साम्पाङले अभियन्ता हुदाको कामलाई मेयर हुँदा समेत निरन्तता दिए

धरान । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले अभियन्ता हुदा गरेका सकारात्मक कामहरुलाइै मेयर भइसक्दा समेत निरन्तता दिदै आउनुभएको छ ।
अभियन्ता हुँदा धरान उपमहानगरपालिकाको भ्रष्टाचार, विकृति विसंगति, स्वास्थ्य क्षेत्रमा एको विसंगति, खानेपानी समस्या समाधानका विषयमा चर्का आवाज उठाउदै आउनु भएका साम्पाङ मेयर भएसँगै सर्दु जलाधार क्षेत्रको संरक्षणसँगै वृक्षरोपण गर्ने, लागू औषध नियन्त्रका लागि विविन्न सचेतनात्मक कार्य लगायतका दर्जनौ काम गर्दै आउनु भएको छ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ हरेक हप्ता योजना बनाएर केही न केही गर्नुहुन्छ । सेड्युवल नै बनाएर धरानलाई सफा सहर बनाउन सरसफाइ गर्ने देखि लिएर उहाले प्रत्येक हप्ताको शुक्रबार लागू औषध नियन्त्रणका लागि धरानका विभिन्न चोक चौकमा प्लेकार्ड नै बोकेर सचेतना कार्यक्रमको आयोजना गर्दै आउनु भएको छ । लागू औषध कारोबारी तथा प्रयोगकर्तामा सैयौ युवा फसेको महसुस गरी उहाले नियन्णमा सहयोग पुगोस भन्ने उद्देश्यले सचेतना कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले प्रत्येक हप्ता गरिने सचेतना कार्यक्रममा प्रहरी, प्रशासन तथा लागू औषधसम्बन्धी काम गर्ने संघ संस्थासंग सहकार्य गरेर प्रत्येक हप्ता आयोजना गरिने र तेस्रो हप्ता धरान १३ जिरोप्वाइन्टमा गरिने बताउनुभयो । मेयर साम्पाङले वातावरण पर्यावरण प्रदूषित भएकै कारण जंगली जनावरले खान नआउने अवस्था आएको बताउदै जंगलमा बस्नुपर्ने बाँधर धरान बजार झर्नुको मुख्य  कारण उनीहरुको खानपानको उचित व्यवस्थापन नभएर भएको बताउनुभयो ।


उहाँले शनिवार पञ्चकन्या क्षेत्रमा फलफूलका विरुवा रोपिने योजना अनुरुप रोपिएको बताउनुभयो । धरान उपमहानगरपालिकामा निर्वाचित भएर आएका मेयरहरुभन्दा स्वतन्त्रबट जितेर आउनुभएका साम्पाङको कार्यशैली नै फरक पाइएको छ । उहा विदाको दिन समेत केही न केही रचनात्मक काम गरेर दिन विताउने गर्नुहुन्छ । विसकासमा जनश्रमदान, रचनात्मक काममा साझेदारी गरे अगाडि बढ्नु भएको छ । कार्यशैली फरकले कतिको सार्थकता पाउछ भन्ने कुरा भने भविष्यले नै बताउने छ ।

 

तपाईको प्रतिक्रिया