झापा । झापाको गौरादहमा एक कारखानामा आगलागी हुदाा १५ लाख बराबरको क्षति भएको छ । गौरदा नगरपालिका–१ का फर्निचर व्यवसायी सुरेश शर्मा तिवारीको कारखानामा आगलागी हु“दा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएका छ ।

शनिवार विहान ३ः३० बजेको समयमा तिवारीको कारखानामा विद्युत सर्ट भई आगलागी हु“दा भएको प्रहरीको भनाई छ । आगलागीबाट कारखानामा रहेका काठ पात, मेसिनरी सामान जलेर नष्ट भएको छ । आगलागी गौरादह, दमक र कमलको तीन वटा दमकल, गौरादहबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ
