‘मान्छेको रंग’ किताबमाथि चर्चा–परिचर्चा

नेपालकी चर्चित लेखिका अम्बिका गिरीको हालै मात्र बजारमा आएको वहुप्रतिक्षित उपन्यास मान्छेको र।ंगमाथि गत हप्ता राजधानीमा आयोजित एक कार्यक्रममा व्यापक चर्चा परिचर्चा भयो ।
पुस्तकमाथि चर्चा–परिचर्चाको सु–अवसर जुटाइदिएको थियो भारतीय
राजदुतावास, बीपी कोइराला भारत–नेपाल फाउन्डेशनले । राजधानीको न्यूरोडस्थित नेपाल एयरलाइन्स भवनको नेपाल भारत लाइब्रेरीमा लेखिका गिरी सञ्चारकर्मी विनिता दाहालसाग पुस्तकका बारेमा गफिइन् ।
चर्चा–परिचर्चा अर्थात वार्तालापको २६ औं उक्त संस्करणमा सञ्चारकर्मीसाग गफिदै लेखिका गिरीले भनिन्–‘मैले पुस्तकमा माओवादीको १० बर्षे जनयुद्धका प्रभावलाई पुस्तकमा समेट्ने प्रयास गरेकी छु । यद्यपि म माओवादी जनयुद्धमा कुनै पनि रुपमा सहभागी थिइना ।’ लेखिकाले उपन्यासमा १० बर्षे जनयुद्धका समयमा अनेकौ हन्डर खाएर हुर्किएकी माया नामकी बालिकालाई शीर्ष पात्रका रुपमा उभ्याएकी छन् ।
लेखिका गिरीले आफ्नो उपन्यासको पात्र माया द्वन्द्वको समयकी एक प्रतिनिधि महिला भएको समेत प्रष्ट पारिन् । लेखिका अम्बिका गिरीको कथन थियो, माया जस्ता पात्रले जीवनमा कुनै प्रवाह नगरी आन्दोलन सफल पार्न योगदान गरेका थिए । पुस्तकमा सताब्दियौदेखि जकडिएर रहेको पितृसत्तात्मक समाज भत्काउन चाहने महिलाको गाथा समिटिएको छ । सो अवसरमा सञ्चारकर्मी अम्बिका दाहालले लेखिका गिरीको उपन्यासका पात्र साहसी, शक्तिशाली
रहेको प्रष्ट्याएकी थिइन् । सो अवसरमा भारतीय राजदुतावास, बीपी कोइराला भारत नेपाल फाउन्डेशनका सचिव अभय कुमारले लेखिकाको कृतिको प्रशंसा गर्नुभएको
थियो ।

तपाईको प्रतिक्रिया