चिकित्सहरुद्वारा व्यंग्यत्मक कविता प्रस्तुत

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धीकरणको ८३ औ दिन पुग्यो । प्रतिष्ठानका चारजना पदाधिकारीको राजीनामा, भ्रष्टाचार, बेथिति र विसंगतिको अन्त्यको माग
राखी चिकित्सक, शिक्षक, विद्यार्थी, कर्मचारी, नर्स लगायतको संयुक्त आन्दोलनले विभिन्न चरणको आन्दोलन समेत गरिसकेको छ । यसैबीच बीपी जयतिन्तको साताव्यापी कार्यक्रम र आन्दोलनलाइ पनि निरन्तता दिएका उनीहरुले आइतबारदेखि कोभिड र आकस्मिक सेवा बाहेकका सबै क्षेत्रमा उनीहरुले काम नै छाडे । काम छोडेर उनीहरुले व्यांग्यात्मक कविता प्रस्तुत गरे ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन झण्डै तीन महिना पुग्न लाग्यो । आन्दोलरत पक्षको मागको सुनुवाईका लागि नेपाल सरकारमाफर्त एउटा छानविन समिति पनि बनाइसकेको छ भने अर्कोतर्फ अख्तियारले पनि कागजात लिएर छानविन गरिरहेको छ ।


समितिले बुझाएको प्रतिवेदनमा भ्रष्टाचार भएको, चार जना पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने प्रतिवेदन बुझायो तर कार्यान्वयन भने हुन सकेको छैन । कार्यान्वयन नभएपछि उनीहरुले कहिले शान्तिपूर्ण ¥याली निकाल्ने काम भयो भने कहिले नेपाल सरकारलाई ध्यानाकर्षण गराउन विभिन्न काम गरे ।
यति हुदा पनि उनीहरुको माग सुनुवाई नभएपछि आन्दोलरनत पक्षले कोभिड र आकस्मिक कक्षको काम बाहेक सबै काम छोडे । सेतो कोटमा विरामीको उपचार गर्नुपर्ने उनीहरुले बरु जोटिला व्यांग्यात्मक कविता प्रस्तुत गरे । उनीहरुले कवितामा प्रतिष्ठान भ्रष्टाचारको अखडा, गुणस्तरीय उपकरण नभएको साथै स्वास्थ्य क्षेत्रमा सर्वसाधारणले भोग्नुपरेका पीडाका विषयमा कविता प्रस्तुत गरे ।
आन्दोलनको निकास नभएपछि आफूहरु चरणवद्ध आन्दोलनमा उत्रनुपरेको आन्दोलरतपक्षको भनाई छ । उनीहरुले पदाधिकारीको मनोमालिन्य अझै नहटेको, छानविन समितिले दिएको प्रतिवदेनको सुनुवाई नभएको, प्रतिष्ठानमा झन झन वेथिति मौलाएको आरोप संघर्ष समितिका संयोजक डा. एसपी रिजालले बताए ।
प्रतिष्ठानमा बेथिती बढेको, आर्थिक अनियमितता एवं भ्रष्टचार बढेको भन्दै चिकित्सक, विद्यार्थी, कर्मचारीहरु विगत दुई महिनादेखि आन्दोलनरत छन् ।
आन्दोलनले निकास नपाउदा प्रतिष्ठान नै लथालिंग हुन पुगेको छ भने सर्वसाधारणले समेत गुणस्तरीय उपकरणको अभावमा राम्रो उपचार पाउन सकेका छैनन् । यसतर्फ सम्बन्धित पक्ष गम्भीर भएको पनि पाइदैन ।

तपाईको प्रतिक्रिया