ट्यालेन्ट हन्ट–२ प्रतियोगिता सम्पन्न

धरान, चिल्डूेन ट्यालेन्ट हन्ट – २ को ग्राण्ड फिनाले शनिबार सम्पन्न भएको छ । धरान–१५ स्थीत चुम्लुङ हिममा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुको अन्तर निहित प्रतिभालाई पहिचान गरी उनीहरुको प्रतिभालाई निखार्न तिखार्न विभिन्न तालिम प्रदान गरि प्रतिभालाई प्रस्फुटन गर्न उचित मन्च प्रदान गर्ने उदेश्यले गरिमा डान्स सेन्टर धरानले ‘‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२’’ आयोजना गरेको हो ।


ग्राण्ड फिनालेबाट सिनियर तर्फको विजेता विष्णु मेमोरियल सेकेन्डरी बोडिङ स्कुलकी अन्वेषा राई जुनियर तर्फ विजेता मेरी गोल्ड स्कुलका नुवाहाङ लिम्बु भएका छन् । सिनियर र जुनियर तर्फको विजेताले नगद ५० हजार, क्राउन, टूफी, बुके, प्रमाण–पत्र, गरिमा डान्स सेन्टर धरानको तर्फबाट एक वर्ष निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् ।
यसैगरी सिनियर तर्फको फस्ट रनरअप विष्णु मेमोरियल सेकेन्डरी बोडिङ स्कुलकी सभ्यता लिम्बु र जुनियर तर्फ सुनाखरी एकेडेमीकी एलिना मास्के भए । सिनियर र जुनियर तर्फको फस्ट रनर अपले नगद २० हजार, क्राउन, ट्रफी, बुके, प्रमाण(पत्र, गरिमा डान्स सेन्टर धरानको तर्फबाट छ महिना निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् ।
भने सेकेन्ड रनरअप सिनियर तर्फबाट युरेका रेसिडेन्टिएल सेकेन्डरी स्कुलकी राहिना चौधरी र जुनियर तर्फ धरान आदर्श बोर्डिङ स्कुलकी सोमिया राई घोषित भएका छन् । सिनियर र जुनियर तर्फको सेकेन्ड रनर अपले नगद १५ हजार, क्राउन, ट्रफी, बुके, प्रमाण–पत्र, गरिमा डान्स सेन्टर धरानको तर्फबाट छ महिना निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् ।
प्रतियोगितामा विभिन्न विद्याका विजयताहरुलाइ समेत पुरस्कृत गरिएको थियो । ट्यालेन्ट हन्टमा धरानको १७ वटा विद्यालयका ३० जना बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

 

तपाईको प्रतिक्रिया