धरान । नेपाली गायन क्षेत्रमा छुट्टै छवि र पहिचान बनाएका युवा गायक भक्तिराज राईको आइतबार राति निधन भएको छ । अत्यन्तै जुझारु, मिलनसार २९ बर्षीय भक्तिराज राई पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष, पूर्वाञ्चल सिंगिङ्ग स्टार र मिस स्टेटका परिकल्पनाकार समेत हुनुहुन्थ्यो । केही समयदेखि चितवन नारायणघाटलाई कर्म क्षेत्र बनाई दोहोरी गायनमा आफ्नो कला पस्कदै आउनु भएका राई आइतबार दर्शकसामू गायनकै क्रममा अचानक लडेर बेहोस हुनु भएको थियो ।

तत्काल उहाँलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पु¥याएता पनि स्वास्थ्यमा सुधार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको थियो । काठमाण्डौमै उहाँको निधन भएको थियो । राईको निधनप्रति गायिका हर्षु राईले सामाजिक सञ्जालमा लेख्नु भएको छ, रातको दुई बजेको थियो, फोनमा रिङ्ग आएको आइ भयो । धेरै रिङ्ग बजेपछि उठेर नम्बर हेरें सेभ नभएको नम्बर थियो । २ बजेको समय थियो डर लाग्दै फोन रिसिभ गरें नसुनेको स्वर थियो……….। मैले को हो कहाँबाट भने उहाँले चितवनबाट भन्नुभयो । अनि एकैचोटि भक्ति राजलाई चिन्नुहुन्छ भन्नुभयो । मैले सोचे राति को जिस्किनु खोजेको जस्तो लाग्यो र चिन्दिनँ भने । फेरि भन्नुभयो भक्तिराज भनेपछि कुरा गर्न मन लाग्दा लाग्दै पनि राति भएकोले गरिन विरामी छ भन्नु भएन । अनि बिहान भएपछि मैले कल ब्याक गरें । खास किन फोन गर्नुभाको भनेर सोधें अनि थाहा भयो भक्ति भाई चितवनमा दोहोरी साँझमा गीत गाउनुहुन्छ अचानक प्रेसर बढेर साह«ो भयो । फोन गर्ने व्यक्ति दोहोरीको प्रोपाइटर हुनुहुँदो रै’छ र सबै कुरा भन्नुभयो । …….हामी भोलि भक्ति भाईलाई भेट्ने योजना बनाउँदै थियौ तर भाइले हामी सबैलाई छोडेर गोइसकेको रहेछ ।
