धरान । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ धरानउपमहानगरपालिका वडा नं. १४ ले वडाअध्यक्ष रनिङ कपलाई निरन्तर आयोजना गर्दै आएको छ । तीनबर्षदेखि लगातार आयोजना गर्दै आएको वडाले यस बर्ष पनि तेस्रो वडाध्यक्ष रनिङकप आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन शनिवार धरानउपमहानगरपालिकाकाउपमेयर आइन्द्रविक्रम बेघाले गनुभएको थियो । उहाले गमलाको फूलमा पानी हालेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै उपमेयर बेघाले खेलकुदको विकासमा धरानउपमहानगरपालिकाले प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो् । धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले टोल टोलबाट खेलाडी उत्पादन गर्र्र्दै राष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादन गर्न प्रतियोगिताको मूल उद्देश्य भएको बताउनुभयो यो प्रतियोगितालाई निरन्ततादिने वडाध्यक्ष भट्टराईले बताए । यस्ता प्रतियोगिता धरान १४ ले मात्र हैन सबैले गर्नुपर्ने बताउदै धरानको फुटबल खेलको विकासमा यस्ता प्रतियोगिता कोशेढुंगा सावित हुने बताउनुभयो । उद्घाटन कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराई, कार्यपालिका सदस्य सिर्जना नेपाल सुवेदीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा १४ नं वडाका १२ टोलका खेलाडीहरुले प्रतिष्पर्धा गर्दैछन् ।
