छुरा प्रहार गर्ने प्रक्राउ एक जना प्रक्राउ

धरान÷छुरा प्रहार गरी घाइते बनाउने धरानका एक युवालाई प्रहरीले प्रक्राउ गरेको छ ।
आइबार साझ करिब साढे सात बजेको समयमा धरान १७ फोक्लिनमा तीन जना घाइते हुने गरी छुरा प्रहार गर्ने धरान १७ प्रतिमागर्म बस्ने बर्ष १९ का अरबिन राईलाई पक्राउ गरेको हो ।
माघ ५ गते आइतबार फोक्लिन टापुमा अरविनले धरान १७ फोक्लिनका १९ बर्षीय जनम माझी, विशाल राई र अभिषेक बराइलीलाई छुरा प्रहार गरी सख्त घाइते भएका थिए । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइएको छ । घाइतेमध्ये दुई जनाको स्वास्थ्यमा सुधार आइ डिस्चार्ज भएको र जनम माझीको भने उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रक्राउ परेका राईलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको डिस्सपी न्यौपानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया