खुल्ला मेयर व्याडमिन्टन प्रतियोगिता सम्पन्न

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा धरान उपमहानगरपालिकाको प्रायोजनमा सुनसरी जिल्ला स्तरीय खुल्ला मेयरकप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
गत शनिवारदेखि अमर सेवा समाज धरान १३ .को व्याडमिन्टन कवर्डहलमा सञ्चालन भएको खेल संघका अध्यक्ष प्रतिक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतियोगिताको धरान उप महानगर पालिकाका मेयर हर्क साङपाङ राईको ेउद्घाटन गर्नुभएको थियो भने समापन तथा पुरस्कार वितरण समारोहको प्रमुख अतिथि व्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष चन्द्रशेखर लामा, रहनु भएको थियो। सो कार्यक्रममा विभिन्न संघसस्थाका विशिष्ट ज्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा नेपाल ब्याडमिन्टन सङका केन्द्रिय उपाध्यक्ष चन्द्रशेखर लामाले सुनसरी जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको कार्यक्रम निक्कै उत्कृष्ट भएको र आगामी दिनहरुमा ब्याडमिन्टन खेल र खेलाडीहरुको बिकासमा अझै सकृय सहभागिता रहोस भनी शुभकामना प्रदान गर्नुभयो साथै नेपाल ब्याडमिन्टन संघले यसमा सहकार्य गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतियोगिताको फाइनल रिजल्ट अन्तर्गत मेन्स डवल्स तर्फ रविन साउदेन र सत्यम लिम्वुको जोडी प्रथम सुरेश नेयोङ र रविन आन्खेवा लिम्वु दितिय स्थान प्राप्त गर्न सफल भएका छन ।
यस्तै भेट्रान्स डबल्स तर्फ श्याम लामा र सुदिप सुवेदीले गणेश राई र सुरत ईवाहाङको जोडिलाई पराजित गरेका छन ।
यसैगरी अन्डर १७ ब्वाइज सिङल तर्फ रोधन राईले योदेश राईलाई तथा महिला डबल्स तर्फ लक्ष्मी तामाङ र सृष्टि राईले ईन्दिरा राई र याङ्ला शेर्पा को जोडीलाई फाईनलमा पराजित गरेका छन । कार्यक्रममा सुनसरी जिल्ला ब्याडमिन्टन संघले जुनियर खेलाडी रोधन राईलाई भर्खरै पोखरामा सम्पन्न भएको रास्ट्रीय स्कुल स्तरीय प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा सम्मान प्रदान गरेको छ ।
प्रतियोगितामा विजेता तथा उपबिजेता टिमलाई नगद ,ट्रफी , प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया