मजदुरबाट जनप्रतिनिधि निर्वाचित भएकालाई सम्मान

धरान । पार्टीले मातहतका भातृ संगठनका प्रतिनिधिहरुलाई राज्यका
हरेक निकायमा जिम्मेवार वहन विधानमै उल्लेख गरेको छ । यसै क्रममा नेकपा एमालेको विधानमा निर्वाचित जनप्रतिनिधिमध्ये १० प्रतिशत मजदुर जनप्रतिनिधि हुनुपर्नै प्रावधान छ ।
तर धरानको हकममा भने ९ प्रतिनिधि मजदुरबाट निर्वाचित भएका छन् । एमाले सम्बद्ध मजदुरहरुको छाता संगठन अखिल नेपाल स्वतन्त्र मजदुर संगठन धरान नगरकमिटीले शनिवार विगतमा नेपाल टूेड युयिनन (जिफन्ट) मा आवद्ध रहेर लामो समय काम गरेका र हाल नवनिर्वाचित जनप्रतिनिधि भएकालाई सम्मान समेत गरेको छ ।


पार्टीले धरान उपमहानगरलिकाबाट जिफन्टमा कार्यरत चार जना वडाध्यक्ष र पाँच जना वडासस्याई सम्मान गरेको हो । सो अवसरमा बोल्दै अखिल नेपाल मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले पार्टीको विधान अनुसार मजदुर क्षेत्रबाट १० प्रतिशत जनप्रतिनिधि हुनुपर्ने भएपनि धरानमा ९ प्रतिशत मजदुर क्षेत्रबाट स्थानीय तहमा निर्वाचित हुदा पनि सम्मान जनक भएको बताउनुभयो । उहाले विगतको भन्दा प्रतिशत बढ्दै गएको बताउदै निर्वाचित जनप्रतिनिधिल मजदर र आम सर्वसाधारणको भावना बुझेर काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै पार्टीले मजदुरहरुलाई सम्मान गर्दै मजदुरलाई पनि स्थान दिएको बताउदै पार्टीका हरेक क्षेत्रका प्रतिनिििध जनप्रतिनिधि भए त्यस क्षेत्रको समस्या समाधानमा सहज हने बताउनुभयो । धरान १० मा आयोजित कार्यक्रममा धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, धरा १० का विवेक राई, धरान १५ का नरेश इवारम, धरान ७ जीवन सुवेदी र धरान ८ का धनबहादुर राई सहित अन्य वडासदस्यलाई प्रमुख अतिथि रहेका संगठनका अध्यक्ष ज्वाला, केन्द्रीय सदस्य लक्ष्मी बानिया, धरान नगर अध्यक्ष कमल भट्टराईले पार्टीका प्रतिनिधिको उपस्थितिमा सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया