आफ्नै कार्यकाल थपे रे
नेप्लिज लाँग्रेसमा यतिबेला स्याल हुइँøयाँ मच्चिएको छ । लाँग्रेसका बुढानिलकण्ठे मुखिया छेरबहादुरले आफ्ना मुखिया पद आच्या सभापति पद एक बर्ष आफैले थपेसी स्याल हुइøयाँ मच्चिएको हो । बहुमतको बलमा मुखियाले पेलेरै अघि बढ्ने योजना बनाए भन्दै लुरे बाजे तिनसँग सति जान लागेका एक आद्य पिलन्धरेहरु विरालाले छाउरा सारे झैँ ठाम सारी सारी बैठक गरेर स्याल हुइøयाँ मच्चाउदै छन् । पद भन्या पदै हो नि गाँठे । पद नभा’ मान्छेलाई कस्ले ज्यू हजुरी गर्ने ? मेलो मेसो कस्ले मिलाउने ? पदमा कस्ता राप हुन्छ ? देशीदेखि विदेशीसम्मले भेट्छन् । पर्तिपक्षे भए नि पर्धानमन्तरी सम्मले खातिर दार गर्छन् ऐचो पैचो चलाई दिन्छन् । पदै नभएकाको के काम ? आफन्तैले पत्याउन छाडिदिन्छन् । छेरबहादुरले जे गरे ठीक गरे । लुरे बाजेहरुले ज्यान गए नि थप्थेनन् । थप्ने कुरा पनि भएन । आखिरी स्यालबहादुरले आफनो पदको हद ड्याम्म एक बर्ष बढाइदिए । घुर्की लगाएर बैठकै बहिष्कार गर्ने बाजेहरु यतिबेला पाहा पछारिए झै उत्तानो चित्त प¥या छन् ।
निर्नय मान्दैनम
चमडी जाए पर दमडी ना जाए भन्ने उखान धेरैले सुनेको हुनुपर्छ । अब हेरम न तनहुँ तिरका रामचन्द्रे बाजे अस्तिका दिन सडकमा बुरुक बुरुक उफ्रदै थे । त्यसरी सडकाँ किन उफ्रेका होलान् भन्या त गाँठी कुरा त अर्कै रै’छ । भातृ संगठनको म्याद बढाउने, विभाग गठन गर्ने, आफ्नै म्याद बढाउने नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुर देउवाको एकलौटी निर्नय मान्दिनम भनेर बाजे त्यसरी उफ्रिया रै’छन् । बाजेले नमानेर केही होला जस्तोचाहिँ घण्टाघरलाई लाग्या छैन । मान्दा पनि स्यालबहादुरले अधिवेशनमा पेलेरै जान्छन् । नमान्दा पनि पेलेरै जान्छन् । आखिरी स्यालबहादुर काजी न ठहरिए । गोडातीनेक पटक पर्धानमन्तरी हुँदा भ्याउन्ज्याल लुड्याकै छन । धन देखेपछि कस्को मन विग्रदैन ? बाजेकै कार्जेकर्ताहरु पनि महाधिवेशनमा उतैको तिर लेपासिन्छन् । पहिला पनि त्यसैगरी लेपास्सिएकै हुन क्यारे । एक पटक सभापतिको स्वाद चाखिसकेको काजीले दमडीमा कति ताकत हुन्छ भन्ने कुरा राम्रैसँग बुझ्या छन्, कि कसो हौ ?
खेतला हुन रे
राष्ट्रिये जनमोर्चाका अध्येक्षे चित्रबहादुर पनि कहिलेकाँही त विचित्रकै कुरा गर्छन् । हुँदा हुँदा अब मधिशे दलहरुलाई भारतको खेतला पो भन्न थालेछन् । अस्तिका दिन विचित्र
बहादुरले मधेशी दललाई भारतको खेतला भन्दिए । बुढेशकालमा बोलीको सुर हुँदैन भन्छन् । सुर नभएरै बूढाले त्यसो भन्या हुन कि ? सुर भए त बुढाले त्यसो नभन्नु पर्ने हो । बुढाले पक्कै पनि मधेशी दलले भारतको खेतला गरेको देख्या हुनुपर्छ । नग¥या भए त मधेशी दलहरु उनीप्रति धोती सुर्केर तीन बिा उफ्रनु पर्ने हो । विचित्रबहादुरले अनर्गल हल्ला ग¥या भनेर प्रेस विज्ञप्ती निकालेर खण्डन गर्नु पर्ने हो । तिनेरले त्यसोपनि ग¥या छैनन् । नत्र स–साना कुरामा वम वम भएर ठूला ठूला स्वरमा कोकोहोलो मच्चाउने मधेशी दलहरु तै चूप मै चूप त बस्नु नपर्ने हो । पक्कै दुधमे कुछ काला है ।
सडक तताउने रे
यतिबेला सबैभन्दा ठूलो पीर समाजवादी पार्टीका अध्येक्षे उपिन्दर यादवलाइ प¥या छ । स्वास्थे मन्तरीबाट रातारात कानुन फालिए पनि अन्तत घर न घाटको भएर सडकमा आउनु पर्दा जादवललाई कत्रो चोट प¥या होला ? सत्ताबाट खुस्कने वित्तिकै जादवले एउटा घोषणा ग¥या छन् अब सडक तताउने रे । मन्त्री छउन्ज्याल कहिल्यै सडक तताउने कुरा गरेनन् । अब अहिले आफै सडकमा आएकोले तताउन खोज्या होलान् । मधेशका जन्ता यतिबेला शितलहरले कठ्यांग्रिएर डल्लो परेर बस्या छन् । सडक तताई दिए त तिन्ले पनि राहत पाउथे कि ? मन्तरी छँदा १९ महिना ३० पटक विदेश भ्रमन गरेका जादव त्यतिबेला तीन पटक पनि मधेश छिरेनन् । अब तिन्ले सडक के भनेर तताउलान् ? फेरि मधेशका सडक तिन्का बाजेले बनाएका हुन् र ? जतिबेला मन प¥यो त्यतिबेला सडक तताउँदा ताप्न केही आउलान जस्तो छैन । उल्टै झट्टी हान्लान जस्तो छ । लौन जादव ज्यू बेला न कुबेला सडक तताउने आइडियाचाहिँ कसले दियो ? पक्कै त्यो आइडिया बाउरामको हुनुपर्छ । आफू सिद्धिएपछि अरुलाई किन उँभो लगाउने ? बाउराम कहिले माउवादीको खेती गर्छन्, कहिले नयाँ शक्तिको खेति गर्छन् । कहिले समाजवादीमा अधिया गर्दैछन् । बाउराम राजनीतिमा लाग्ने फौजी किरा हुन् भन्ने कुरा जादवले भेउ पाएकै रैनछन् ।
पैसा राख्न खेतला खोज्दै
पूर्व माउवादी मने पश्चिम नेकपाका नेता लेखराज न्यौपानेले अस्तिका दिन गज्जबकै गफ दिएछन् । कम्निष्टका आदर्श व्यक्ति माक्र्सले छोरी मर्दा कात्रो किन्ने पैसा पनि पाएनन् तर नेपालाँ माक्र्सवादीहरु पैसा कहाँ राख्ने भनेर खेतला खोज्दै छन् रे । कम्निष्टहरुले धर्मलाई अफिम भन्ठान्छन् । माक्र्स त कम्निस्ट थे क्यारे । अनि तिन्का छोरी मर्दा कात्रो किन चाहियो ? धर्म मान्नेले पो कात्रो सात्रो किन्छन्, किरिया सिरिया गर्छन, बर्खी सरखी गर्छन् । माक्र्स पो कंगाल थिए त नेपालका माक्र्सवादीहरु कंगाल छैनन् अक्टोपसले जस्तै सोहोरेका सोहोरै छन् । त्यसरी सोहोरेको आफूले मात्र राख्दा जोरी पारिको आँखा लाग्ला । त्यसलाई
सुरक्षेसँग राख्न खेतला चाहिएन त ? नेपालका माक्र्सवादीहरुका खेतला भन्या ससुरालीपट्टिका गोडा चारेक पुस्ता, भान्जाभान्जी खलकतिरका गोडा चारेक पुस्ता, मितरी साइनो पट्टिका गोडा दुईक पुस्ता र अन्तेमा ड्राइभर सम्म हुने गरेको कस्लाई थाहा छैन । त्यसै पशुपति शर्मा कहिलेकाँही फत्फताउँदैन त ?
बद्धि बिग्रेको माकुन्याउ
माकुन्याउलाई खप्रओले किन विस्तारै साइड लगाएको भन्ने कुरा बल्ल घण्टाघरले पत्ता पाएको छ । अरुले गरिखाएको देख्न नसक्ने, अरुले गरेको काममा टङ अँड्याउने, आफूले भनेको भएन भने पुतली जुँगा फुरफुर पारेर सत्तो सराप गर्ने । गुन त हुँदै नभाका माकुन्याउलाई साथमा लिएर हिड्नै नसक्ने भएसी खप्रओ वाले साइड लाइदिया रै’छन् । आफ्नै पार्टीको
सरकार छ, आफ्नै साथीभाइको मन्त्रालय कब्जामा छ । अनि त्यसी आफ्नैले आरोप लगाएपछि कस्ले बाँकी राख्छ । लहै माकुन्याउ बोल्दा यसो थुतुनो जोगाएर बोले राम्रो, आफ्नै कल्याण होला । नत्र उही खप्रओ वाको…..।
यति साम्राज्य
नेपालमा अहिले यतिको साम्राज्य छ । किन नचलोस् त ? कमाउनिस्ट सरकार दाहिना भएपछि । यति भनेसी’ कमाउनिस्ट सरकार सति नै जालान जस्ता गर्न थालेका छन् । ताली एक हातले मात्र बज्दैन । दुवै हात ठटाएसी’ ताली बज्ने हो । यतिबेला कति ग¥या छ भन्ने कुरा बबुरा जन्तालाई के पत्तो ? यतिले पर्धानमन्तीदखि लिएर मन्तरीहरु सबैलाई गतिलैसँग चखनी खुवाइद्या छ । नत्र यतिको पछि किन यति मरिहत्ते गरेर लाग्थे । गोकर्ण रिसोर्ट मात्र होइन स्व. राजा वीेन्द्रको सम्पत्ति ट्रष्टमा ल्याउने नाममा धमाधम यतिलाई लिजमा दिन थालिएको छ । वाह यति ? खप्रओको विदेशमा उपचार खर्च समेत लिजमा सम्पत्ति पाएसी यतिले नै गर्दै छ रे । ट्रष्टमा सम्पत्ति सबै यतिले नै पाउला जस्तो पो छ । मामाके घोडी मेरे हिही भन्या यही हो । सम्पत्ति स्वर्गीय राजा वीरेन्द्रको रजाई चाहिँ स्यालहरुको । देशाँ यस्ता गतिला काम भएसी सुखी नेपाली समृद्ध नेपाल बन्न अब धेरै कुर्नु पर्ला जस्तो छैन । जुन ठाउँ यतिले माग्यो त्यो ठाउँ यतिको पक्का । गज्जब छैन त ?
अन्तेमा
दूध पिएर विष ओकल्नेहरु भन्दा रक्सी पिएर सत्य बोल्ने इमान्दार हुन्छ भन्थे । तर नेकपाका भीम रावलले दिउँसै रक्सी पिएर हो कि क्या हो सत्य बोलेर इमान्दार भा’छन् । अस्तिका दिन तिन्ले डाइलासिस गराउँदा गराउँदा लखतरान भा’का पर्धानमन्तरी खप्रओको हुर्मतै लिएछन् । वाल्वाटारँ बसेर जन्ता ढाँट्ने ? भनेछन् रावलले । खप्रओे जन्ता ढाँट्छन् भन्ने कुरा सबैलाई थाहा छ । त्यो कुरा के भनि रा’होला ? विचरा खप्रओको ढाँट्ने आदतै भैसक्यो । नढाँटी त उन्लाई गफै गर्न आउँदैन । फेरि सक्कली कम्युनिस्ट हुन ढाँट्ने कला जानेकै हुनुपर्छ । नढाट्ने हो भने ऊ कहिल्यै सत्तामा पुग्दैन । ढाटेकैले खप्रओ सत्तामा पुग्या विचरा रावललाई पो थाहा रै’नछ कि क्या हो ?
