घण्टाघरबाट हेर्दा

नया“ मदन भण्डारी हु रे
विनासकारी, उपयोगीहीन प्रचण्डाउ घरी घरी बर्बराउँथे मलाई आत्महत्या गर्न मन लाग्या छ, देशलाई कुरुक्षेत्र बनाउँछु, फेरि जंगल पस्छु, फेरि जनयुद्ध गर्र्छु भनेर तिनले त्यसरी
बर्बराएको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या थियो । अस्तिका दिन तिन्ले पुरानो मदन भण्डारी पछिको म नै हुँ सम्म भन्न भ्याएछन् । माने प्रचण्डाउले भन्या उनी नयाँ मदन भण्डारी हुन् रे । अब कुन दिन माकुनेले पुरानो बीपी पछिको नयाँ बीपी म नै हुँ । कहाँको राजाराम कहाँको गंगुतेली भनेझै । अब यिनीहरुले गणेशमानपछिको नयाँ गणेशमान मै हुँ, मनमोहन पछिको नयाँ मनमोहन मै हुँ, शुशिल कोइरालापछिको सुशिल कोइराला मै हुँ, भन्लान् ।


जरैदेखि कुहेर पतन हुन थालेपछि माकुने र प्रचण्डाउले भँजाउने अरुकै नाम हो । नयाँ मदन भण्डारीको दाशडुंगाको यात्रा पनि चाँडै होला । जे होस् जोकरहरुले रमाइलै गर्दिया छन् ।
थन्क्याइ दिएछन बाजेलाई जहिल्यै नि तनहँुले बाजे क्याइँ क्याई गर्थे । आफ्नो पाँच पैसाको लुरछैन तर घरी यो भएन घरी त्यो भएन, हाम्लाई नि कोटा चाहियो, सक्रिय सदस्यता वितरणमा धाँधली भयो भनेर पौड्याल बाजेको कर–कर सानो थिएन । वाल्वाटारे मुखियाको बाजेको ङ्यार ङ्यारले कानै पाकिसक्या थियो । धेरै दिनदेखि बाजेको थुतुनो बन्द गर्ने सोच बनाउँदै थिए मुखिया । अन्तत ः अस्तिका दिन मुखियालाई गतिलै आइडिया फुरेछ आइडिया पनि कम्ता गज्जबको फुरेन छ । बोजलाई थन्क्याउने त्यो भन्दा गतिलो आइडिया हुनै सक्दैनथ्यो । आखिरी बाल्वाटारे मुखिया न परे । जंगलबाट सहर छिरेका, आफ्नै घर जलाएर खरानी धसेका, मशधेशमा आगो झोसेर काठमाण्डौमा डान्स गर्दै गरेका तीसमार खाँहरुलाई समेत टाङमुखी नचाएर बस्या पो हुन त वाल्वाटारे मुखिया । बाजेलाई उच्चस्तरीय रराजनैतिक समन्य समितिको संयोजक बनाइदिएछन् । बाजे मख्ख मात्र प¥या छैनन् सेन्टीÏलाटै भा’छन् । यतिबेला बाजे टन्न घाँसर खाएर उग्राएर बसेको बुढी माउ भैँसीजस्तै उग्राएर बसेका छन् । जे होस् मुखिया बाको आइडियाचाहिँ मान्नैपर्छ ।
बेकामेहरुको माग
गरिबकी स्वास्नी सबैकी भाउजु भनेझै विदेशी डलरेहरुले नेपाललाइ के साह«ो हेप्या हँ ? परमादेशबाट पर्धानमन्तरी नियुक्ति गर्न सक्ने संसारकै सबैभन्दा शक्तिशाली सर्वोच्च अदालतका प्रधान न्यायाधिशमाथि छानविन गर्नुपर्छ भन्दै विदेशी डलरेहरुले चासो व्यक्त गरेछन् । नाम पनि कस्ता कस्ता गाँठे आइसिजे, ह्युमन राइट्स, एम्नेष्टी इन्टर नेशनल जस्ता भडुवाहरुले हाम्रा पर्धान न्यायाधीशलाई छानविन गरी कार्वाही गर भन्नु त हजम हुने कुरै भएन बलात्कारी, हत्यारा, अपहरणकारी, भ्रष्टाचारी, व्यभिचारीहरुमाथि छानविन गर भनेर तिन्ले कहिल्यै थुतुनो खोल्या छैनन् । बडो जान्ने हुँदा रै’छन् । त्यसरी अर्काको घरको मामलामा बोल्न अलिकति कुरीकुरी पनि लाग्नु पर्ने हो । हुन त बेकामेहरुको काम छैन अनि बोल्ने भए नि †
एक मिनेट पनि पदमा बस्नु हुन्न रे
Ïयाउराको दिन सिद्धिए भए गाउँतिर छिरेर फ्याउ फ्याउ गर्छ भन्थे हाम्रा बुढापाकाहरु हो रै’छ । अब हेरम न कुनै ल्याकत नै नभएका माकुने पाटीका उप महासचिव भनाउँदो त्यो जगन्नाथ खतिवडाले अस्तिका दिन पर्धान न्यायाधीशलाई एक मिनेट पनि पदमा बस्नु हुन्न भनेर काइते भाषन ठोकेछन् । हुन त कम्युनिनस्टको धर्म हुँदैन जसको े खायो त्यसैको जुँगा उखेल्छन् भन्थे हो कि क्या हो खतिवडाको फुरफुर तिनै पर्धानन्यायाधीशका कारण भएको कस्लाई थाहा छैन ? जुन थालमा खायो त्यी थालमा आँची गर्नु त भएन नि । पर्धानन्यााधीशले संसद पुनस्र्थापना गरेर स्यालबहादुरलाई पर्धानमन्तरी बनाउन पर्मादेश नद्या भे खतिवडा यतिबेला गामघरमा गएर बाख्रा चराउँथे । त्यस्ता महान पर्धानन्यायाधीशका बारेमा बोल्ने तिन्को थुतुनो कसरी चल्या होला ?
भड्खालोमा जाक्ने भयो
देउतीकट लागेर घरेलुमन्तरी बन्या बालकृष्ण खाँड अझै बालकै रै’छन् । अस्तिका दिन तिन्ले के बोल्या होलान् ? गठबन्धन बिना एमालेलाई आगामी निर्वाचमा हराउन सकिदैन भनेर पो बोलेछन् । खाँडको खाँड जागेरै होला काँग्रेस हिजो आज एमालेको छयाँ देख्दा नि तर्सन थाल्या छ । पर्मादेशबाट घरेलुमन्तरी पड्काएका खाँडहरु जहिल्यै नि लाभकै पदमा बस्न हरेक तिक्डम गर्छन । खाडहरुकै कारण आगामी चुनाउमा काँग्रेस एक्लै चुनाउमा जान नसक्ने गरी थलिन पुग्या छ । हत्यारा, लुटेरा, वेइमानहरुलाई साथमा लिएर हिँड्नु भन्दा एक्लै चुनाउमा जानुपर्छ भन्ने सद्बुद्धि ती बालकलाइ कस्ले भन्दिने ?
किन तै चूप मै चूप
यो मुलकलाई त्यसै सतिले सरापेको भनेर भन्या हैन रै’छ । अब हेरम न पर्धानन्यायाधीशलाई हँटाउन यतिबेला नेपाल बारका नटुवाहरु, स्वघोषित अभियन्ताहरु, बेकामे हरिलठ्ठकहरुले अभिनय गरिरहेका छन । चोलेन्द्र शमशेरले भाग खोजे भन्ने ती हरिलठ्ठकहरुको कथन छ । भाग खोज्नेलाई हँटाउन आन्दोलन गर्ने भाग दिने बालुवाटारे मुखियालाई हँटाउनचाहिँ किन हरिलठ्ठकहरु तै चूपमै चूप भा’ होलान् ? काम गर्दिएसी भाग त जस्ले नि खोज्छन के हरिलठ्ठकहरुले अरुका मुद्दामा त्यसै बहस गर्दिन्छन् । बादी र प्रतिवादी दुवैतर्फबाट डकार आउन्ज्याल पड्काउँछन्, अनि पर्धान न्यायाधीशले भाग खोज्यो भनेर राँडे रुवाई गरेर उफ्रनु त भएन नि । अरुलाई चोरी औँलाले देखाउँदा चारवटा औँलाले आफैलाई औल्याइरहेको हुन्छ भन्ने हरिलठ्ठकहरुलाई कस्तो हेक्का नभएको ?
माकुनेको हैसियत चाल पाएछन्
कति फकाउँदा पनि नमानेर परक्क बटारिएर आफ्नै घरमा अगुल्टो झोसेर हिँड्या माकुनेले आफ्नो हैसियत बल्ल चाल पाएछन् । अस्तिका दिन तिन्ले सत्य बोलेछन् । चुनाउमा काँग्रसँग गठबन्धन नबने एमालेले पत्तासाफ बनाउँछ सम्म भन्न भ्याएछन् । काँग्रेसले दया नदेखाए माकुनेलाई गुगलमा खोज्नुपर्ने हुन्छ । पहिला पहिला त बुरुक बुरुक उफ्रन्थे माकुने आगामी चुनाउमा देखाइदिन्छम् । साह«ै देखाउलान् जस्तै छ माकुनेले । सत्तामा बाँडीचुँडी खाएजस्तो चुनाउँमा हँुदैन भन्ने कुरा माकुनेलाई कस्ले सुनाइदिने ?
अन्तेमा
हिजोआज माकुने जातको एकसिँगे गैडाको छाउरी रामकुमारी झाक्रलाई दिन दहाडै जोखना आउन थाल्या रै’छ । अस्तिका दिन तिन्ले पुरै ढ्याग्रो ठटाएर बकिन एमाले भन्या लोप हुन लाग्या एकसिँगे गैडा जस्तै हो रे । अब एमाले लोप हुन्छ रे । हुन त धामी ढाट कि खै जाति ढाँट उस्तै हुन भन्छन् । चुनावपछि माकुने जातको गैडाको छाउरा छाउरी पूरै लोप हुने अवस्थामा पुग्या छ । अहिले यसो वाल्वाथटारे काजीले घाँस, भुस्सा गरेकाले तिन्को प्राणसम्म धानिएको छ । चुनाउम यी जातका गैडालाई घाँस भुस्सा गर्ने कोही हुँदैनन् । त्यसछि माकुने जातका एक सिँगे गैँडा नेपालबाट पूरै लोप हुने अवस्था आउँछ कि कसो हौ झाक्रिनी बज्यै ?

तपाईको प्रतिक्रिया