धरान । बीपी कोइरालाको पथ प्रदर्शक, उहाँका विचार, मूल्य र मान्यतालाई आत्मसात गरी समाज परिवर्तनको उद्देश्यले २०७६ मा धरानमा अग्रज नेपाली काँग्रेसका कार्यकर्ताहरुको पहलमा गठन भएको परिवर्तनशील समाजको विधान संसोधनसँगै शनिवार सम्पन्न विशेष अधिवशनले विश्वराज शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समाजको बरिष्ठ उपाध्यक्षमा पूर्ण राई, उपाध्यक्षमा कृष्णप्रसाद सुवदी, उर्मिला प्रधान, सचिवमा माधव वास्तोला, सह–सचिवमा राजकुमार थापा (राजु), कोषध्यक्षमा कल्पना रोइला र प्रवक्तामा संगीता वाहिम चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा अनुपमा सुनुवार, किरण आचार्य, सुरज अधिकारी, देउमान पाङ्गमा लिम्बु, सरिता लिम्बु, नेत्रकुमारी राई, प्रमिला गुरुङ्ग, प्रमोद श्रेष्ठ,राहुल सुवेदी, संगीता राई, लिला थापा, राघवप्रसाद वाग्ले, शारदा भट्टराई रहनु भएको छ ।

समाजको विधान संसोधन गर्न पूर्ण राईको संयोजकत्वमा प्रमिला गुरुङ र देउमान पाङ्मा सदस्य रहेको कार्यदलले परिवर्तनशील समाज नेपालको मौजुदा विधान २०७६ को परिच्छेद ३ को दफा ६ को (ग) मा संस्थाको विकासका लागि विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई तोकिएको प्रक्रिया अन्तर्गत आजीवन सदस्यता प्रदान गर्ने भनिएकोमा दफा ६ को (ग) मा उल्ल्ेख भएका सबै सदस्यहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउने गरी सदस्यता प्राप्त गर्ने भएकोले साधारणतया आजीवन सदस्यता खारेज गर्नुपर्ने देखिएको भन्दै विधानको परिच्छेद ३ को दफा ६ को (ग) खारेज गरेको छ । यसैगरी विधानको परिच्छेद ४ को दफा २३ को (१) मा साधारणसभाका सदस्यहरुबाट निर्वाचित ९ सदस्यीय कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको संख्या बृद्धि गर्न आवश्यक महसुस गरी दफा १३ को (१) संसोधन गरिएको मस्यौदा समितिका संयोजक पूर्ण राईले बताउनुभयो ।
नेपाली काँग्रेस प्रदेश नं. १ का सदस्य गणेश परियारको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको अध्यक्षता विश्वराज शर्माले गर्नुभएको थियो भने सञ्चालन माधव वास्तोलाले गर्नुभएको थियो ।
