सेउती खोलामा एक बालक मृत अवस्थामा फेला

धरान, २८ जेष्ठ ः धरान उपमहानगरपालिका वडा नं. १४ मा एक बालक खोलामा मृत अवस्थामा फेला परेका छन् ।
धरान १४ विजयपुरका १६ बर्षीय मनिराज राई नजिकै रहेको सेउती खोलामा रहेको झोलुङे पुलबाट खसेर मृत अवस्थामा फेला परेका हुन् ।
राती घरमै सुतेका उनी विहान ५ बजेको समयमा आफन्त तथा स्थानीयले मृत अवस्थामा फेला पारेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
धरान १४ मा रहेको दन्तकाली माविमा कक्षा ७ मा पढ्दै गरेका मृतक राईलाइक्षर्् आमाले छोडेर गएपछि बुबासंगै दिदीको घरमा बस्दै आएका थिए । दिदी मिना राईका अनुसार दिनभरी बारीको काम गरेका र्र राति ११ ः३० बजेसम्म घरमै मोवाइल चलाएर बसेका उनी विहान ओछ्यानमा नभएपछि खोजतलास गर्दा सेउती खोलामा मृत अवस्थामा फेला परेका थिए । ६ बर्षदेखि दिदी मिनाकैमा बस्दै आएका भाइ मनिराज साथीभाइसंग त्यति संगत नगर्ने गर्ने गरेको बताउनुभयो । अहिलेसम्म लागू औषधको कुलतमा लागेको थाहा नपाएकोे, विद्यालय निरन्तर जाने गरेका भाईको मृत्यु प्रति दिदी मिनाले आशंका व्यक्त गर्नुभयो
उनको शव झोलुङेपुलबाट १५ मिटर तल सेउती खोलामा पाइएको थियो । घट्ना स्थलमा मृतक राईले एउटा हातमा मोवाइलको कभर बोकेको र उनले चलाएको मोवाइल भने केह िपर रहेको थियो । उनको टाउकोमा गहिरो चोट लागको थियो ।
मृतकका भेना विजय थापा मगरले अत्यन्तै सोझो, मिजास प्रविधिका उनको मृत्युप्रति आफू पनि आश्चर्यचकित भएका बताउनुभयो । उहाले घट्नाको तथ्यसत्य चाडै नै बाहिर आउने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीयहरुले समेत आफन्तहरुले मनिराजको मृत्यु रहस्यमय भएको् बताएका छन् स्थानीय अशोक राईले मनिराज राईको मृत्युप्रति आफुहरु आश्चर्यचकित भएको बताएका छन् । साथीभाई, छरछिमेक कसैसंग अहिले सम्म नराम्रा्े् नगरेका उनको मृत्यु के कारणले भयो भन्ने कुरा चाडै प्रहरीको अनुसन्धानबाट बाहिर आउने विश्वास उहाले समेत व्यक्त गर्नुभयो ।
यता प्रहरीले भने घटना के कारणले भयो भन्ने कुरा अनुसन्धान गरिरहेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले अनुसन्धानपश्चात मात्र के कसरी घट्ना घट्यो भन्ने कुरा थाहा हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया