मोदी र ओलीबीच टेलिफोन वार्ता

धरान÷लामो संवादहीनतापछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचमा शनिवार टेलिफोन वार्ता भएको छ ।
खासगरी कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद र त्यस पश्चात नेपालले ती भूभाग समेटेर नयाँ नक्सा जारी गर्दे निशान छापमा संसदबाट अनुमोदन गराएपछि दुवै देशका सरकार प्रमुख बीचमा सम्वादहीनताको अवस्था सिर्जना भएको थियो ।
नेपालका कुटनीतिज्ञहरुले सदियौदेखि प्रगाढ सम्बन्ध रहेको, नेपालको विकासका पूर्वाधारमा ससांरकै सबैभन्दा ठूलो सहयोगी मुलुक, साँस्कृतिक तथा धार्मिक समानता भएको, नेपालको सबैभन्दा निकटको छिमेकी मुलुक भारतसँगको सम्वादहीनतालाई लामो समय कायम राख्न नहुने र वार्ताको पहल गर्न नेपाल सरकारलाई सुझाव दिदँै आएका थिए । कुटनैतिक वृत्त र विद्वत वर्गबाट आएको सुझावलाई मनन् गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले
भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय स्वतन्त्रता दिवको अवसरमा भारत सरकार, भारतीय जनतालाई शुभकामना दिनुहँुदै भारतको उत्तरोउत्तर प्रगतिको कामनासमेत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले विश्वव्यापी सक्रमणको रुपमा फैलिएको कोभिड १९ को प्रभाव दुवै देशमा रहेको र त्यसको दुवै देश मिलेर सामना गर्न आफू तयार रहेको समेत टेलिफोन वार्तामा बताउनु भएको थियो । प्रत्युत्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया