कोरोना संक्रमणले मृत्य भएमा शव वाहन तयारी अवस्थामा राखिने

धरान÷ संक्रमित विरामीको मृत्यु भएपछि शवलाई व्यवस्थापन गर्न शववाहन आवश्यक भए पनि शववाहन तयारी अवस्थामा नराखेकै कारण शवको व्यवस्थापन हुन सक्दैन । यसलाई मध्यनजर गरी धरानमा अहिले भने शव व्यवस्थापनका लागि ६ वटा शववाहन तयारी अवस्थामा राखिएको छ ।
भर्खरै मात्र मोरंका एक सक्रमित ब्यक्तिको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएपछि शववहानको अभावमा २४ घण्टासम्म शवप्रतिष्ठानमै रहयो । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लेवल थ्रि कोरोना अस्पताल भएका कारण गम्भीर प्रकृतिका विरामी यहा आउने गरेका छन् । गम्भीर विरामी उनको उपचारकै क्रममा मृत्यु भए पनि शव वाहन भएकै कारण शव लामोसम्म लैजान सकेन । लामो समय मृत्यु भएका व्यक्ति अस्पतालमा नै रहने सक्रमण फैलिने भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकप्रा.डा. गौरीशंंखर साहले विहीबार भएको सर्वदलीय वैठकमा कुरा उठाउनु भएको थियो । उहाले प्रतिष्ठान उपचारका लागि मात्र भएकोले मृत्यु भएकाहरुको व्यवस्थापनमा प्रदेश, स्थानीय सरकारसंगै प्रहरी प्रशासनलाई प्रोटोकल बनाएर शव व्यवस्थापन गर्न आग्रह गर्नुभएको थियो ।
सर्वपक्षीय छलफल पश्चात शुक्रबार बसेको अर्को सर्वदलीय छलफलमा
धरानमा ६ वटा शव वहानलाई आलोपालो सिस्टममा सञ्चालन गरिने भएको हो । प्रतिष्ठानमा लेवलथ्रि अस्पताल रहेको
कारण कोरना सक्रमण भई जटिल अवस्थाका विरामी कोभिड अस्पतालमा आउने भएकोले धरानमा शव वहानको व्यवस्था गर्नुपरेको नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले जानकारी दिनुभयो । रेडक्रसका केन्द्रीय सदस्य समेत रहनु भएका थापाले उपहानगरको पहलमा प्रदेश सरकार र जिल्ला विपत व्यवस्थापन समितिको समन्वयमा शव वहानको व्यवस्थापन गरिएको बताउनुभयो ।
उहाले अव प्रतिष्ठानमा कुनै सक्रमितको मृत्यु भएमा शव सम्वन्धित स्थानसम्म लान समस्या नहुने वताउनुभयो । उहाले
धरानका संक्रमितको मृत्यु भएका शवको व्यवस्थापन उपमहानगरले गर्ने र धरानवाहिरका संक्रमितको मृत्यु भएमा प्रदेश सरकाले त्यसको व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो । धरान वाहिरको शव पु¥्याएर आएपछि चालकले पाउने सेवा सुविधा तथा चालकलाई क्वारेन्टाइनको व्यवस्था प्रदेश सरकारले गर्ने उहाले बताउनुभयो । रेडक्रसले सक्रमितको उपचार लागि उपचारका लागि अस्पतालसम्म लान स्थानिय सरकाहरुको समन्वयमा एम्बुलेन्सहरु तयारी अवस्था राखेर सेवा दिदै आएको जानकारी दिनुभयो ।
विगतमा धरानमा संक्रमितलाई अस्पतालसम्म लैजान तयारी अवस्थामा एम्बुलेन्स राखिएको भए पनि व्यवस्थापन फितलो हुदा धेरै समस्या भएको थियो । शव वाहन तयारी अवस्थामा राखिए पनि विगतको जस्तो नियति नदोहो¥याउन प्रतिष्ठानका पदाधिकारीहरुले सरोकारवालाहरुसंग आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया