इटहरी÷कोभिड १९ महामारीका समय राज्यले गरेको लकडाउनका कारण थिलथिलो बनेको व्यपार व्यवसाय हालसम्म पूर्ववत अवस्थामा फर्कन नसकेपनि विस्तारै बढ्दै गएको उपभोक्ताको चहलपहलले व्यवसायीहरु उत्साहित नभएपनि आशातीत हुन थालेका छन् ।
उपभोक्ताहरु बीचमा पूर्वाञ्चलकै ब्राण्डको रुपमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला उल्लेख्य चहलपहल बढेको स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य स्वीकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ पूर्ववत अवस्थामा व्यवसायले गति लिएको त छैन् तर आशा भने जगाएको छ । लकडाउन हँटेसँगै विस्तारै ग्राहकहरुको भीड बढेको छ । हामीले उपभोक्ताको हितलाई ध्यानमा राखेर सेनिटाइजरिङ्गदेखि स्वास्थ्यका सबै मापदण्ड अपनाएका छौं । उहाँ भन्नुहुन्छ स्वास्थ्यको मापदण्डलाई पूर्ण पालना गर्दे खास गरेर यतिबेला स्थानीय ग्राहकसँगै बाहिरी जिल्लाहरुबाट समेत ग्राहकहरु आवश्यकता अनुसारका सामान खरिदमा सक्रिय हुन थालेपछि व्यवसायले विस्तारै गति लिने आचार्यले विश्वास व्यक्त गर्नुभयो । खास गरेर ग्रोसरी आइटमलाइ नै उपभोक्ताहरुले पहिलो प्राथमिकतामा राखेको देखिन्छ, आचार्यले भन्नुभयो । यसका अलावा ब्राण्डेड इलेक्ट्रोनिक्स आइटम, स्वदेश तथा विदेशमा तयार पारिएका ब्राण्डेड हल्का र टिकाउ जुत्ता चप्पल, सर्टिङ्ग सुटिङ्ग, गिÏट आइटम, हल्का आकर्षक गुणस्तरीय रेडिमेट कपडा, स्वदेशी तथा विदेशी ब्राण्डका साडीहरु, सफ्ट तथा हार्ड पेय पदार्थ, बेकरी आइटम, गोरखा डेरी उद्योगबाट उत्पादित शुद्ध घ्यूबाट बनेका विभिन्न प्रकारका स्वादिष्ट मिठाइहरु, फलफूल, अर्गानिक सागसब्जीमा ग्राहकहरुको पूर्ववत रुपमै भीड बढ्न थालेको प्रबन्ध निर्देशक आचार्यले बताउनभयो ।
वहु कृषि फारम सञ्चालन

गोरखा डिपार्टमेन्ट स्टोरले अरुका उत्पादनको बिक्री वितरण मात्र नगरेर आफ्ना उत्पादनहरु समेत बजारमा ल्याएको छ । दूध, बेकरी, पानीसँगै उसले वहु कृषि फर्म समेत सञ्चालन गरिरहेको छ ।
इटहरी नगरपालिका वडा नं. १७ एकम्बामा स्टोरले केही बर्ष यता वहु कृषि फर्म समेत सञ्चालन गर्दै आएको छ । गोेरखा डेरी उद्योगसँगै माछा पालन, बाख्रा पालन, हाँस पालन,बगुर पालन, कुखुरा पालनसमेत गर्दै आएको छ । भारतको जमुनापारीबाट ल्याइएका उन्नत जातको बाख्रा र बोयर जातका बोकाबाट पाठापाठी उत्पादन गर्दै आएको छ । ८० हजारमा खरिद गरेर ल्याएका बोयर जातको बोकाबाट उत्पादन भएका पाठापाठीको स्थानीय
स्तरमा मात्र नभएर बाहिरबाट समेत ठूलो माग आउन थालेको स्टोरका प्रबन्धक निर्देशक आचार्यले बताउनुभयो । एउटा बोयर जातको खसीबाट दुई सय केजी देखि ३ सय केजी सम्म मासु उत्पादन हुने भएपछि पाठापाठीका लागि अग्रिम बुक हुन थालेको पनि उहाँले सुनाउनुभयो ।
यसैगरी विभिन्न प्रकारका माछाहरु, हाँस, बंगुरको माग पनि यतिबेला उच्च रहेको छ । स्थानीय स्तरमा भन्दा पनि काठमाण्डौ लगायतका मुख्य सहरबाट यसको माग उच्च रहेको पनि उहाँले सुनाउनुभयो ।
दूधसँगै प्रागरिक मलको उत्पादन शुरु
झण्डै दुई सय भन्दा बढी उन्नत जातका गाईबाट स्टोरले दैनिक १५ सय देखि २ हजार लिटर दूध उत्पादन गर्दै आएको छ ।
सुद्ध र मिसावटरहित दूधका लागि गोरखा गल्लीमा दैनिक विहान चारबजेदेखि ८ बजेसम्म सैयौ स्थानीय उपभोक्ताहरुको भीड लाग्ने गरेको छ । स्टोरले आफना अन्य शाखाहरु मोरङको विराटचौक, पथरी, दमकमा समेत आफ्नै उपादनको दूध विक्री वितरण गर्दै आएको छ । यसका अलावा गाई भैसीको गोवरबाट कम्पोष्ट मल समेत उत्पादन शुरु भएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो भारतबाट किनेर ल्याएको ‘डायर’ मेशिनमा काँचो गोबर
हालिन्छ । मेसिनले काँचो गोवरलाई ८०–८५ प्रतिशत सुकाइदिन्छ । त्यसपछि त्यसलाई फर्मलटेशन
गरेपछि ४० दिनमा कम्पोष्ट मल तयार हुन्छ । ड्राई गरेर निस्किएको झोल मल विरुका लागि अझ इफेक्टिव भएका पाइयो आचार्यले भन्नुभयो । किसानहरुलाई झोल मल लैजान अप्ठेरो पर्दैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो पर्दैन । हामीले १५ लिटरको प्लाष्टिक्सको जारमा त्यसलाइ
राखेर विक्री वितरण गर्दै आएका छौं । झोल मलले विरुवा सात दिनमै हरियो बनाएको पाइएपछि यतिबेला कम्पोस्ट मल भन्दा पनि झोल मलप्रति कृषकहरु आकर्षित हुन थालेका छन् । कम्पोस्ट मल दैनिक कति उत्पादन हुन्छ त भन्ने सवालमा आचार्यले भन्नुभयो दैनिक २५ देखि ३० बोरा उत्पादन भइरहेको छ ।
भोजपुरमा कागती लगाउन त्यहाँका कृषकहरुले तीन लाख रुपैयाको खरिद गरेर लगेको, खोटाङ्गमा ४ लाखको लगेको सुनाउदै इलामबाट धेरै परिणामको माग आएको पनि सुनाउनुभयो ।
गोरखा होटल फूल फेसमा सञ्चालन

नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई लक्षित गरी ४२ करोडको लागतमा सञ्चालनमा आएको गोरखा होटल कोभिड १९ पछिको लकडाउनले झण्डै आठ महिना सञ्चालनमा आउनै सकेन ।
गत असोजदेखि लकडाउन हटँेसँगै विस्तारै सञ्चालनमा आएको होटल यतिबेला पूmल फेजमा सञ्चालन भएको गोखा होटलका महानिर्देशक नितेष पोख्रेलले बताउनुभयो । पाँचतारे होटलमा प्राप्त सेवा सुविधा
रहेको होटलले गति लिएको स्टोरका प्रबन्ध निर्देशक आचार्यले पनि बताउनुभयो । उहाँले भन्नुभयो पाँचतारे होटलमा लामो समयसम्म काम गरिसकेका कुक, वेटरहरुको सेवा रहेको होटलमा विभिन्न माध्यमबाट अग्रिम कोठाको बुक हुने गरेको छ । खास गरेर काठमाण्डौका व्यवसायी, बुटवल, नेपालगञ्ज, भैरहवाका अलावा भारतको सिक्कम, दार्जीलिङ्ग, सिलीगुढी, आसाम सम्मका पाहनाहरु आउने गरेको उहाँले बताउनुभयो ।
किचेनको बसाइको मज्जा नै बेग्लै

पूर्वाञ्चलबासीका लागि मात्र हैन नेपालसँग सीमाना जोडिएको भारतीय नागरिकदेखि टाढा–टाढाका भारतीयहरुका लागि समेत गोरखा डिपार्टमेन्ट स्टोर अत्यन्तै विश्वासिलो ब्राण्ड बनिसकेको छ ।
जेष्ठ ६ गतेदेखि गोरखाले आफ्नो चौथो शाखा दमकबाट सञ्चालनमा ल्याएपछि गोरखाका ग्राहकहरुले सहजता महसुस गरेका छन् । दार्जिलिङ्गबाट स–परिवार नेपाल घुम्न आएका दिपेन तामाङ्ग सोमबार झापाको दमकस्थित चौथो तलामा रहेको गोरखा किचनमा भेटिए । वातानुकुलित एसी जडान भएको किचेनमा उनी आÏना स–परिवारका साथ अनेकौ प्रकारका भेराइटीहरुको स्वाद लिइरहेका थिए । उनीमात्र हैन सिक्किमबाट आफन्त भेट्न परिवारसहित आएका रमेश शर्मा समेत एसी र बाहिरी दृश्यको आनन्द लिँदै परिकारहरु खाँदै थिए ।
गोरखा डिपाटमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, दमकस्थित डिपार्टमेन्ट स्टोरले छोटो अवधिम पूर्र्वीली ग्राहकहरुको मन जित्न सफल भएको छ । किचेनमा मात्र ग्राहकहरुको भीड हुने हैन अन्यत्र अर्थात ग्रोसरी, इलेक्ट्रोनिक्स,लत्ता कपडा, बेकरीमा समेत ग्राहकहरुको विहानैदेखि भीडभाड शुरु हुन्छ । स्टोरको चौथो शाखाको रुपमा दुई महिना अगाडि यसको शुभारम्भ हुँदा हामीले त्यति धेरै अपेक्षा गरेका थिएनौं । दुई चार महिनापछि यसले आफ्नो गति समात्ला भन्ने लागेको थियो । तर त्यस भन्दा अगावै ग्राहकहरुले असिम माया दर्शाउनु भएको छ । उहाँ भन्नुहुन्छ, यदाकदा हामीले ग्राहकलाई अब ढिलो भयो कृषि बाहिरीदिनु हुन्छ कि भनेर आग्रह समेत गर्नुपरेको छ । विहान ८ः३० बजेबाट शुरु हुने डिपार्टमेन्ट स्टेरको दैनिकी बुलुका ८ बजेसम्म चल्छ । म्यानेजर गौतम भन्नुहुन्छ, ग्राहकहरु राति ८ बजेपछि पनि त्यतिकै किनमेल र किचेनमा बस्ने गरेपछि हामीले आग्रह नै गर्नुपर्न अवस्था आउँछ ।
दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हाल ४ लाख ५० हजार प्रकारका सामान उपलब्ध छन् । दैनिक उपभोग्य सामानदेखि लक्जरियस समानहरु समेत स्टोरमा उपलब्ध छन् । स्वदेशी तथा विदेशी ब्राण्डका समानहरु सबै एकै थलोमा पाइने भएपछि ग्राहकले आफूलाई चाहिएको सामान खोज्न चारचौरास भैतारिनु नपर्ने, हरेक बस्तुको फिक्स मूल्य भएकोले बार्गेनिङ्गको झन्झट नहुने कम्प्युटरराइज बिलिङ्ग सिस्टम, अत्यन्तै सफा आदिका कारण ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरको चौथो शाखामा आकर्षित भएको म्यानेजर गौतमको बुझाइ छ ।
ग्राउण्ड फ्लोर र गोरखा गल्लीमा पनि उस्तै
गोरखा डिपार्टमेन्ट स्टोरको ग्राउन्ड फ्लोर र अन्डर ग्राउन्डमा खास गरेर गृहणीहरुको भीड लाग्ने गरेको छ । अन्डरग्राउन्डमा ताजा सागसब्जी जो कोही गृहणी पनि एकपटक लोभिन्छन् । अन्डर ग्राउन्डमा पाइने साग सब्जी, वेसिनजनका तकारीहरु जुन गोरखाले आर्गनिक ढंगले आफै उत्पादन गरेको हो । सुद्ध गाइभैसीको गोवर मलबाट उत्पादन भएका सागसब्जी किन्न धरान, विराटनगरबाट समेत उपभोक्ता पुग्ने गरेको गोरखाले जनाएको छ । त्यहाँ दर्जनभन्दा बढी प्रकारका सागसब्जी राखिएका छन् । ग्राउन्ड Ïलोरको उत्तरपट्टि रहेको बेकरी पसल सातैदिन खुल्ला रहन्छ । आÏनै गाइगोठबाट उत्पादित दूध, घ्यूबाट बनाइएका अत्यन्तै स्वादिष्ट मिठाई, बेकरीहरुका लागि राति अवेरसम्म ग्राहकको भीड लाग्छ । यसैगरी गोरखा गल्लीमा पाइने फलफूल, Ïलोर ग्राउन्डमै पाइने खाद्यान्न, फ्रोजन आइटमका माछा मासुमा समेत ग्राहकहरु झुम्मिने गरेका छन् ।
