घण्टाघरबाट हेर्दा

अलिकति तु¥क्याइ दिएछन्
गोÏले बाँस्कोटा नि चैट भएछन् । पर्धानमन्तरीले अमिलो मुख लगाउदै विहीबारदेखि गोÏलेलाई विदाई गरेछन् । त्यति विघ्न माया गरेको मान्छेलाई एकाएक मन कठोर बनाएर विदाई गर्दा पर्धानमन्तरीलाई कम्ता औडाहा भएन होला ? तर क्यार्ने सबैले गोफ्लेलाई विदाई गर्न क्याउ क्याउ गरेपछि । पर्धानमन्तरीले गोफ्लेलाई काँधमै बोकेर हिड्या थिए । दुई दिन अगाडि पनि काभ्रेतिर पुगेर गोफ्लेको सानो प्रशंसा ग¥या थिएनन् । तुलो राखेर जोख्ने हो भने गोÏले एक्लै एकातिर अरु सबै अर्कातिर सम्म भन्न भ्याएका थिए । काँधमा बोकेर हिड्दा केही दिन अगाडिदेखि पर्धानमन्तरीको काँध चिसो चिसो हुन थाल्या थियो । त्यसबेला काँध चिसो चिसो भो त कान्छा ‘सु’ गरिसकिस कि क्या हो ? पछारिदिन्छु नि सम्म भन्या थिए पर्धानमन्तरीले । अलिकति मात्र माने ७० करोड मात्र तु¥क्याए छु वा भन्या मान्छेलाई शुक्रबार त भुइँमा पाहा पछारेजस्तै पछार्देछन् । त्यो अडियोले गर्नुसम्म ग¥यो । यतिबेला गोफ्ले बाजे ७० अर्बको सेटिङ्ग भत्केकोमा घरतिर्रै लम्पासार परेर खुट्टा बजारिराँ छन् रे । आफनो घुरलु जिल्लातिर जाम भने खुट्टा तोडिदिने चेतावनी द्या छन्, सडकमा निस्किउ भने भष्टाचारी भनेर ढुंगा हानेर कन्पारो फोडिदेलान भन्ने त्रास । विचारालाई सानो पिर प¥या छैन ।
सांसदहरुको छट्टपट्टी
लेखा समितिका सांसदहरुमा यतिबेला वेचैनी बढेको छ । उमेर हद छँदै सूचना तथा सञ्चार मन्तरीलाई सडक छाप बनाउन अहम् भूमिका खेल्ने विजयप्रकाश मिश्रलाई प्रक्राउ गर्न पहरीलाई निर्देशन दिएछन् । क्या वात ? अब लेखा समितिमा बस्या सांसदहरुको सबैले मुक्तकण्ठले प्रशंसा गर्नैपर्ने भएको छ । मन्त्री जस्तो मान्छेले जाबो ७० करोड डकार्न खोज्दा त्यो अडियो मिडियामा दिनै हुन्थेन । दोषी त विजय प्रकाश मिश्र पो हुन त । सांसदले, मन्त्रीले, भ्रष्टाचार गर्नु, कमिशन लुँड्याउनु कानुनी रुपमा वैध हो भन्ने जान्दा जान्दै मिश्रले त्यसरी अडियो बाहिर ल्याइदिनु हुन्थेन । लेखा समितिमा बसेका सांसदहरुले वडा ठीक निर्नय ग¥या हुन । मिश्रलाई तुरुन्तै प्रहरीले अँठ्याएर कारबाही थाल्नु पर्छ । नत्र फेरि भोलि कुनचाहिँ मन्तरीको अडियो बाहिर आउने हो, कुनचाहिँ  सांसदले सांसद कोष दुरुपयोग गरेको अडियो बाहिर आउने हो । त्रास पो बढ्यो त । त्यसैले अडियो बाहिर ल्याउनेलाई कार्वाही गर्न प्रहरीलाई निर्देशन देका होलान । आखिरी बाख्राले बाख्राकै बथान त हेर्ने हो ।
सत्ताले सिध्याउ“छ रे
नेकपाका द्वितीये अध्येक्षे प्रचण्डाउले भन्या कम्निष्ट सिध्याउन बन्दुक चाहिँदैन रे सत्तामा पुगेसी’ आफै सिद्धिन्छन् रे । सत्तामा पुगेसी कम्निष्टहरु मातिन्छन् रे, सुरा र सुन्दरी खोज्दै हिड्छन् रे । भ्रष्टाचार नगरी बाँच्नै सक्दैनन् रे । कुरा त प्रचण्डाउले गाँठी नै ग¥या हुन् । सर्पले नै सर्पका खुट्टी देख्छ भन्थे हो रै’छ । हिजोसम्म अब आफू सत्तामा जाने माने पर्धानमन्तरी बन्ने भन्थे अबचाहिँ साह«ै जालान जस्तो छैन । त्यो सिद्धिने ठाममा किन जानु ? कम्ता बाठा छैनन् प्रचण्डाउ ? जनयुद्धको नाममा दुनियाँलाई रुवाएर धनयुद्ध गरेका प्रचण्डाउल कहिलेकाहीँ त राम्रो गफ गर्छन् । सत्तामा गएपछि सिद्धिने भएपछि त्यस्तो जाबो सत्तामा किन जाने ? कि कसो हौ प्रचण्डाउ ?
सेटि· गर्न पोख्त हुन्
सेटिङ्ग गर्न माने यसो दायाँवायाँ मिलाउन कम्निष्टसँग कस्ले सक्ने ? उनीहरुको दिमागै सेटिङ्गमा केन्द्रित भा’ हुन्छ । जस्तोसुकै सेटिङ्ग पनि उनीहरु ठाक्कठुक्क पारेर मिलाई हाल्छन् । मौका मात्र पाउनु पर्छ सेटिङ्ग नाथे त गर्छन् । अब हेरम न महरा डेटिङ्गमा पोख्त थिए । जानी जानी विचरालाई फँसाएको त हो नि । वास्कोटा माल मिलाउने सेटिङ्गमा पोख्त थिए । तिनलाई पनि वैरीहरुले देखि सहेनन् फसाइ छाडे । नेकपाका महासचिव प्लटिङ्गमा पोख्त हुन् । वाल्वाटारको जग्गै आफ्ना नाममा ल्याउन सक्नु सानो कुरा होइन । लत्तरोले त्यत्रा महान काम गर्नैै सक्दैनन् । सुकुम्बासीको जग्गादेखि वाल्वाटारको जग्गा प्लटिङ्ग गर्न सक्ने खुबी पौडयालमा छ । यिन्लाई पनि फँसाउने वैरीहरुले सानो खेल खेल्या होइन तर वाल्वाटारे मुखिया दायाँ बायाँ भएको हुनाले कसैले केही लछारपाटो लगाउन सक्या छैनन् । जबसम्म वाल्वाटारे मुखिया दायाँ हुन्छन् कसैले नि विष्णुलाई केही गर्छु भन्ने नसोचे हुन्छ । सडकमा जतिसुकै उफ्री पाफ्री गरुन, चिच्याउन केही हुनेवाला छैन ।
उपिन्दरको आन्दोलन
संघीये समाजवादी पार्टीका अध्येक्षे उपिन्दर जादवको आन्दोलन कहाँ पुग्यो ? मन्तरीबाट खुस्कने वित्तिकै जादवले मधेशमा आगो बाल्ने चेताउनी द्या थे । तिन्ले आगो बाल्न किन ढिलो ग¥या होलान् ? गर्मी शुरु हुन लाग्यो । तिन्ले आगो बाल्दिने र आगो ताप्ने मान्छे पाएनन् जस्तो छ । गोडाचारेक महिना बितिसक्दा पनि तिन्ले आगो बाल्ने छनकै देखाएका छैनन् । थुतुनोमा बर्बराउनु र काम गर्नुमा आकाश जमिनको फरक छ । पहिला पहिला गरेको आन्दोलनमा त्यतिका मान्छे सिनित्त भए । ५० लाख सम्म क्षतिपूर्ति दिने भनेर भाषन ठोक्या थिए । तर कसैलाई फुट्टीकौडी ढेवा नदिएपछि यसपटक मधेशका जन्ताले आगो बाल्न उपिन्दरलाई सघाएनछन् । आगै नबल्ने भएसी उपिन्दरको घुर्की तुरिने नै भयो । बरु चुपचाप मन्तरी पदमा बस्या भए यसो कमाई धमाई त राम्रो हुन्थ्यो । के गर्नु विचरालाई भाग्यले नदिएपछि ?
दुर्योधन सकुनी
हैन हौ हिजो आज नेपालाँ के भाँको हँ ? जताततै दुर्योधन र सकुनीको मात्र जन्म भै’राछ । बुद्ध र वाल्मिकीहरु त जन्मनै छाडे । सरकारी कार्यालयमा गयो दुर्योधन र सकुनीकै राज, स्थानीय तहमा गयो तिनीहरुकै राज, प्रदेशमा गयो तिनकै राज, संघमा त कुरै नगरम उनेरुकै
राज । यसो भनसुन गर्न खोज्यो दुर्ई तिहाइको सरकारलई हेप्नी भन्छन् । चालीस लाखको कारलाई ६ करोड हालेर बजाउछन्, पहाडमा डोकामा घाँस दाउरा गर्ने हेलिकोप्टरमा उड्छन् । दुर्योधन र सकुनीको सकसमा एकथरी पेलिएका पेलियै छन् । अब यो मुलुकाँ वाल्मिकी र बुृद्धको जन्म नहुने भएछ । बुद्ध र वाल्मिीलाई जन्मै नदिने भएछन् ।
कुकुरको पुच्छर बांगाको बांगै
सिके राउत भन्ने मनुवा हिजो आज फेरि अन्टेसन्टे बक्दै हिडन थालेछन । पहिला छुट्टै मधेश देशको अभियानमा हिड्या राउतलाई पर्धानमन्तरी खप्रओले मूलधारमा ल्याएको भन्थे । होइन रै’छ । हुन त खप्रओले कस्लाई कतातिर लान्छन्, ल्याउँछन् टुंगो भए पो । अस्तिका दिन राउतले नेपालगञ्जतिर पुगेर भनेछने नेपालगञ्जको नामै गलत छ । सबै कुरा मधेशको छ नामचाहिँ नेपालगञ्ज रे । नेपालगञ्जको नामै परिवर्तन गर्नुपर्छ रे । कुकुरको पुच्छर बाह« बर्ष ढुंगामा राख्दा पनि बांगाको बाँगै हुन्छ भन्ने आख्यान नाटककार खप्रओ वालाई थाहै रै’नछ । मूलधारमा आएको मनुवा फेरि वहुलाएको हो
कि ? लौन एकपटक विचार गरम । हुन त खप्रओ वाले ल्याएका भिœयाएका मान्छेमा कोचाहिँ सद्धे छन् र ? कोही डेटिङ्गमा, कोही सेटिङ्गवाला, कोही प्लटिङ्गवाला मात्रै त छन । तिनैमध्येको एकजना होलान् सिके राउत । नत्र त्यसरी नबोल्नुपर्ने हो । सिके राउत र खप्रओबीचको कनेक्सन के हो त्यो पछि थाहा होला ।
अन्तेमा
नेप्लिज लाँग्रेसका एकजना पिलन्धरे नेताले अस्तिका दिन वडो मच्ची मच्ची भाषन ठोके अब कम्निष्टले यो देशमा शासन गर्ने नैतिकता गुमाइसक्यो रे । त्यत्रो दुईतिहाइ वहुमत ल्याउने कम्निष्टलाई त्यसरी हेप्नी त भएन नि । नैतिकता गुमाएको भए किन दुई तिहाइ ल्याउथे । फेरि यहाँ नैतिकता भन्ने कुरा कहाँ छ र ? नैतिकताले शासन गर्ने पनि होइन । जस्को वहुमत छ त्यसले शासन गर्नेै हो । वहुमत नै नैतिकता हो भन्ने कुरा ती पिलन्धरे काँग्रेसलाई विचरा थाहै रै’नछ । थाहा भएको भए लाउडामा, धमिजामा किन कन्दनीको जुम्रा टिपेर बस्थे । त्यसबेला सडकका रेलिङ्ग भाँचिए, टायर बालिए । तर
रेलिङ्ग भाँच्नेको, टायर बाल्नेको गफै सुनिएन । लाँग्रेस वहुमतमा थियो । अहिले नेकपा वहुमतमा छ त्यसैले भन्या अर्काको आङको जुम्रा देख्ने तर आफ्नो आङमा भैसी लडेको नदेख्ने । वाह †

तपाईको प्रतिक्रिया