घण्टाघरबाट हेर्दा

कोरोना जन्तर
कोरोना भाइरसले सबैतिर आफ्नो उपस्थिति जनाउन थालेसी नेपालका कमाउनिस्टहरु कोरोनाबाट बच्न चाइनिज धामी झाक्रीले फुकफाक
गरेको जन्तर घाँटीमा झुण्डाएर हिड्न थालेको देखेसी घण्टाघरलाई उदेक लाग्न थालेको छ । पहिला पहिला देउता मान्दिनम, भूत पिसाच धामी झाक्री वाहियात हो भन्दै मन्दिर भत्काउने, पूजारीलाई भकुर्नु भकुरे, जनै चुँडाइदिए, टुप्पी गिडिदिए, धामी झाक्रीका करङ्ग खुस्काउने नेपालका कमाउनिस्टहरु
रातारात आध्यात्मिक पथमा हिड्न थालेसी आश्चर्य नमान्ने कुरै भएन । हिजो अर्काको जडौरी लगाएर हिडेका नेपालका कमाउनिस्टकहरु आज चिल्ला गाडी र आलिशान महलमा बस्ने भएका छन् । कोरोनाले आक्रमण ग¥यो भने अनेकौ प्रपञ्च गरेर आर्जन गरेको सम्पत्ति त्यसै प्रचण्डाउदेखि माकुने सम्मका नेताले गलामा कोरोना जन्तर झुड्यएका थिए । मेडइन चाइनिज जन्तरमाथि कत्रो विश्वास ? पर्धानमन्तरी खप्रओचाहिँ अरुले देख्लान कि भनेर बैठकमै उपस्थिति भएनछन् । कोरोना धपाउन लकाउन सकडाउनको कामै छैन । थपक्क चाइनिजसँग ६ सय ५० को जन्तर किन्यो घाँटीमा भि¥यो सिद्धियो ।
कपटी बाउराम
हैन नेपालमा राजनैतिक मूर्खहरुको प्रतिष्पर्धा गराउने हो भने त्यसबाट बाबुराम भट्टराई विभूषित हुने पक्का छ । मूर्ख मात्र होइन महामूर्खकै पदवी पाउथे होलान् । अब हेरम न यतिबेला शिक्षण संस्था, यातायात, नीजि अस्पतालहरु कोरोनाको त्रासले नेतादेखि जनता, व्यापारीदेखि उद्योगपति सबै डल्लो
परेका छन् । कोरोनाले सर्वत्र त्रास फैलाइदिएको छ । यस्तो आपत्तको बेला हाम्रा बाउराम कामीचाहिँ मौका यही हो सबै बोर्डिङ्ग स्कूल र निजी अस्पतालहरु सरकारीकरण गर्नुपर्छ भनेर बुुरुकबुरुक उफ्रिरहेका छन् । बाउराम नेता हुन कि भिलेन हँ ? नीजि बोर्डिङ्ग स्कूल र नीजि अस्पताल तिनका बाजेले दानमा दिएको हो ? कि सरकारले बनाइदिएको हो ? जीवनभरि दुःख गरेर आर्जेको सम्पत्तिमाथि बाउरामको गिद्धे आँखा किन प¥या होला ? दशबर्षसम्म तिनै बोर्डिङ्ग स्कुलाइ धम्क्याएर, बमले उडाएर, नीजि अस्पतालका सञ्चालकहरुलाई थर्काएर लुट्नु लुटे । अहिले हाड र छाला भएकालाई सरकारीकरण नै गर्नुपर्छ भनेर चिच्याउँछन् । बेमैसी ।
भुसुना अ“ठ्याउने अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खप्रओको सरकारले स्थानीय सम्पत्ति खोज्ने, व्यापारीको सम्पत्ति खोज्ने अधिकार समेत दिन लागेसी त्यसको सबैले धुवाँधार विरोध गरेछन् । विरोध गरेपछि संसदमा एैन नै छिरेन छ । सानालाई अँठ्याएर दुर्नाम भएको अख्तियारलाई किन त्यतिविधि अधिकार दिनुप¥यो ? बाघलाइ छाडेर झिँगा टिप्दै हिड्ने अख्तियार बरु ढिसमिस गर्दिए हुने । आजसम्म एउटै गतिला
भ्रष्टाचारीलाई अख्यिारले अँठ्याएको छैन । भुसुना टिप्दै हिड्नेलाइ के को अधिकार ? कि कसो हौ ?
आएन रे
नेकपा बैठक गोडाचारेक दिन वाल्वाटाराँ बस्यो । बैठकमा जन्तर लगाएर आएका नेताहरुले आफ्ना
धारणा राखे । बैठकमा धारना राख्ने हो राखे त्यो नौलो करै भएन । बैठकमा पर्धानमन्तरी खप्रओले सबैलाई जिल्ला
राम बनाइदिएछन् । कसैलाई जिल्लाराम बनाउने खुवी खप्रओमा प्रचुरमात्रामा छ पहिलादेखि नै नेपालीहरुलाई जिल्लराम बनाउँर्दै आएका खप्रओले स्थायी समितिको बैठकमा स्थायी समितिका सदस्यहरुलाई मात्र होइन खुंखार प्रचण्डाउलाई पनि जिल्लाराम बनाइदिएछन् । अन्तका दश जना सिद्धिदा एक जना झापालीको जन्म हुन्छ भन्थे हो रै’छ । त्यत्रो दश बर्ष जनयुद्ध लडेर कुम हल्लाई हल्लाई राजनीतिमा आएका प्रचण्डाउ बडो आक्रोस भएर बैठकमा कुरा उप्काए । खप्रओले जवाफ देलान् भनेर वाल्वाटारका ढोकातिर पल्याक पुलुक हेरे । तर खप्रओ ढोकाबाट बाहिरै आएनन् विचरा प्रचण्डाउ हिस्स हरियाँ दाँत देखाएर बसिरहे । मान्नैपर्छ खप्रओको चतु¥याई ।
जुत्ता लगाएर विरुवा रोपाई
हाम्रा पर्देश नं. १ का मुखमन्तरी ख्याल गज्जबका छैनन् । पर्देश नं. १ का सप्पै जन्ताले मुखमन्त्रीको कामको अनुशरण गर्ने हो भने सुखी प्रदेश समृद्ध पर्देश बासी हुन समये नै लाग्दैन । अब हेरम न अस्तिका दिन मुखमन्तरीले त्यो के जाति भन्ने ठाममा बृक्षरोपण गरेछन् । अर्कैले खाल्डो बनाइदियो, अर्कैले विरुवा खाल्डामा जाकिदियो । पर्देश मन्तरीलेचाहिँ हातमा पञ्जा लगाएर, दौरा शुरुवाल भिरेर, टिलिक्क टल्कने जुत्ता लगाएर कार्पेटमाथि टेकेर यसो एक मुठ्ठी माटो हाल्देछन् । मृत्यु भएकालाई मट्टितेल दिएजस्तै । हाम्रा किसानहरुचाहिँ वेÏवाँकमा नांगा खुट्टाले हिलोमा टेकेर, लगौटी लगाएर, आफै खाल्डा खनेर विरुवा रोप्छन् । एक बाबा अब जमाना कहाँ पुगिसक्यो । सदैव परपम्रागत ढंगले वृक्षारोपण गर्ने खेतिपाति गर्ने काम अब छोड्नुप¥यो । मुख मन्तरीबाट अब पनि नसिके पछाडि परिएला है ।
बाउदेउ पड्केपछि
बाघ भन्या बाघै हो । बाघ घाइते भए नि फट्यांग्रा टिपेर खाँदैन । नेकपाका बाउदेउ पनि त्यस्तै छन् । अीस्तका दिन उन्ले झनक्क झन्केर भने महाकाली सन्धी हुँदा आफूले लिम्पियाधुरालाई सीमा नदी मान्नुपर्छ भन्दा उल्टै आफूलाई कार्वाही गरे । महाकाली नदी सीमा नदि भनेर सम्झौता गर्नेहरु आज हिरो भा’छन् । वित्थाँमा विवाद ग¥या रे । सम्झौता गर्दा ख्याल नगर्ने अनि अहिले आएर वडावडा वात गर्ने, राष्ट्रवादीको जामा लगाउने भनेर पडकेको देख्दा घण्टाघरलाई समेत रमाइलो लागेर आएको छ । महाकाली सन्धीमा पर्धानमन्तरी खप्रओ, माकुने लगायतले गलत गरेको भनेर आलोचना गर्दा बाउदेउलाई पार्टीबाटै निकालेका थिए । अर्को पार्टी गठन गर्दा पार्र्टी फुटायो भनेर आरोप लगाएर बाउदेउले अस्तिका दिन सबै भडास निकाले । खप्रओ, माकुनेले विचरालाई कम्ता पेल्या रै’नछन् । त्यसै मान्छेले भडास निकाल्र्दैनन् ?
उप्रिन्दरको आन्दोलन
उपिन्दर जादव आन्दोलन गर्न माहिर मानिन्छन् । चित्त बुझेन की आन्दोलन गर्छु भनेर धम्की दिइ
हाल्छन् । सर्कारले नागरिकता विद्येयक संसोधन गरेर कडा बनायो । उपिन्दरले आन्दोलन गर्ने चेतावनी दिइहाले । तर तिन्को आन्दोलन भड्खाालमा
परे जस्तो छ । मधेशका जन्तालाई उचालेर सडकमा उफ्रने बानी परेका उपिन्दरलाई यसपटक मधेशकै जन्ताले पत्याएनन् । सधै बाघ आयो बाघ आयो भनेर झुक्याउने गोठालाले साँच्चिकै बाघ आउँदा गाउँलेहरुले नपत्याएजस्तै भयो उपिन्दरलाई । खेतिपाति गर्ने बेलामा तिनले आन्दोलन भन्दैमा को आउँछ ? उपिन्दरले हाँडीमा चामल हाल्दिने हैन क्यारे । राजिन्दर महतोचाहिँ यसपटक थुनुतोमा टेपै लगाएर बस्या छन् । नत्र तिनको उफ्राइ पनि सानो हुन्थेन । काठमाण्डौलाई नाकाबन्दी गरिदिन्छु, मधेशमा आगो बाल्दिन्छु भनेर कत्ला परेका दाँत देखाएर पहिला पहिला खुब उप्रन्थे । यसपटक आन्दोलन नगर्ने र गराउने हुती भएन छ क्यारे ।
अन्तेमा
नेपालका सडिया बुद्धिजीविदेखि लिएर एकमाना भात पचाउनेहरु सबै नेपालमा विकास भएन, भ्रष्टाचार भयो, अरु देश कहाँ पुगिसके भनेरगफ छाँट्ने गर्छन् । तिन्ले त्यस्तो पाँदुरे गफ छाँटेको देख्दा घण्टाघरको कन्सिरी रनक्क भएर आउँछ । अरु देशमा अक्सफोर्ड पढेका, इमान्दार छवि भएका, कसैको सम्पति नखुलेका, झुटो कुरा नबोल्ने, कसैको हत्या नगरेका सामन्य जीवन बाँच्न चाहनेहरु सत्तामा बस्छन् । तर नेपालमा सबैभन्दा बढी झुठो बोल्ने, हजारौको हत्या गर्ने, अर्काको सम्पत्ति लुट्ने सार्वजनिक जमिन हडप्ने, भ्रष्टाचार गर्ने, मामाके घोडी मेरे हिही भनेझै राज्यको सम्पत्तिमा असमान्य जीवन जिउनेहरु सत्तामा पुग्या छन् । तिनलाई सत्तामा पु¥याउनेमा सडिया बुद्धिजीविको प्रशंसा र एकमाने भात पचाउनेहरु नै
हुन् ।

तपाईको प्रतिक्रिया