकेको समयमा नीजि क्षेत्रबाट आफ्नै तरिकाले पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीहरु लागेका छन् ।
विगत लामो समयदेखि पर्यटन क्षेत्रमा लागेकाहरुले आ आफ्नै ढंगले प्रवद्र्धनका कामहरु गर्न थालेका हुन् । लामो समयदेखि पर्यटन व्यवसायमा लागेकाहरुले व्यवसाय प्रवद्र्धनका लागि नया नया कार्यक्रम अगाडि सारेका छन् ।


आरालो लागेको पर्यटक व्यवसायलाई माथि उकास्न नीजि क्षेत्रबाट धेरै प्रयासहरु भएका छन् । कोरोना संक्रमण अगाडि स्थानीय बासु बराल र एलिना मगरले धरान २० को विकट चिण्डेडाँमा सेछ एडभेन्चर प्रा.लि. सञ्चालनमा ल्याए । तर सञ्चालन भए लगत्तै कोरोनाले बन्द गर्नुपर्ने अवस्था आयो । राज्यको सहयोग विना व्यवसायीहरुले सञ्चालन गरेको प्रा.लिलाई पुन ः जागरुक बनाउन प्रयास थालिएको छ । उनीहरुले पर्यटन प्रवद्र्धनका लागि सेछ एडभेन्चर फेस्टिबलको आयोजना गर्दैछन् । कोरोना संक्रमणका समयमा ध्वस्त भएको पर्यटन व्यवसायलाई विस्तारै सहजतातर्फ उन्मुख भएको बेला सेछले आगामी माघ २४ देखि फागुन ९ गतेसम्म फेस्टिबलको आयो्जना गर्ने भएको सञ्चालक बासुदेव बराल बताउनुहुन्छ । सेछ उन्डेभन्चर प्रा.लि.की सञ्चालिक एलिना मागरले पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य लिएर फेस्टिबलको आयोजना गर्न लागेको बताउनुभयो । सञ्चालका अनुसार फेस्टिबलमा आउने र मनोरञ्जन लिनेहरुलाई विशेष छुटको व्यवस्था गरिएको बताएका छन् ।
सडकका असुविधा, नांगो पोखोमा उनीहरुले शाहसीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको सो एडेभेन्चर र्पासम्म पुग्ने सडक बनाइदिएमात्र पनि सहज हुने सञ्चालक बराल बताउनुहुन्छ ।
उहाँले कोरोना संक्रमणका समयमा टिकाउन धेरै गाहूो भएको बताउदै यस्तो अवस्थामा पनि आफूहरुले निरन्तर सञ्चालन गर्न सफल भएको बताउनुभयो । बेंकबाट ऋण लिएर सञ्चालनमा ल्याएको सो पार्कबाट आम्दानी खासै नभएको तर वैंकको व्याज तिर्न नै कठिन भएको बताएका छन् । फेस्टिबल सञ्चालन भरि छुटको व्यवस्थ गर्दै यहाँ भएका आइटमलाई थप गर्दै रेष्टुरेन्टलाई फूल फेजमा सञ्चालन गर्ने तयारीमा रहेकोले फेस्टिबलपश्चात सहज वातावरणमा सञ्चालन गर्न सकिने अपेक्षा सञ्चालकले बताएका छन् । अहिले पार्कमा विभिन्न सांस्कृति कार्यक्रम राख्ने योजना सेछको योजना रहेको सञ्चालक बरालको भनाई छ । नेपालमै नौलो किसिमको खेलहरु समावेश गरेको दाबी गर्दै उहाँले थ्रि सिक्स डी साइकल, रसियन सर्कल, बच्चाहरुले खेल्ने लुँडो लगायतका खेलहरु थप गरिएको बताउनुभयो । फेस्टिबलमा ५० रुपैया शुल्क लाग्ने सञ्चालक बरालले बताउनुभयो । ४ विगाहा क्षेत्रफलममा फैलिएको सो सेछ भेड्भेन्चरमा अहिलेसम्म ६ करोड लगानी भएको सञ्चालकले जानकारी दिएको छ । यसमा अझै ४ करोड थप गर्ने योजना रहेको सञ्चालिका मगर बताउनुहुन्छ । ४ बिघा क्षेत्रफमा अवस्थित रहेको साढे ६ करोड लगानी भैसकेको अझ ४ करोड बजेट थप गरिने भएको छ । सेद्धमा रिसोर्टसँगै आर्चरी र गेमीङ जोन, २ सय मिटर लामो जिप फ्लाएयर,१ सय ५० मिटर स्काई साईकिलङ, केटाकेटीका लागि पिङ, माउटेन मङकी जपिङ ,ह्याङगू बृज लगायत रहेका छन् । नयाँ नया साहसिक खेल रहेको सेछमा आएर साइकलिङ लगायतका खेलहरु खेल्दा आनन्द हुने बताएका छन् । सेछले विहीबारबाट नै रेष्टुरेन्टको सुविधा दिएको बताएको छ । रेष्टुरेन्टमा कफिका परिकार, खाजासेट, सेकुवाका परिकार केजी सिस्टममा, चटपटे र स्थानीय स्तरमा उत्पादन गरिने तरल पदार्थहरु सिस्ने, स्याल, कोदोको तीनपाने उपलब्ध गराइने बताइएको छ । रेष्टुरेन्ट सय जनासम्म अटाउन सकिने क्षमता भएको सञ्चालिका मगरले बताउनुभयो । यसैगरी यहाँ आउनेहरुलाई थारु कल्चर डे«स, पुराना राजा रानी डूेस लगाएर फाटो खिच्न सकिने सुविधाको समेत व्यवस्था गरिएको सञ्चालकको भनाई छ । राज्यले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने भनिए पनि संक्रमणकालीन अवस्थामा नीजी क्षेत्रबाट गरिने यस्ता पार्कहरुको संरक्षण र सहयोगमा
राज्य चुकेको देखिन्छ ।

 

तपाईको प्रतिक्रिया