नेपाल र भारतका साझा धार्मिक तथा साँस्कृतिक सम्पदाको बारेमा जनचेतना फैल्याउन मोटरसाइकल रयाली

राजधानी÷नेपाल र भारतका साझा धार्मिक तथा साँस्कृतिक सम्पदाको सम्बन्धमा आजका युवा पीडितहरुबीचमा जनचेतना फैल्याउने उद्देश्यले पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली सम्पन्न भएको छ ।
कार्तिक २५ गते विहीबार पशुपतिनाथ मन्दिरका मूलभट्टको समुपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले मोटरसाइकल ¥यालीको संयुक्त रुपमा सुभारम्भ गर्नुभएको थियो ।
मोटरसाइकल ¥यालीका सम्बन्धमा भारतीय राजदूतावास काठमाण्डौले विज्ञप्ती प्रकाशित गरी मोटरसाइकल ¥यालीमा नेपाल र भारतका ५० जना युवाहरुको सहभागिता रहेको थियो । नेपाल र भारतका साझा धार्मिक तथा साँस्कृतिक सम्पदाहरुका बारेमा जानकारी गराउने मात्र नभएर नेपाल र भारतका जनताबीचको प्रगाढ, अटुट र अनन्त सम्बन्धलाई थप उजागर गर्ने उद्देश्यले मोटरसाइकल ¥यालीको आयोजना गरिएको हो ।


मोटरसाइकल ¥यालीलाई सम्बोधन गर्दै सँस्कृति पर्यटत तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले भारत नेपालबीचको सदियौ पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धमा थप उजागर हुने भन्दै मोटरसाइकल ¥यालीमा सहभागीहरुलाई यात्राको शुभकामना दिनभएको थियो । भारतीय राजदुतावासले काठमाण्डौ र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिकाका बारेमा भारतीय राजदूत विनयमोहन क्वात्राले प्रष्ट्याउनु भएको थियो ।
¥यालीमा सहभागीहरुले कार्तिक २७ गते बनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाएका थिए । उनीहरुले दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण समेत गरेका थिए । यात्राका क्रममा मोटरसाइकल ¥याली महात्मा गान्धीले भारत स्वतत्रता संग्रामका बेला चम्पारणमा सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान गौतम बुद्धले शिस्यहरुलाई पहिलो प्रवचन दिएको स्थान सारनाथ, नेपाल र भारतका धर्मालम्बीहरुको प्रख्यात धार्मिकस्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थलहरुको अवलोकन गर्दै अगाडि बढेका थिए ।
भारत स्वतन्त्र भएको ७५ बर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत काठमाण्डौस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाण्डौसँगको सहकार्यमा पहिलो पटक मोटरसाइकल ¥यालीको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया