बेलका नगरपालिकाले सामुहिक खेतीलाई प्रोत्साहन गर्दै

धरान÷बेलका नगरपालिकाले कृषकको जीवन स्तर उकास्न सामुहिक कृषि प्रणालीको अवधारणलाई अगाडि बढाएको नगरपालिका सफल भएको छ ।
नगरपालिकामा भएका कृषकहरुलाई एकताबद्ध बनाई उनीहरुको जीविकोपार्जन गर्ने सहज बनाउने उद्देश्यले यो अवधारणा अगाडि बढाएको हो । यसका लागि नेपाल सरकारको सहयोगमा नगरपालिकाले वडा नं १ मा कार्यालय नै राखेर काम समेत शुरु गरेको छ । यसरी सामुहिक रुपमा गर्ने खेती प्रणालीलाई नगरपालिकाले चाक्लाबन्दी खेती प्रणाली नामकरण गरेको छ ।
कृषिलाई आधुनिकरण गर्दै बेलका नगरपालिकामा रहेका १० वटै वडालाई कृषि क्षेत्र बनाउने अभियान लिएको नगरपालिकाले पछिल्लो समय कृषि मन्त्रालयको सहयोगमा खेती गर्न चाहने तर खेतीयोग्य जमिन नभएका स्थानीहरुलाई समावेश गरेर सामुहिक खेती अर्थात चाक्लाबन्दी खेतीको अवधारणा अगाडि सारेको हो । हाल यो सप्तकोशी पशुपालन समूहका २२ जना र सातेश्वर कृषि समूहका २५ जना गरी जम्मा ४७ जना यो सामुहिक खेतीमा आवद्ध रहेका छन् ।


तरकारी जन्य वस्तु, फलफूल, माछा पालन लगायतका कृषिजन्य सामाग्री उत्पादन गर्ने उद्देश्यले शुरु गरिएका चाक्लाबन्दी खेतीका लागि नगरपालिलकाले डेढसय हेक्टर जमिन कृषकलाई दिएको छ भने कृषि मन्त्रालयले समेत केही रकम सहयोग गरेको छ । प्राविधिक ज्ञानसहित सहज ढंगले कृषिमा आवद्ध कृषकहरुलाई आत्मनिर्भर बन्न सहज भएको सप्तकोश िपशुपालन समूहका अध्यक्ष विश्वलाल महतोले बताउनुभयो ।
खेर गइरहेको जमिनलाई सदुपयोग गर्दै आएको यो जमिनबाट उत्पादन भएका सामाग्री विक्री पश्चात ६० प्रतिशत नगरपालिालाई र ४० प्रतिशत उनीहरुले पाउने छन् । १ सय ५० हेक्टर नगरपालिकाले जमिन लिजमा लिएर कृषको जीवनस्तर उकास्न यसरी चाक्लाबन्दी खेतीको अवधारणा अगाडि सारेका बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।
उहाले खाली रहेको जग्गालाई सदुपयोग गर्र्दै यहा उत्पादन भएका कृषिजन्य वस्तु प्रदेश नं. १ मा प्रयाप्त रुपमा उपलब्ध गराउने, धरानमा रहका पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा एग्रिकल्चर विषयमा अध्ययन गर्ने विद्यार्थीलाई रिजर्चको स्थान बनाउदै विपन्न वर्गका समुदायलाई रोजगारी दिने उद्देयले चाक्लाबन्दी खेती प्रणालीको अवधारणा अगाडि बढाइएको उहाले बताउनुभयो ।
यस स्थानमा नगरपालिकाले साग सब्जी तथा फलफूलका प्रसस्त विरुवा उलब्ध गराउन प्रबन्ध समेत मिलाइसकेको छ । बेलकाले गरेको सामुहिक खेती अवधारणामा कृषिलाई आधुनिकरण गर्दै स्थानीयको आयआर्जन गर्ने कुरालाई प्राथमिकता दिएको पाइन्छ । यसले सार्थकता पाएमा बेलका साच्चै नै उदाहरणीय नगरपालिकाको रुपमा स्थापित हुनेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया