नेपालमा मेडिकल माफियाको विरुद्ध चिकित्सा र सेवासम्बन्धी माग राखेर
आमरण अनसनरत प्रा.डा गोविन्द केसीप्रति नेपालका नागरिक समाज भद्र, भलाद्मी देशभरका चिकित्सा पेशामा कार्यरत चिकित्सक, नर्स, चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीहरु उनको समर्थनमा मनैमनै ऐक्यवद्धता जनाउदै आन्दोलनमा उत्रिएका छन् । यस आन्दोलनको मुख्य लक्ष्य मुलुकभरि खुल्दै गरेका मेडिकल कलेजलाई अनाप सनापमा सम्बन्धन नदिनु र मेडिकल माफियाहरुको पर्दाफास गरी आफ्नै सरकारी अस्पताललाई स्तोन्तरी गरी विद्यार्थी आकर्षित गर्ने लक्ष्य रहेको बुझिन्छ । यसबाट मुलुकले १० बर्ष भित्र अनुभवि, इमान्दार चिकित्सकको परिपूर्ति गरोस् भन्ने पवित्र ध्येय राखी प्रा.डा. केसीले चिकित्सा क्षेत्रमा मेडिकल माफियामा सफाया होस भनी दृढ संकल्प राखी आमरण अनसनमा बस्नु भएको पनि आज ८ औं दिन भइसक्यो । तर सरकारबाट यसलाई ठोस सम्बोधन गर्न समस्याको समाधान तर्फ ध्यान नदिई बहिरो भएर हिडिरहेको छ । सरकार आफू जस्तोसुकै अवस्थामा मादण्ड नपुगेका मेडिकल कलेजलाई सम्बन्धन दिएर आफ्नो आयु लम्म्याउन चाहन्छ । यसरी सरकार आउने दिनमा मुलुकभरि अन्योलको सृजना गरी ठूलो आाधीबेरीको आन्दोललनलाई निमन्त्रणा गरिरहेको छ भन्ने प्रष्ट हुन्छ ।
यही विषयलाई ३० दलका नेताहरुले आन्दोलनको उठान बनाएर संकटमा उत्रिए भने संविधान लेखनको गतिशिलतालाई घाटमा विसर्जन गरी संविधानसभाको औचित्य नै समाप्त होला जस्तो तस्विर देखिन बेर लाग्ने छैन । यस्ता खालका आशंकापट्टि सरकारको ध्यान जान्छ कि जाादैन त्यो त आउने दिनले बताउने छ । शनिवारको अन्नपूर्ण पोष्टमा, नेपाल ससकारका कार्यकारी प्रमुख सुशिल कोइरालालाई डा. केसीको आमरण अनसन र उनले राखेका मागहरुलाई सम्बोधन गर्न बालुवाटारमा प्रभालशाली व्यत्तित्वहरुले कुरा राख्दा प्रधानमन्त्री कोइरालाले भनेछन््, डा. केसीलाई मैले ‘अनसन नगर्नु’ भनेकै हुा, डा. केसी मरे मरिहोस्’ भन्ने शब्दहरु पढ्न पाइयो ।
सरकार प्रमुखका यस्ता तुच्छ वाणीहरु एउटा चिकित्सा क्षेत्रका निष्कलंक व्यक्तित्वहरुलाई प्रहार गरेर आफनो मात्र हैन नेपाली कााग्रेसको त्याग तपस्या र राष्ट्रप्रतिको जिम्मेवार पार्टीको पनि धज्जी उडाएर आउने दिनमा मुलुकलाई कुन खाडलमा लगेर जाक्ने हुन । देशको प्रधानमन्त्री भएर तल्लोस्तरमा उत्रिएर शत्रुले पनि यस्तो किसिमको दुर्वाच्य बचन बोल्न सक्दैन । सुशिल कोइरालाको स्तर अब सबै जनता र परराष्ट्रका कुटनीतिकहरुले कस्तो रहेछ भने थाहा पाए । सरकार प्रमुखको बोलीले राष्ट्रलाई कति बेइज्जति भयो भएन भन्दा उनको प्रोथोकल कहाा र कति रहेछ भन्ने तर्प इङ्गित गर्न सकिन्छ ।
स्वास्थ्य क्षेत्रमा देखिएको माफिया
गिरोहलाई निरुत्साही गर्नुपर्ने कार्य सरकारको हो । तर तिनै माफियाहरुका नाइकेहरुलाई टेवा दिएर प्रम शुशिल कोइरालाले स्वास्य र शिक्षा क्षेत्रलाई क्षतविक्षत गर्न तल्लिन हुनुपर्ने कारण के छ ? यस्ता कदमले भविष्यमा आउने चिकित्सा क्षेत्रका उत्पादित, कर्मीहरुको स्तर कस्तो किसिमको हुनेछ भन्ने तर्फ आज सबै मुलुकबासीहरुको चासो हुनु स्वभाविक हो । डा. केसीको अनसन यिनै विषयप्रति इंगित गरेर बसेको जस्तो आम समुदायको बुझाई छ ।
सत्तारोहण गर्दा मेरो सम्पत्ति यिनै तीनवटा मोवाइल हुन् भन्ने गान्धीवादी चरित्रका सुशिल कोइरालालाई मेडिकल कलेजले आवश्यक पूर्वाधार नगरिकन सम्बद्धन दिन किन आतुर छन् ? के अब उनी पैसा र शक्तिको सञ्चय गर्न तर्फ र आफ्ना भाई बन्धुहरुको एकमानाको बन्दोबस्त तर्फ लागेका हुन् ? जसबाट भविष्यमा आफ्नो आर्थिक समस्याबाट पार पाउन र सहज ढंगले राजनीतिक गर्न सकियोस भन्ने ध्येय त होइन ? नत्र स्वास्थ्य क्षेत्रमा माफियाहरुको पक्षमा लागेर एउटा स्वच्छ र इमान्दार डा. केसीप्रति किन यस्ता किसिमका वाक्यवाण हान्ने दुस्साहस गर्दैछन् । यसले प्रमको हैसियत र स्वच्छताप्रति प्रश्नचिन्ह खडा गरेको देखिन्छ । त्यसैले अहिले पनि समय घर्किसकेको छैन । सुशिल कोइरालाले समस्याको समाधानतर्फ सतर्कता साथ पाइला चाल्नुपर्ने टड्कारो आवश्यकता महसुस गरेर हिाड्नुपर्ने देखिन्छ । जसबाट उनीप्रतिको नकारात्मक धारणा मेटाउने कार्य सुशिल कोइरालाको कोर्टमा परेको
छ । यदि यस विषयतर्फ ध्यान नदिई माफियागिरीको संरक्षण र सम्बद्र्धन तर्फ उन्मुख भए स्वास्थ्य क्षेत्रबाट सरकारले डरलाग्दा आाधिबेहरीका सामना गर्नुपर्ने छ । र डा. केसीको समर्थनमा व्यापारी, उद्योगपति, प्राध्यापक, शिक्षक, छात्रछात्रा र नागरिक समाज र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका मुलुकबासीहरुको पनि आन्दोलन सहभागी हुने पक्कापक्की छ । संविधान लेखनको समयमा आन्दोलन, अराजकता, लुटपाट र अन्य अपराधिक कार्यहरु भइरहेकोमा मुलुकले कसरी मुलुकबासीलाई सम्बोधन गर्न सक्छ ?
राष्ट्र कुनै पनि भुवारीभित्र नपरोस् भनी सरकार प्रमुखले सचेत रहनु पर्नेमा ठााडै भुावरीको आव्हान गरी मुलुकलाई कुन ठाउामा पुर्याउन खोजिदैछ । यसका पछाडि कस्ता कस्ता शिखण्डीहरु पात्र भएर उभिएका छन्, त्यो त भविष्यको गर्वले देखाउने छ ।
हिजोआज ३० दलीय मोर्चाले लाठी जुलुस, बन्द हड्ताल जस्ता अराजक गतिविधि गर्न लागेका छन् । देश
अराजकता तिर जाादैछ र पनि सरकार र सरकारघटक दल मेडिकल कलेजलाई सम्बन्धन दिन मात्र आतुर देखिन्छ । संविधान लेखन र मुलुक र मुलुकबासीको सर्वाङ्गिर्ण विकास तर्फ ध्यान नदिनु र देशलाई अनिर्णयको बन्धी बनाउन तर्फ उद्धत भए भोलि आउने दिनमा सुशिल कोइराला र उनले नेतृत्व गरिरहेको नेपाली कााग्रेस पार्टीको के गति हुनेछ । यस्तो विषम विषयप्रति नेपाली कााग्रेसका कायर्कर्ताहरुले पनि गम्भीर भएर सोच्नुपर्दछ ।
राष्ट्रदेव श्री पशुपतिनाले आज भोलि नै प्रम सुशिललाई सद्बुद्धि प्रदान गरुन् भनी सदैव प्रार्थना गर्दछु । प्रा.डा. गोविन्द केसी जिन्दावाद † जिन्दावाद †† जिन्दावाद ††† स्वास्थ्य क्षेत्रको माफियागिरीको नाश होस् ।
