नेपाल भारतबीच भच्र्युअल संयुक्त अनुगमन संयन्त्रको वैठक सम्पन्न

राजधानी÷नेपाल र भारतबीचमा भाद्र १ गते सोमबार भच्र्युअल संयुक्त अनुगमन संयन्त्रको बैठक सम्पन्न भएको छ ।
लामो समयदेखि दुई देशबीचमा सम्वादहीनताको अवस्थालाई चिर्दै सोमबार पहिलो भच्र्युअल बैठकले औपचारिकता पाएको हो । भच्र्युअल बैठकमा वि.सं. २०७२ साल यता भारतीय सहयोग र सहकार्यमा सञ्चालित दर्जनौ परियोजनाहरुको प्रगतिका बारेमा विस्तृत छलफल भएको भारतीय राजदूतावास काठमाण्डौबाट  जारी विज्ञप्तीमा जनाइएको छ ।
बैठकमा नेपालका तर्फबाट वार्ताको नेतृत्व परराष्ट्र मन्त्रालयका प्रवक्ता शंकरदाश वैरागीले गर्नुभएको थियो भने भारतीय पक्षको तर्फबाट वार्ताको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गर्नुभएको थियो । वैठकपछि दुवैतर्फबाट विज्ञप्ती जारी गर्दै परियोजनाहरुलाई तीब्र रुपमा अगाडि बढाउने सहमति भएको जनाइएको छ । भच्र्युअल वार्तामा बस्नेहरुले सन् २०१७ पछि विभिन्न परियोजनाको विकास र पछिल्लो अवस्थाका बारेमा आफूलाई केन्द्रित गरेका थिए । यसभन्दा अगाडि संयुक्त अनुगमन समितिको सातौ वैठक सन् २०१९ जुलाई ८ मा भएको थियो । वि.सं. २०७२ सालको भूकम्पले सर्वाधिक क्षति पु¥याएको गोरखा र नुवाकोट जिल्लामा भारत सरकारले ५० हजार घर निर्माण गरिदिने वचन दिएकोमा हालसम्म ४६३०१ घर पुनर्निर्माण भएको, मोतिहारी अम्लेखगञ्ज क्रसबोर्डर पेट्रोलियम पाइप लाइन, विराटनगरको संयुक्त भन्सार चेकपोष्ट आदिका बारेमा व्यापक छलफल भएको थियो । यसका अलावा विश्वव्यापी महामारीका रुपमा संक्रमित कोरोना भाइरस (कोभिड १९) को विरुद्धमा लड्न भारत सरकारले उपलब्ध गराएको औषधि तथा अन्य चिकित्सकीय सामाग्रीका सम्बन्धमा समेत छलफल भएको र आगामी दिनमा थप सहयोग गर्न भारत तयार रहेको जनाइएको थियो ।

तपाईको प्रतिक्रिया