सहिद दिवश

धरान/बिगतका बर्षहरुझैं यसपटक पनि सहिद दिवशमा शहिदकै नाममा सत्ताको रसास्वादन लिदै गरेका, लिइ सकेका र लिनका लागि सडक निर्लज्जता पुर्बक नाटक मंचन गर्नेहरुको कमि देखिएन।
नेपालको राजनितिमा पुस्तान्तरण हुन नसकेको राजनैतिक दलका डेडस्पायर नेतृत्वकै बर्चस्व तथा हालिमुहाली रहनु र तिनैको झोला बोक्ने मानसिकताबाट ग्रस्त अहिलेका युवा पुस्ता नेतृत्व खोसेर लिने ल्याकतमा देखिदैनन।डेटएस्पायरलाइ सत्ता चाहिएको छ भने नयांलाइ कमाउ मानसिकताले गाजेको छ जसका कारण सहिद दिवश ओझेलमा पर्दै गएको हो भन्दा अतियुक्त्ती नहोला।
बिस १९९७ साल माघ १० गते देखि १६ गतेसम्म सहिद दिवश मनाउने निर्णय बीस २०१२ सालमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले मन्त्रीपरिषदबाट गरेका हुन। प्रजातन्त्रका लागि आंफुलाइ आहुती दिने चार अमर शहीदले हांसि हांसी मृत्युु वर्ण गरेका थिए।पंचायतकालमा पनि धेरैले प्रणको आहुती दिए।वास्तविक सहिद ती दुई कालखन्डका हुन।तर आज शहीद शब्दकै अपमानहुने गरि कुनै राजनैतिक पार्टिमा आबद्व भएको ब्यक्ती चाहे त्यो भिरबाट लदेर मरेको होस,मदिरा पिएर सिद्विएको होस,सडक दुर्घटनामा ज्यान फालेको होस,डाका गर्ने,चोरी गर्ने सबैलाइ शहीदको पगरी गुथाएर १० लख दिइएको छ।
यो दुर्भाग्य पुर्ण अवस्था हो।सबैलाइ एउटै डालोमा हालेर शहीदको उपमा दिंदा सहिद प्रतिनै अपमान भएको छ।भबितब्यबाट मरेका,बलत्कारिहरु पनि सडकको भिडबाट सहिद घोषित भएका छन।यो दुर्भाग्यपुर्ण अवस्था हो।१० लाखे शहीदले वास्तविक शहीदको घोर अवमुल्यन गरेको छ,अपमान गरेको छ।
खास गरेर २०६२/६३ को आन्दोलन पछि शहीदको संख्या ह्वात्तै बढेको छ।राजतैनिक आस्था र दलिय स्वार्थले नक्कली शहीदहरु सक्कलिकै स्तरमा अभिलेखमा चढेका छन।अरुको परिवार सिध्याउने कार्वाहिमा मारिंदा सहिद भएका छन तर सिद्विएका परिवार प्रती कसैको दृष्टि आजसम्म पुग्न सकेको छैन।उदाहरण खोज्न टाढा जानू पर्दैन काठमाडौ ल्को वीर अस्पतालमा छोराका हत्यारालाइ कार्वाहिको माग गर्दै लामो समयदेखी अनसनमा बसेकी गंगामाया अधिकारिलाइ हेरे पुग्छ।न्याय माग्दा माग्दै उनका पति नन्द प्रसादले प्राण त्यागे।ब्यावस्था परिवर्तनका लागी मात्र मरेका वा मारिएका सहिद हुंदैनन।बास्तवमा राज्यबाट न्याय नपाएर आन्दोलन गरेर मृत्यु बरण गरेका पनि सहिद हुन।यसतर्फ न राज्यले कहिल्यै सोच्यो न एनजिओ,आइएनजिओको डलरे खेती गर्ने कथित मानव अधिकारवादिले आवाज उठाए।
जे होस आज सहिद दिवश शहीदका सपनाको बखान गरेर टाटो मार्ने राजनैतिक दल,सरकार डलरे संघसंस्थाहरुले औपचारिकता निभाउनु भन्दा ती ज्ञात अज्ञात आत्मालाइ सम्झेर काम गरून्।

तपाईको प्रतिक्रिया