धरान । धरानमा दिनप्रतिदिन खानेपानी समस्या चुलिदै गएको छ । सुख्खा मौसमआएसँगै धरानम खानेपानीको हाहाकार हुने गरेको हो ।
बषौदेखिको खानेपानी समस्या समाधानमा कसैले गम्भीरतापूर्वक लिएको भने देखिदैन । विगतमा खानेपानी संस्थान हुदाभन्दा अहिले धरान खानेपानी व्यवस्थापन बोर्ड बनिसक्दा पनि धरानेहरुको अवस्था खानेपानी समस्या त्यो भन्दा भयावह बनेको छ । राजनतिक दलहरुल चुनावताका धरानको खानेपानी समस्या समाधानलाई घोषणापत्रमा प्राथमिकतामा राखे पनि समाधान नगरिदिदा सर्वसाधारणले खानेपानी समस्या भएको समयमा पानी खरिद गरेर खानुपर्ने अवस्था छ ।

शुक्रबार देशैभरका स्थानीय तहको निर्वाचन सकिएको छ । सुनसरीको धरानमा पनि स्थानीय निर्वाचनको तयारी निर्वाचन सम्पन्न भएको छ । राजनीतिक दलहरु पनि चुनाव कसको पोल्टामा पर्ने हो भनेर आतुर छन् । निर्वाचनका समयमा मतदातालाई आफ्नो पक्षमा पार्न धरानको खानेपानी समस्या समाधान गर्छु भनेर प्रतिबद्धता जनाउदै आएका छन् । तर शनिवार भने धरान ३ मा पाच दिनदेखि खानेपानी धारामा चुहिएन । सबै दलले धरानको खानेपानी समस्या गर्छु भनेको पनि बर्षौभयो, यो एजेण्डा लिएर दलहरु आएको पनि बीसौ बर्ष भयो तर पानी नआएर खरिद गरेर नै उनीहरुले पानी खान बाध्य भए ।
धरान ३ की कुसुुम लिम्बु धारामा खानेपानी नआएपछि आफैले खरिद गरेर खानुपर्ने अवस्था आएको बताउनुभयो । उहाले नेताहरुले खानेपानीलाई भोट बैंक बनाउने, जनताबाट भोट लिएर जितिसकेपछि सबै कुरा विर्सिने गरेका कारण यो समस्या आएको उहा बताउनुहुन्छ । उहाले दलहरुले जनतालाई सबै टाट्ने काम मात्र गरेको बतउनुभयो ।
कुसुममात्र हैन धरान ३ भानुमार्गका स्थानीयहरुले चार पाँचदिनदेखि धारामा पानी नै नआएको बताउछन् । धारामा पानी नआएपछि स्थानीय कालुराम लिम्बुले आफ्नै लगानीमा खानेपानी खरिद गरि त्यहाका स्थानीयलाई वितरण गर्दा आफूहरुलाई राहत मिलेको बताएका छन् ।
टोलमा स्थानीय कालुराम लिम्बले सर्वसाधारणलाई खानेपानी उपलब्ध गराएका हुन् । खानेपानीको चरम समस्या भएपछि धरान खानेपानी व्यवस्थापन बोर्डमा खानेपानी दिन आग्रह गर्दा पनि नसुनेपछि निःस्वार्थ सेवाको भावले खानेपानी खरिद गरेर टोलबासीलाई खानेपानी वितरण गरेको लिम्बुले बताउनुभयो ।
उहाले अहिलेसम्म तीन पटक पानी खरिद गरेर स्थानीयलाई खानेपानी वितरण गरेको बताउनुभयो । स्थानीय निर्वाचन आउन एक दिन बाँकी हुँदा धरानेहरु खानेपानीको अभावमा तड्पिनुपर्ने अवस्था छ । विगतमा सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण तथा अनुदानबाट आएको खानेपानी परियोजनाले समेत धरानमा खानेपानी समस्या समधान हुन सकेको छैन । ०७४ सालको स्थानी निर्वाचन, ०७६ सालको उप निर्वाचनमा धरानको खानेपानी समस्या समाधानलाई दलहरुले मुख्य एजेन्डा बनाएका थिए भने ०७९ को स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको नेतृत्वमा उठेका दलहरुको मुख्य एजेण्डा खानेपानी समस्यालाई नै बनाएका छन् । दलहरुको आश्वासनले अवाक बनेका धरानेहरुले अब दलहरुको प्रतिबद्धताप्रति विश्वास नै गर्न छाडिसकेका छन् ।
