बन्दको विकल्पमा कोरोना परीक्षण

धरान÷बन्दको विकल्पमा धरान उपमहानगरपालिकाले कोरोना परीक्षणलाई प्राथमिकतामा राखेर काम शुरु गरेको छ । बन्दको सर्वत्र विरोध भएपछि उपमहानगरपालिकाले एन्टिजेन परीक्षणलाई तिब्रता दिएको छ ।
कोरोना संक्रमण न्यूनिकरण गर्ने महाअभियान स्वरुप सोमबारबाट एन्टिजेन परीक्षण शु गरेको हो । भदौ ४ देखि १४ गतेसम्म बन्दको घोषणा गरेको धरान उपमहानगरपालिका बन्द गर्ने निर्णयको चौतर्फी विरोध भएपछि अन्तत ः संक्रमण न्यूनिकरणको अर्को विकल्प खोज्दै एन्टिेजन परीक्षणलाई प्राथमिकतामा राखेर सोमबारदेखि परीक्षण नै शुरु गरेको छ ।
दशै तथा तिहारजस्ता चाडपर्व नजिकिदै जाँदा कोरोना जोखिम न्यूनिकरणको उपाय खोजिनुपर्नेमा विगतकै बर्ष जस्तो सबै क्षेत्र बन्द गरेर व्यवसायीहरुलाई विस्थापित गराउन खोजेको भन्दै यातायात व्यवसायी, यातायात मजदुर, ज्यालादारी मजदुर, व्यापारी व्यवसायीहरु बन्द नगर्ने अडानमा रहे पनि उपहानगरपालिकाले बन्द गर्ने निर्णयबाट पछि हटेर बन्द फिर्ता लिएको थियो ।
भदौ १ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख उमेशकुमार ढकालको उपस्थितिमा धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि, यातायात व्यवसायी, मजदुरका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिको छलफलले चेनव्रेक गर्न दश दिन बन्द गर्ने निर्णय गरेको थियो ।


छलफलमा रहेका व्यापारी व्यवसायी तथा यातायात व्यवसायी, मजदुरहरुले बन्दको विकल्प खोज्नुपर्ने बन्द गर्नु हुदैन भन्ने अडान राखे तापनि अन्तत ः भदौ २ गतेको कार्यपालिकाको बोर्डबाट बन्द गर्ने निर्णय सहितको पत्र जिल्ला प्रशासन कार्यालयलाई दिएपछि भने ‘अव्यवस्थित लकडाउनका विरुद्धको अभियान’ को व्यानर बोकेर भानुचैकमै खुल्ला विरोध जनाएका थिए । धरानमा समुदायस्तरबाटै कोरोना संक्रमणलाई न्यूनिकरण गर्ने उद्देश्यले धरान उपमहागनरपालिकाले कोरोना परीक्षणलाई प्राथमिकतामा राखेको हो ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले कोरोना संक्रमण जति जति बढ्दै गएको छ त्यति त्यति मृत्यु दर पनि बढ्दै गएकोले एन्टिजेन परीक्षणलाई महाअयिभानको रुपमा अगाडी बढाउदै परीक्षणलाई तिब्रता बनाउन थालिएको बताउनुभयो । उहाँले भने सोमबारदेखि नै यो अभियानशुरु गरिसकेको र आइतबार सबै वडामा रहेका स्वास्थ्य शाखाका दुई÷दुई जनालाइ तालिम समेत दिइसकेको जानकारी दिनुभयो ।
मेहताका अनुसार धरानको २० वटा वडामध्ये १२ वटा वडामा उपमहानगर अन्तर्गतको स्वास्थ्य संस्थाहरु रहेको स्वास्थ्यकर्मीमध्ये एक वडाको दुई जनाको दरले तालिममा सहभागी गराएको जानकारी दिनुभयो । उहाका अनुसार आइतबार, मंगलबार र बिहिबार सभागृहमा पिसिआर परिक्षण हुनेछ भने सोमबार, बुधबार र शुक्रबार रेड जोन एरिया पहिचान गरेर टोल टोलमा पिसिआर परिक्षण गरिने भएको छ ।

तपाईको प्रतिक्रिया