इटहरी÷पूर्वेली उपभोक्ताहरुका लागि मात्र नभएर मुलुक र मुलुक बाहिरका ग्राहकहरुको बीचमा ब्राण्डेड नाम गोरखा डिपार्टमेन्ट स्टोरले इटहरीमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर गत बुधबारदेखि अत्यन्तै सुविधा सम्पन्न गोरखा होटल प्रा.लि सञ्चालनमा ल्याएको छ ।
कुल चालीस करोडको लागतमा सञ्चालनमा ल्याइएको होटलमा ४२वटा कोठाहरु रहेका छन् । जसमा स्विट रुम, एक्जुकेटिभ रुम, डिलक्स रुम र नर्मल रुम रहेका छन् । होटलले आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरुलाई समेत जनवरी महिना भरि विशेष छुटको व्यवस्था समेत
गरेको छ ।
उद्घाटनलाई साताव्यापी रुपमा अतिथिहरुको स्वागतलाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको होटलले प्रशासनिक, सुरक्षा निकाय,राजनैतिक, सामाजिक क्षेत्र, उद्योगी, व्यवसायी तथा अन्य क्षेत्रका पेशाकर्मीहरुलाई विशेष प्राथमिकतामा राखेको छ । पूर्वाञ्चलमै यति सुविधा सम्पन्न होटल आजसम्म सञ्चालनमा नआएको गोरखा होटल प्रा.लि.का सञ्चालक बलराम आचार्यको कथन छ । उद्घाटनको अवसरमा देशभित्रबाट मात्र नभएर बाहिरबाट समेत बुकिङ्ग भएकोले आफूहरु थप उत्साहित भएको उहाँको कथन छ ।
सुरक्षा, सेवा सुविधालाई ध्यानमा राखेर होटल सञ्चालनमा ल्याइएको आचार्य बताउनुहुन्छ । पाँचतारे होटलमा रहेका सम्पूर्ण सेवा सुविधा गोरखा होटल प्रा.लि.बाट प्राप्त गर्न सकून भन्ने उद्देश्यले नै होटल भ्रमण बर्षलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले जानकारी दिनुभयो । होटल उद्घाटनकै क्रममा इटहरी पूर्वी नेपालमा खेलकुदको हव समेत रहेको र इटहरीमा कुनै न कुनै प्रकारका स्थानीय तथा राष्ट्रिय स्तरका खेलकुदका कार्यक्रमहरु भइरहन्छन् । सरकारले इटहरीमा क्षेत्रीय स्तरको रंगशाला निर्माणको कार्य समेत गरिरहेको छ । विगतमा यहाँ आउने खेलाडीहरु उपयुक्त आवासको अभावमा विराटनगगर तथा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्यका लागि समेत गोरखा होटल प्रा.लि सञ्चालनमा ल्याएको गोतमको भनाई छ । होटलले उद्घाटनका अवसरमै खेलाडीहरुलाई विशेष सेवा सुुविधा र छुट दिने घोषणा समेत गरिसकेको छ । उदघाटनका क्रममा होटल सञ्चालक बलराम आचार्यले ‘इटहरी पूर्वी नेपालमा खेलकुदको हवको रुपमा पनि विकसित हुँदै गएको छ । यस सन्दर्भमा यहाँ हुने अन्तर्राष्ट्रिय स्तरको, स्थानीय स्तरको, राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताहरुमा सहभागी हुन आउने खेलाडी तथा खेलकुदसँग सम्बन्धित महानुभावहरुलाई होटलले विशेष सहुलियत छुट दिने’ घोषणा गर्नुभएको थियो ।
पाँचतारे होटलमा काम गरिसकेका दक्ष व्यवस्थापन, भान्से, वेटर रहेको गोरखा होटलले पर्यटकहरुलाई विशेष लक्षित गरेको पाइएको छ । सरकारले समेत सन् २०२० लाई पर्यटकीय बर्ष घोषणा गरेपछि गोरखा होटल प्रा.लिका सञ्चालकहरु थप हौसिएका हुन । पर्यटकीय क्षेत्रको विकास र विस्तार हुँदै गएको अवस्थामा पर्यटकीय गतिविधिमा होटलले थोरै भएपनि भूमिका खेल्न सक्ने बुझाई सञ्चालकको रहको छ । सरकारको अभियानलाई आफ्नो ठाउँबाट
थोरै भएपनि टेवा पु¥याउन सकिन्छ कि भन्ने उद्देश्यले नै भमण बर्षको शुरुवातसँगै होटल सञ्चालनमा ल्याएको देखिन्छ । उसले अर्थात सञ्चालकले होटलको सफल सञ्चालनबाट राज्यको लक्ष्य अनुरुप भ्रमण बर्ष २०२० को सफलताका लागि सहयोग र साथ पुग्ने विश्वास समेत लिएको छ ।
जाडो मौसमसंगै न्यानो कपडा लिनेको भीड
गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा शनिवार स–परिवार भेटिएकी धनकुटा पाख्रीबासकी सदिक्षा नेपाल जेब्रा क्रसिक व्यागमा ज्याकेट, स्विटर लगायतका न्याना कपडा मिलाएर राख्दै थिइन् । उनीसँगै आएका परिवारका अन्य सदस्य उनलाई सहयोग गरिरहेका थिए ।
त्यतिविघ्न कपडा खरिद गरेको देखेपछि यो पंक्तिकारलाई नसोधी चित्तै बुझेन । यतिका कपडा प्रयोगकै लागि खरिद गर्नुभएको हो या विक्रीको लागि ? प्रत्युत्तरमा उनले मुस्कुराउदै भनिन् आÏनै परिवारका लागि हो । शनिवार श्रीमानको समेत विदा भएकोले आफूलाई चाहिने आवश्यक सरसमान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । यतिबेला गोरखा डिपार्टमेन्ट स्टेरमा न्याना कपडा खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ ।
यसपटक जाडो केही ढिलो शुरु भएकोले मंसिर पौषमा न्याना कपडा खरिद गर्नेहरुको खासै भीड थिएन । तर केही दिन यता एक्कासी जाडो बढ्न थालेपछि न्याना कपडा खरिद गर्नेहरुको भीड बढेको गोरखा डिपार्टमेन्ट स्टोरका सुपर भाइजर खेम खत्रीको कथन छ । स्वदेशी तथा विदेशी ब्राण्डका आफूले चाहे बमोजिम रेडिमेट स्विटर, कोट, ज्याकेट, मोजा, टोपी लगायतका न्याना कपडाहरुका लागि नेपालबाट मात्र नभएर भारतका विभिन्न स्थानबाट समेत ग्राहकहरु आएको सपुरभाइजर खत्रीले भन्नुभयो । यसका अलवा डिपर्टमेन्ट स्टोरको पाँचौ तलामा समेत ग्राहकहरुको उस्तै भीड देखिन्छ । भर्खरै जन्मिएका बच्चादेखि १४ बर्ष उमेर समुहका नानीहरुका लगि चाहिने सम्पूर्ण कपडाहरु उक्त तलामा रहेकोले अभिभावकहरु उक्त तलामा भीड हुने गरेको छ । स्वदेशीँसगै खासगरी सिंगापुर, थाइल्याण्ड, हङकङ लगायतका मुलुकबाट आयात गरिएका नानीहरुको अत्यन्तै न्यानो र भुवादार कपडमा अभिभावहरु आकर्षित हुने गरेका छन् ।
गोरखा किचनमा पारिवारिक भीड

गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा रहेको गोरखा किचनमा पछिल्ला केही महिना यता पारिवारिक भीड बढेको छ । किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ किचनमा ग्राहकको भीड बढेको हो ।
हुन त गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखामा किचनमा मात्र नभएर ग्रोसरी, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पल, अर्गानिक साग सब्जी, बेकरी आइटम, गिÏट आइटम सबैतिर ग्राहकको भीड उस्तै देखिने गरे तापनि पारिवारिक वातावरणमै किचेनमा बसेर धरानसँगै वरपरका रमणीय दृश्यको अवलोकन गर्दै इच्छा अनुसारको भेराइटीको स्वाद लिन अधिकांश ग्राहकहरु पहिला किचनमै पुग्ने गरेका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखाका किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ अहिले ग्राहकहरुको संख्या ह्वात्तै बढेको छ । ग्राहकहरुको संख्या ह्वातै बढ्नुमा प्रमुख दुई कारण रहेको इन्चार्ज खड्काको ठम्याई छ । पहिलो त एसीसँगै विभिन्न भेराइटीको स्वादिष्ट परिकार र दोस्रो चाहिँ हालै सञ्चालनमा आएको गोरखा सिनेप्लेक्स । गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा रहेको गोरखा सिनेप्लेक्समा सिनेमा हेर्न आएका ग्राहकहरु गोरखा किचेनमा भेराइटीको स्वाद लिएर मात्र हलमा प्रवेश गर्ने गरेका छन् । किचन इन्चार्ज खड्का भन्नुहुन्छ हाल दैनिक पाँचसयको हाराहरीमा ग्राहकहरु आउने गर्नुभएको छ । अत्यन्तै सफा, आफूले चाहेको भेराइटीका लागि लामो समय कुर्नु नपर्ने, काठमाण्डौ र पोखराका फाइव स्टार होटल र थ्रि स्टार होटलमा काम गरिसकेका दक्ष कुकहरुद्वारा तयार पारिएका भेराइटी खान ग्राहकहरु लालयित नहुने कुनै भएन । बजारमा अन्यत्र नपाइने भेराइटीको उपलब्धता, साधारण खानाको रु ५० र चिकेन खानाको रु ९० मै भरपेट खान पाइने भएपछि अधिकांश गाहकहरु यतिबेला गोरखा किचनमा परिवार सहित पुग्ने गरेका छन् ।

