गोरखा डिपार्टमेन्ट स्टोरमा खाद्यान्न लगायत ग्रोसरी आइटम खरिदमा ग्राहकहरुको भीड

इटहरी । पूर्वेली ग्राहकहरुका लागि मात्र नभएर छिमेकी मुलुक भारतको विहार, पश्चिम बंगालको दार्जिलिङ, मिरिक, कालेङपुङ, आसामको डिम्बापुर, मणिपुरसम्मका ग्राकहरुका लागि ब्राण्ड बनेको इटहरीस्थित  गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला खाद्यान्न लगायत ग्रोसरीका अन्य सामान खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ ।


धरानमा आफन्त भेट्न परिवारसहित सिक्किमबाट आएका सुदेश प्रधान सोमबार स्टोरको ग्राउण्ड Ïलोरमा भेटिए । उनी किचेन वायरको समान खरिदमा व्यस्त दखिन्थे । सिक्किममा पनि ठूला ठूला डिपार्टमेन्ट स्टोरहरु रहेका छन् । यहाँबाट सामान किन खरिद गर्नुभएको त भन्ने सवालमा उनले भने सिक्किममा सबै सामान पाइँदैन् । अक्सर गरेर भारतीय उत्पादनहरु मात्र पाइन्छ । तर यहाँ तेस्रो मुलुकका ब्राण्डेड सामानहरु पाइन्छन् । उनल भने सिक्किम र यहाँ मूल्यमा पनि फरक छ । अझ विदेशी ब्राण्डका सामान ग्राहकहरुले चाहेर पनि पाउन सक्दैनन् । त्यसैले फर्कदा केही सामान लिएर जान स्टोरमा आएँ । उता विहारको फारविसगञ्जबाट आएका निरज दुवे स्टोरको तेस्रो तलामा आइतबार विदेशी ब्राण्डका जुत्ता चप्पल छान्नमै व्यस्त थिए ।  भारतमा शनिवार र आइतबार सार्वजनिक विदा हुने भएकोले घुमफिरका लागि उनीहरु विराटनगर हुँदै धरान भेडेटारम्म पुगेर फर्कन्छन् । आइतबार र शनिवार जोगवनी नाका भएर साना सवारी साधनहरु सैयौको संख्यामा भेडेटार पुग्ने गरेका छन् । फर्कदा अधिकांशले गोरखा डिपार्टमेन्ट स्टोरमा किनमेल गर्ने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ वास्तवमा शनिवार र आइतबार गोरखा डिपार्टमेन्ट  स्टोरमा भारतीय ग्राहकहरुको अत्याधिक चाप बढ्ने गरेको छ । हप्ताको दुई दिन उनीहरु कति संख्यामा आए भन्ने यकिन तथ्यांक नभएपनि अधिक हुने गरेको छ । गोरखा डिपाटमेन्ट स्टोरप्रति ग्राहकहरुको आफ्नै प्रकारको आकर्षण रहेको छ । ६ लाख ५० हजार भन्दा बढी आइटम एकै ठाउँमा पाइने भएपछि अन्यत्र खोज्नुपर्ने झन्झट नभएकोले पनि ग्राहकहरु हरेक मौसममा आउनु भएको हुनसक्छ । जे होस् ग्राहकहरुले गोरखा डिपार्टमेन्ट स्टोरलाई माया गरिदिनुभएको छ, स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यको बुझाई छ । उहाँ भन्नुहुन्छ स्टोरमा पाइने हरेक समान चाहे त्यो स्वदेशी होस् चाहे विदेशी होस् बजार मूल्य भन्दा सस्तो पाइन्छ । धरानमा पनि पछिल्लो समय डिपार्टमेन्ट स्टोरहरु बग्रेल्ती नखुलेका होइनन् तर अधिकांश ग्राहक आफूलाई चाहिने जुनसुकै सामान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमै पुग्ने गरेका छन् ।
धरान १७ सिओन मार्गकी सुनिता सुब्बा भन्नुहुन्छ गोरखामा आएपछि के लिउँ के नलिउँ हुन्छ । गिÏट आइटम, इलेक्ट्रोनिक्स आइटम, लत्ता कपडा, ग्रोसरी आइटम, पेय पदार्थका हजारौ ब्राण्ड पाइन्छ । यति धेरै सामान एकै ठाउँमा राजधानी काठमाण्डौ बाहेक अन्यत्र होला जस्तो लाग्दैन, सुब्बाले भन्नुभयो । अझ गोरखा किचेनमा प्रवेश गरेपछि उपलब्ध हुने परिरकारको त कुरै नगरौ । महिनाको एक दुई पटक आफू गोरखा डिपार्टमेन्ट स्टोरमा सामान खरिदकै लागि आउने गरेको पनि उहाँले सुनाउँनुभयो ।

दूधजन्य सम्पूर्ण उत्पादन आफ्नै
गोरखा डिपार्टमेन्ट स्टोरले विगत केही बर्षदेखि दूधजन्य सम्पूर्ण उत्पादन आफै गर्दै आएको छ । सुद्ध दूधजन्य परिकारका लागि ग्राहकहरु टाढाटाढाबाट आउने गरेको स्टोरका म्यानेजर श्रीपसाद गौतमले  बताउनुभयो । म्यानेजर गौतमले भन्नुभयो स्टोरको आफ्नै कृषि फर्म इटहरी १७ स्थित एकम्बामा रहेको छ । घ्यू, पनिर , चिज, दही सबै गाईको दूधबाट उत्पादन हुँदै आएको छ । गोरखा डिपार्टमेन्ट स्टोरको कृषि फर्ममा यतिबेला उन्नत जातका एक सय गाईहरु रहेका छन् । केही समय अगाडि स्थानीय र बाहिरकालाई गरी १५० वटा गाईहरु विक्री गरेको थियो । आफ्नै दूधजन्य पदार्थबाट स्टोरले स्वादिष्ट मिठाई, बेकरीका आइटम उत्पादन गर्दै आएको छ । स्टोरको कृषि फर्ममा झण्डै २ सय ५० वटा बाख्रा, खसी, बोका,  रहेका छन । बोयर जातको बोकाबाट क्रस गराएर उत्पादन भएका पाठापाठीहरु यतिबेला झण्डै २ सय ५० भन्दा बढी भइसकेका छन् । उहाँले भन्नुभयो भारतको जमुना पारिका बाख्राबाट बोयरबाट क्रस गरेर उत्पादन भएका पाठापाठी हालसम्म विक्री गरिएको छैन । जबसम्म पाठापाठीको संख्या एक हजार भन्दा बढी हुँदैन तबसम्म विक्री वितरण गर्ने योजना नरहेको म्यानेजर गौतमले बताउनुभयो ।

स्थानीय र पहाडी जिल्लामा  प्रांगरिक मलको उच्च माग
आफ्नै कृषि फार्मबाट संकलन गरिएको काँचो गोबरबाट उत्पादन गरिएको प्रांगरिक मलको हाल स्थानीयदेखि पहाडी जिल्लाहरुमा यतिबेला उच्च माग रहेको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ ल्याव टेष्ट गरेर गोवर पेलेर मल उत्पादन हुन्छ । त्यसमा अन्य आवश्यक केमिकल पनि हालिन्छ । यो मल हेर्दा चियापत्ति जस्तै हुन्छ जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ । हाल यो मल पहाडका इलाम, भोजपुर, खोटाङ धनकुटासँगै स्थानीय कृषकले लगिरहेका छन् । उहाँहरुको माग धान्नै नसकिने भएको छ । यसका अलावा काँचो गोबर पेलेर निस्केको झोल मललाई फर्मलटेसन गरेर बनाइएका झोल मल ग्यालेनमा प्याक गरिएको छ । यो झोल मल १० लिटर पानीमा एक लिटर झोल हाल्दा पुग्छ । यो बाक्लो दही जस्तै हुन्छ ।

गोरखा होटलमा’ अब हरेक दिन स्पेशल आइटम

इटहरी÷गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको रुचि र चाहनालाई मध्यनजर गरी इटहरीस्थित डिपार्टमेन्ट स्टोरको किचेन र गोरखा होटलमा अब हरेक दिन मासुजन्य परिकारका स्पेशल आइटम पस्कन थालेको छ । हप्तामा सातै दिन स्पेशल आइटम पस्कन थालेपछि ग्राहकहरुको भीड उल्लेखनीय हुन थालेको छ । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ आइतबार बोकाको मासु, सोमबार माछा, मंगलबार भुटन, बुधबार हाँस, विहीबार परेवा, शुक्रबार परेवाको स्पेशल आइटम बन्ने भएको छ । यो होटलकातर्फबाट ग्राहकका लागि तयारी पारिएका स्पेशल आइटम हो । अन्य सबै आइटम हुनेछन् । ग्राहकले मागेको सबै आइटम पाइन्छ तर योचाहिँ स्पशेल होटलका तर्फबाट प्रदान गरिने आइटम हो ।
अहिलेको अवस्थामा ग्राहकहरुले आफ्नो चाहना अनुसार खान खोज्छन् परेवा खान मन लागेमा परेवा खाने ठाउँ पाइदैन, बोकाको मासु सबै ठाउँमा पाइदैन, कोशीको माछा सबै ठाउँमा पाइदैन, हाँसको मासु सबै ठाउँमा पाइदैन । यसरी चाहना अनुरुप सामान पाइएपछि ग्राहकहरु किचन र होटलमा अत्याधिक बढेको गोरखा डिपार्टमेन्टका प्रबन्ध निर्देशक आचार्य बताउनहुन्छ । यस्ता स्पेशल आइटमको मूल्य के कस्तो रहेको छ त भन्ने सवालमा आचार्य भन्नुहुन्छ प्राइस पनि रिजनेवल हुन्छ यसभन्दा अगाडि स्टोरले घोषणा गरेको ६ बजेपछि २० प्रतिशत छुटको व्यवस्था छँदैछ ।
उता गोरखा होटल पनि यतिबेला एभरेजमा ८० प्रतिशत प्याकमा चल्न थालेको छ । विगतमा कोरोना भाइरसका
कारण होटल व्यवसाय नै धराशायी बनेको थियो । कारोना भाइरसको प्रकोप कम हुँदै गएपछि होटल व्यवसाय पनि तंग्रिन थालेको छ । डिपार्टमेन्ट स्टोरले आफनै परिसरमा ४२ करोडको लागतमा दुई बर्ष अगाडि गोरखा होटल सञ्चालनमा ल्याएपनि कोरोना प्रकोप देखिएपछि लगातार भएको लकडाउनले होटल व्यवसायी नै थला नै परेका थिए । हाल होटल गोरखामा नेपालका विभिन्न स्थानका गरी भारतका समेत ग्राहक आउन थालेको सञ्चालक आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, अनलाइन, टेलिफोनबाटै ग्राहकहरुले होटलका कोठाहरु बुक गराउन थाल्नु भएको छ ।

डिपार्टमेन्ट स्टोरमा आर्गनिक तरकारी

इटहरी÷पूर्वाञ्चलकै पहिलो र आम पूर्वेली उपभोक्ताका बीचमा विश्वासिलो ब्राण्ड बनिसकेको गोरखा डिपार्टमेन्ट स्टोरले दैनिक भान्सामा प्रयोग हुने हरियो आर्गनिक सागसब्जीको मूल्य बजार मूल्य भन्दा पचास प्रतिशत कम मूल्यमा आफ्ना ग्रााहकहरुलाई विक्री गर्ने गरेको छ ।


बजारमा हरियो सागसब्जी, आलु, गोलभेडा, काउली, ब्रो काउली,  करेला, सिमी, गाजर, मुला लगायतका सम्पूर्ण सामानमा पचास प्रतिशत भन्दा कम मूल्यमा विक्री गर्न थालिएको स्टोरका प्रवन्ध र्निेशक बलराम आर्चाले बताउनुभयो । यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा सब्जीका आइटमहरु सबैभन्दा बढी खपत हुन थालेको छ । यसको प्रमुख कारण बजार मूल्य भन्दा अत्यन्तै कम मूल्यमा अगानिक सब्जी पाउनु नै हो । स्टोरले सब्जीका आइटमहरु सोझै किसानकहाँ पुगेर उठाउन थालेको छ । पहिला विचौलिया मार्फत सब्जी ल्याउँदा बजार मूल्यकै हाराहारीमा मूल्य निर्धारण गर्नुपरेको थियो । अब भने सिधै किसानबाट खरिद गर्दा उपभोक्ताले बढी मूल्य तिर्नु नपर्ने भएको छ भने किसानले समेत तत्काल आफ्नो उत्पादनको मूल्य पाउने भएका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँच शााहरु मध्ये तीनवटा शाखा इटहरी र दमकमा सब्जी विक्री वितरण गदै आएको छ । यतिबेला बजारमा काउलीको मूल्य ५० रुपैया रहेको छ तर गोरखा डिपार्टमेन्ट स्टोरमा २० रुपैया प्रति किलो पाइन्छ  । टमाटर बजारमा ३०–३५ रुपैया प्रतिकेजी रहेको छ तर गोरखामा मात्र २० रुपैया प्रतिकेजी, ब्रोकाउली  बजारमा ३० रुपैया छ भने गोरखामा १५ रुपैया, मूला बजारमा १० देखि १५ रुपैया प्रतिकेजी रहेको छ भने गोरखामा ७ रुपैया प्रतिकेजी पाइने  गरेको छ । अन्य सब्जीहरुको समेत यही अनुपातमा मूल्य रहेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ झुका,दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया