तामझामका साथ नया डिपार्टमेन्ट स्टोर खुले पनि गोरखाको विक्री २५ प्रतिशतले बढ्यो

इटहरी÷गत भाद १९ गते इटहरी वडा नं. १७ मा एउटा डिपार्टमेन्ट स्टोर बडो तामझाम र साजसज्जाका साथ खुल्दा धेरै उपभोक्ताहरुले २३ बर्ष अगाडि राजधानी बाहिर पूवाञ्चलमै पहिलो पटक खुलेको गोरखा डिपार्टमेन्ट स्टोरलाई असर गर्ने लख काटेका थिए ।
नभन्दै नयाँ खुलेको डिपार्टमेन्ट स्टोर एक हप्ता भीडभाडका साथ चल्यो र विस्तारै सेलाउँदै गयो । यो अवधिमा गोरखा डिपार्टमेन्ट स्टोरको विक्री भने २५ प्रतिशतले बढ्यो ।
इनरुवा वलाहाका सुदिप पोख्रेलले भने गोरखाले पूर्वाञ्चलका ग्राहकहरुको विगत २३ बर्षदेखि मन जित्दै आएको छ । खासमा भन्ने हो भने गोरखा डिपार्टमेन्ट स्टोर पूर्वेली ग्राहकहरुका माझ एउटा ब्राण्डेड नाम बनिसकेको छ उनले सुनाए नयाँ खुलेको स्टोरमा अधिकांश मानिसहरु फोहोरामा टिकटाक बनाउन जाने, एलिभेटर चढेर रमाइलो गर्ने मात्रको भीड देखियो । उनले भने गोरखा डिपार्टमेन्ट स्टोरको तुलनामा समान पनि महँगो लाग्यो । फोहोरामा टिकटाक बनाउनेमाथि व्यवस्थापन पक्षले दुव्र्यवहार समेत गरेपछि त्यहाँ जाने ग्राहरुको संख्या विस्तारै घट्दै गयो ।


गोरखा डिपार्टमेन्ट स्टोरले नेपालीहरुका महत्वपूर्ण चाडपर्वहरुमा आफ्ना ग्राहकहरुका लागि सबै डिपार्टमेन्ट स्टोरहरुबाट विशेष छुटको व्यवस्था गर्दै आएको छ । स्टारका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, अहिले गोरखा डिपार्टमेन्ट स्टोरको विक्री २५ प्रतिशत बढेको छ । खास गरेर चाडपवर्कको समय भएकोले होला ग्राहकहरुको अत्याधिक भीड ग्रोसरी आइटम, इलेक्ट्रोनिक्स सामान, गिÏट आइटममा देखिएको छ । डिपार्टमेन्टका अन्य स्टोरहरुमा पनि त्यतिकै भीड रहेको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो गोरखा डिपार्टमेन्ट स्टोरले आफना ग्राहकहरुको माग बमोजिम चाडपर्वलाई लक्षित गरेर सात कन्टेनर सामानहरु विदेशबाट आयात गरेको छ । अन्यत्र कहीँकतै उपलब्ध नहुने सामानहरु पनि यतिबेला गोरखामा उपलब्ध भएको छ । उहाँले सुनाउनुभयो हामीले दुई चार महिना विक्रीमा गिरावट आउला कि भन्ने आशंका गरेका थियौ तर त्यसो भएन गोरखा डिपार्टमेन्ट स्टोरलाई ग्राहकहरुले साँच्चै नै माया गर्नु भएको रहेछ ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

जुत्ता चप्पल र कपडामा अत्याधिक भीड

जाडोको मौसम, त्यसैपनि हरेक मानिसलाई न्याना लुगाहरुको चाहना हुनु स्वभाविक हो । तर आफूलाई चाहिए जस्तो न्याना लुगाहरु खोज्दै भौतिरिनेहरुका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै सबैका लागि गन्तव्य स्थान भएको छ । आÏना ग्राहकहरुको चाहना र मौसम प्रतिकूलतालाई ध्यानमा राखी स्टोरले अनेकौ प्रकारका न्याना लुगाहरु ल्याएको छ । सिंगापुर, हङ्गकङ्ग, थाइल्याण्ड, कोरिया, जापान,
भारत र नेपालमा समेत तयार गरिएका त्यस्ता न्याना लुगा खरिद गर्ने उपभोक्ताहरु गोरखा डिपार्टमेन्ट स्टोरमा विहानैदेखि देखिन्छन् । कार्तिक अन्तिम सातादेखि नै यस्ता न्याना लुगाहरुको विक्री बढेको छ ।
अझ डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा आÏना नानीहरुका लागि खोजेजस्तो र नानीहरुले रोजेजस्तो कपडा छान्नेहरु दंग देखिन्छन् । बाहिरी बजारमा अक्सर नपाइने यदाकदा पाइहालिए पनि अत्यन्तै महँगो मोलमोलाई गर्नुपर्ने झन्झटबाट मुक्त पाउन पनि नानीहरुको न्याना लुगा किन्न पनि अभिभावक त्यहाँ पुग्छन् । जन्मेदेखि ५ बर्ष मुनिका नानीहरुका लागि डिपार्टमेन्ट स्टोरको पाँचौ तला प्रख्यात छ । ट्राउजर, ज्याकेट, टावल, टोपी, जुत्ताका नयाँ नयाँ डिजाइन र न्यानो उनीका अन्य कपडाहरु उक्त तलामा खातै लागेको छ । डिपार्टमेन्ट स्टोरको उक्त तलामा २० हजार भन्दा बढी आइटमका कपडा रहेको
स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । उक्त तलामा दैनिक २ हजारदेखि दुई हजार पाँच सयसम्म ग्राहकहरु आफू तथा आफ्ना नानीहरुका साथमा आउने गरेका छन् ।

गोरखा गल्लीमा ताजा फलफूल र सागसब्जी

गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुलाई गोरखा गल्लीबाट ताजा फलफूल र सागसब्जी निरन्तर उपलब्ध गराउँदै आएको छ ।
इटहरी एओएस बालगा्राम पश्चिममा गोरखा डिपार्टमेन्ट स्टोरले विगत १५ बर्षदेखि अर्गानिक तरकारी खेति गर्दै आएको छ । मौसमी तथा वेमौसमी सागसब्जीका लागि स्थानीयदेखि टाढा–टाढाका ग्राहकहरुको सदैव भीड लाग्ने गरेको छ । बजार मूल्य भन्दा झण्डै २५ प्रतिशत कम मूल्यमा अर्गानिक साग सब्जीका लागि उपभोक्ताहरु आकर्षित हुनु स्वभाविक हो ।
इटहरी ६ बीपी चौककी गृहणी सुशिला कोइराला भन्नुहुन्छ अन्त किन्न जाँदा मोलमोलाई गर्नुपर्छ । मोलमोलाई गर्दा पनि डिपार्टमेन्ट स्टोरको भन्दा महंगो नै पर्छ । त्यसमाथि खाद्य हालेको साग सब्जी किनेर लग्यो अर्को दिनसम्ममा पहेंलो भएर कुहिन्छ । तर गोरखाबाट खरिद गरेर लगेको सागसब्जी ओइलिइन्छ तर कुहिँदैन उनले सुनाइन् । यसैगरी फलफूलहरु पनि गोरखा डिपार्टमेन्ट स्टोरमा भनेजस्तै पाइन्छ । मुस्ताङको स्याउ, एभोकाडो लगायतका अन्य फलफूलहरु बजारमूल्य भन्दा झण्डै २० देखि २५ रुपैयाँ सस्तो पाइन्छ । ड्रागन फुड तथा अन्य विदेशबाट आयात गरेका फलफूलप्रति ग्राहकहरु लोभिएका द ेखिन्छन्, म्यानेजर गौतमले भन्नुभयो ।

गोरखा किचनमा ग्राहहरुको चाप बढ्दै

लकडाउनका कारण झण्डै दुई महिना सुनसान जस्तै भएको गोरखा डिपार्टमेन्ट स्टोरको टप फ्लोरमा रहेको गोरखा किचनमा यतिबेला ग्राहकहरुको चहलपहल ह्वात्तै बढेको छ ।
होटल व्यवसायी संघ इटहरीको पहलमा इटहरी लगायत आसपासका सम्पूर्ण होटलहरु सञ्चालनमा आएसँगै आषाढ २२ गतेदेखि गोरखा किचन पनि सञ्चालनमा आएको हो । ग्राहक तथा उपभोक्ताहरुको पहिलो रोजाइमा रहेको गोरखा डिपर्ममेन्ट स्टोरको किचन सञ्चालनमा आएपछि ग्राहक तथा उपभोक्ताको भीड बढेको स्टोरका म्यानेजर गौतम बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ थकाली, स्पशेल, नेपाली खानाको स्वाद लिन यतिबेला स्थानीयसँगै बारिबाट समेत ग्राहकहरु आउन थाल्नुभएको छ । खानासँगै विभिन्न प्रकारका अन्य फास्ट फुडहरुले समेत ग्राहकहरुलाई लोभ्याएको उहाँको ठम्याई छ । गोरखा डिपार्टमेन्ट स्टोरका अन्य शाखाहरु मोरङ्गको विराटचौक, पथरीको र झापा दकमको समेत किचनहरु सञ्चालनमा एकसाथ आइसकेका छन् ।
अत्यन्तै स्वच्छ, सफा र प्राकृतिक र रमणीय दृश्यको अवलोकन गर्दै स्वादिष्ट व्यञ्जनहरुको स्वादकै लागि ग्राहकहरु गोरखा किचनमा पुग्ने गरेको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया