निःशुल्क आँखा शिविर

धरान । धुलिखेल समाज धरान र रोट्रयाक क्लव अफ धरानको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिवार, धुलिखेल समाज घरान १ मा सम्पन्न शिविरमा सूर्य आई कियर धरानले प्राविधिक सहयोग रहेको थियो । शिविरमा १०७ जनाको आँखा जाँच गरिएको थियो । त्यसमधये १३ जनाको मोतिया बिन्दुको  अपरेशन गर्नुपर्ने र ९ जनाको आँखा सम्बन्धी बिशेष रोग भएको पाइएको थियो । शिविरमा निः शुल्क सुगर जाँच, निः शुल्क औषधि र सहुलियत मूल्यमा चस्मा उपलब्ध गरिएको थियो ।


धरान र आसपासका समुदायलाई लक्षित गरेर सूर्य आई कियर अस्पताल धरानमा शुरु गरेको डा. इच्छा जोशी सोनीले बताभयो । समाजले आफ्ना सदस्य परिवार साथै स्थानीय समुदाय समेतलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताउनुभयो । युवाहरुलाई सामाजिक सेवामा लगाउँदै आँखा सम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा सरिक हुन पाएकोमा रोट्रयाक क्लव अफ धरानका अध्यक्ष सुस्मन श्रेष्ठले खुशी व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया