अब कोदो माइसिन
नमच्चिने पिङको सय झड्का भन्छन् हो कि क्या हो ? अब हेरम न पर्देश नं. १ का मुखमन्तरी शेरधन माने शेरुलाई गिर्नबाट जोगाउन साथ दिँदै आएकाहरु यतिबेला धमाधम मन्तरी हुन थाल्या छन् । तिन्का भाग्य रातारात चम्कन थाल्या छन् । शेरुले पनि आफूलाई साथ दिनेहरुको गुन विर्सेका रैनछन् । अस्तिका दिन तिन्ले गोडातीनेकलाई मन्तरी बनाइदिए । त्यसमध्ये एउटी थिइन् उषाकला राई । विचरी एकाएक सामाजिक विकास मन्तरी भएकी छन् । मन्तरी भएसी’ केही राम्रो कुराको घोषणा त गर्नैप¥यो । उन्ले पनि त्यसै गरिन् । तर अरुले गर्ने घोषणा र तिन्ले गर्ने घोषनामा गहिरो खाडल देखियो । अरुले बाह्रसत्ताइस गफ चुटेर ह्या गर्छु त्यहाँ गर्छु भनेर लम्बेदानको भाषण ठोक्छन् । तर उषाकलाले ज्यान गए नि त्यसो
गरिनन् । उन्ले विदेशी रक्सी विस्थापित गर्ने घोषना गरिन् । विदेशी रक्सीको सट्टामा कोदो माइसिनलाई स्थापित गर्ने संकल्प गरिन् । धेरै खोया खोया भनेर सबैले कादो माइसिनलाई हेप्ने गर्थे अब कसरी हेप्छन् हेरुम त ? यत्रतत्र जताततै कोदो माइसिनको राज भएपछि विदेशी रक्सीको फुइँ लगाउनेहरु अब के गर्लान् ? खाए त्यही खोया विर्को कोदो माइसिन । अरुको त बाल सम्भावना पनि छैन ।
झाक्रीको ढ्यांग्रोले काम गरेन
फुकफाक गरेर सत्ताबाट खप्रओको भूत पन्छाउन सडकमा बसेर चिन्ता बसेकी झाक्रीको टुनामुनाले केही लछारपाटो लगाएन । वैध र डाक्टरले त लछारपाटो लगाउन नसकेको काममा झाक्री माने रामुकमारीले माखो मार्ने कुरामा खप्रओ बा’लाई विश्वासै थिएन । भाक्रीका कुनैपनि टुनामुनाको खप्रओको बालसम्म उखेल्न सकेन । यतिबेला जन्त गएजस्तै सडक छापेहरु आ–आफ्नो घर फर्कन थाल्या छन् । टुनामुना गर्ने झाँक्रीको पो बेहाल हुने भयो । पेरिस डाँडातिर जाम भने कसैले घाँस नहाल्ने बल्खुतिर जाम भने थाक थाक र थुक थुकमा परिने । क्या फसाद † आफनो टुनामुना र ढ्रयांग्रोले काम गर्र्दन भने जान्दाजान्दै हिजो सडकमा बसेर मच्ची मच्ची जोखना किन हेर्नु प¥या थियो । लहै परमेश्वरी नारद झाक्रीको रक्षे गरे ।
बर्बाद भए रे
हिजोआज प्रचण्डाउ बडो भावुक भएर गीत गाउन थाल्या छन् । नगाऊन् पनि किन न टेक्ने ठाउँ छ न समाउने लौरो । मेरा बाजेले घ्यु खाएका थिए हात सुँघ सुँघ भन्ने दिन पनि गए । आफ्नाले एकपछि अर्को गर्दै छोडेर हिँडेपछि पेरिस डाँडातिर एक्लै टोलाउन थाल्या प्रचण्डाउले अब गीत नगाएर के गरुन ? वहुलाएर हिड्न भएन ? झालेमालेमा छिरुमला, दुई चार जना लोभीपापीहरुलाई हातमा लिम्ला त्यसपछि मोज गरुँम्ला भनेर देख्या सपना सबै चकनाचुर भएसी उन्ले गीत गाउनै प¥यो । अस्तिका दिन आफ्ना दुई चार जना नन्दीभृंगीका अगाडि उन्ले म बर्बाद भए । खप्रओसँग जोरी खोज्दा सडकमा मुन्टिन पुगेँ भनेर गीत गाएरै सुनाएछन् । खप्रओलाई तिन्ले चानचुने मनुवा ठान्या रै’छन् । एकै झड्कामा सडकमा पुगेर पछारिएपछि प्रचण्डाउ झल्याँस्स भएर व्युँतिएका छन् । त्यसैले त कहिले जंगल पस्छु भनेर गीत गाउँछन्, कहिले दुई चार बष हराउँछु भन्छन् । एकैचोटी ठूलो भाग खोज्दा विचाराको बेहाल भयो ।
माकुने र रावल धमिरा रे
पर्धानमन्तरीका सल्लाहकार सुरज थापाले भन्या माकुन्याउ र दुर्योधनको जस्तो बुद्धि भएका नाम मात्रको भीम रावल धमिरा हुन् रे । अब सुरज थापाले भनेसी त पत्याउनै प¥यो । अलिकति छुद्र छुद्र खालका सुरज थापाले त्यसै बोल्या त हैनन् ? अब हेरम न गोडातीनेक बर्ष अगाडि घरमा छिरेका पाहुनासँग लसपस गरेर माकुने र रावलले एमालेको जरा उधिन्नुसम्म उधिने । कहिले पूर्व दौडिए, कहिले पश्चिम दौडिए । हुन त तिनको दौडने क्रम त रोकिएको छैन । धन्न पर्धानमन्तरी खप्रओले उधिनेको जरामा पानी हाल्दै गए । धमिरा नभए जरै चैट बनाउने काम त गर्दैनन् थिए । अहिले दुवै धमिरालाई फेरि कहिल्यै एमालेमा फर्किन नसक्ने गरी भित्तैमा पु¥याएर छोडने योजना बताइदैछ । अब के गलान् माकुन्याउ र रावल काजीले ?
दुई अर्बको स्रोत खुलेन रे
चार चार पटक–पाँच पाँच पटक पर्धानमन्री भइसक्या नेप्लिज लाँग्रेसका बुढानिलकण्ठे मुखिया आच्या स्यालबहादुरकी जोइको दुई अर्ब सम्पत्तिको स्रोत खुलेको छैन भने यतिबेला बजार हल्ला छ कस्ता असतीहरु † कसैले आफ्नो सम्पत्तिको स्रोत खुलाई खुलाई राख्छ ? विदेशीहरुले दाइजो दिएको हुन्छ ,एनजिओ आइएनजिोले बक्सिस दिएका हुन्छन् । बडे घरको वडे चाला भन्ने थाहा छैन । त्यसमाथि त्यत्रा पटक पर्धानमन्तरी भएका खसम । यसो दायाँ बायाँ त भैजान्छ । नियुक्ति र बढुवामा बिफकेस बोकेर लिई दिनु कि लिइदिनु भन्दै पुग्छन् । त्यसरी ल्याएर दिँदा नलिँदा लक्ष्मीको अपमान हुने, लिनै प¥यो । कसैले ल्याएर दिएपछि नलिँदा उसको चित्त दुखाउनु पनि भएन । त्यत्रो वाइडवडीबाट पनि झरेकै हो, न्यारो बडीबाट पनि
झरेकै हो । कसैले आफै बोकी बोकी ल्याएर दिँदा विचरी आरजुले राखिदिइन् । अब आरजुको दुई अबको सम्पत्तिको स्रोत खुल्या छैन भनेर ढ्यांग्रो ठोकेर फुइøयाँ हुन्छ ? कि कसो हौ ?
कम्फोर्टेबल पार्टीको अध्यक्षेमा लफडा
प्रचण्डाउले घोषना ग¥या नेपाल कम्फर्टेबल पार्टीका अध्येक्षेमा पनि लफडा होला जस्तो पो देखियो । माकुन्याउ, भीम रावल, झल्ला झलु, अर्की एक झाक्रिनी, आयाराम गयाराम भट्टराई कसले अब हुल बाँधेर पेरिस डाँडातिर बसाई सर्लान जस्तो छ । एउटा पार्टीमा दुईवटा अध्येक्षे हुँदा व्यहोर्नुपरेको भुक्त हैरानी सम्झदा नि प्रचण्डाउको टाउको मथिंगलले काम गर्दैन । अब माकुन्याउ पनि अध्येक्षे बन्ने ताकमा छन् । दुईटा पाइलटले एकै पटक जहाज चलाउँदा नेकपा बोइङ्ग दुर्घटनामा प¥यो । अब प्रचण्डाउ कन्फर्टेवल पार्टीको अध्येक्षे अरुलाई दिने मनस्थितिमै छैनन् । विचरा माकुन्याउको पो दुदर्शना हुने भयो । न एमालेमा अटाउने भए न कन्फर्टेल पार्टीले हुल्न भयो । परायाको हित्तचित्त नबुझी लाग्दा यस्तो हो कि कसा हौ ?
माकुन्याउको राडे रुवाई
सर्वोच्च अदालतले घोक्राएर एमालेतिरै पठाइदिए पनि खप्रओ बाले एमालेको ढोकामा ताला लगाइ दिएसी माकुन्याउ वल्लो छेउ न पल्लो
किनारका भएका छन् । विचरा पुतली जुंगे माकुने घरी जस्केलाबाट एमाले भित्र र्छिन खोज्छन्, घरी झ्यालबाट छिर्न खोज्छन् तर छिर्र्ने ठाउँ नपाएर लखतरान भएर थच्चिएका छन् । अस्तिका दिन उनले राम्रैसँग मनको वह पोखे । के गर्नु अघि राँण मानिन, पछि राँणले जानिन, बाघ लाग्यो घिच्याउन राँण लागि चिच्याउन भन्या यही हो । बेलैमा बुद्धि पु¥याएको भए अहिले डाको छोडेर ह्वाँ कि ह्वाा
गरेर बलिन्द्र धारा आँशु झार्नुपर्नेै त थिएन । बखतमा बुद्धिले काम नगर्दा विचराले ठलो भुर्न हत्ते खेप्नु प¥या
छ । बुँचे बाजेले गर्न पनि अस्ति नै ग¥या थे । खप्रओका विरुद्धमा सडकमा कम्ता फलाकेका थिएनन् । अब अहिले रोइ कराई गरेर के गर्नु ? आँची गरिसक्यो अनि दैलो देख्यो भन्या यही हो ।
अन्तेमा
साँढेको राजकानी (मन सत्तामा जाम्ला) झला र खाम्ला भनेर
वाल्टारतिर आँखा झिम्कि नपारी हेरेर बसेका मधेशवादी दलहरु यसपटक नराम्ररी जिल्लिएका छन् । हिस्सा बूढी हरिया दाँत भन्या यही हो । अरुको घर झगडामा पसेर सो मेलोमेसो मिलाउने ध्याउन्नमा विचराहरु धोति उचालेर म्याराथुन दौडमा लाग्या
थिए । सत्ता पाउने भएसी आफ्नै जातभाइसँगको सम्बन्ध तोड्नु मधेशवादी दलका लागि कुनै नौलो कुरा होइन । साकै लागि पहिला पहिला पनि धोती च्याताच्यात गरेकै हुन् । उपिन्द्र जादव र आयाराम गयाराम भडुवा बाउराम प्रचण्डाउको कन्दनी समाएर हिड्ने ताकमा छन् भने
राजिन्दर महतो र मनन्त ठाकुर खप्रओको पुच्छर नछोड्ने निर्णयमा पुग्या छन् । दुवैले राजकानीको स्वाद साह«ै पाउलान् जस्तो छाँट छैन । हेरम तिनका खप्पराँ के लख्या छ ।
