ज्ञापनपत्र

श्रीमान नगरप्रमुख तिलक राई ज्यू मिति ः ०७६÷०८÷३०
धरान उपमहानगरपालिका धरान–१२
विषय ः ज्ञापनपत्र बुझाइएको बारे
(१) जनप्रतिनिधिविहीन अवस्थामा ९० प्रतिशत धरानबासीले आयुडिपी परियोजनाको विरोध गर्दा गर्दै धरानबासीहरुको असहभागिता हुँँदा हुँदै जनप्रतिनिधिविहीन अवस्थामा फाइदा लिई धरान उपमहानगरपालिकाका कर्मचारी र केही
राजनीतिक दलहरुले उनीहरुको स्वार्थ हितका निम्ति यो योजना भिœयाइएको सर्वविधितै छ ।
(२) त्यस समयमा धरान नगर स्वायत्त शासन नियमावली लागू भइकेको अवस्थामा जनस्तरमा व्यापक छलफल र बहस विना खानेपानी संस्थानलाई वाइपास गर्दै भित्रिएको आइयुडिपीको परियोजना र धराने जनताको कुनै सम्बन्ध छैन ।
(३) नेपाली काँग्रेसका जिल्ला सचिव सुजेन्द्र गोले ज्यूको संयोजकत्वमा आइयुडिपी परियोजना खारेजी गर्ने सम्मको संघर्ष समिति बनेको थियो । त्यसबेला धराने जनता विरुद्ध गरिएको सम्झौता भएकाले त्यो सम्झौता मान्न धराने जनता बाध्यकारी नभएको स्पष्ट गर्न चाहन्छौं । साथै हाल आइयुडिपी परियोजनाको नाममा जबरजस्ती रोड भत्काउने पाइप काट्ने (इन्टर कनेक्सन गर्ने) मानवीय सृजित समस्या बल्झाउने जस्ता कार्य तत्काल रोक्नुपर्ने । एनटिसी, एनसिएयल जस्तो स्वेच्छिक कार्यविधिद्वारा धराने जनतालाई सेवा दिनुपर्ने ।
(४ ) धरान भित्रको कागजी प्रक्रिया र श्रेष्ता मिलाइएको योजनाहरु धराने जनतालाई कुनै पनि हालतमा स्वीकार्य हुने छैन ।
(५) २०६३ को अन्तरिम सविधानले एडिवीको बोर्डलाई ०७२ को संविधानले पूर्ण रुपमा खारेज गरिदिएको छ । ०७५÷३÷३२ मा खानेपानी संस्थानलाई गैर संवैधानिक तवरले कानुनको धज्जी उडाउदै खानेपानी संस्थानलाई बोर्डमा लाने हास्यास्पद निर्णय गरेको छ त्यसैले अलग अलग हुनुपर्छ ।
(६) खानेपानी संस्थान बोर्डमा लाने सत्ता र शक्तिको आडमा निर्णय गरिएको निर्णय धराने जनताको विपक्षमा भएकोले यो धरानबासीको लागि मान्य हुनेछैन ।
(७) नेपाल सरकार खानेपानी सरसफाई मन्त्रालयबाट खानेपानी संस्थानबाट हुने सेवा सुविधा न्याय र समानताको आधारमा पोखरा, विराटनगर जस्ता सहरमा जस्तै धरान खानेपानी संस्थालाई पनि मानवीय व्यवहार गरिनुपर्छ ।
(८) हाल खानेपानी संस्थान केन्द्रीय कार्यालयले धरान खानेपानी संस्थानमा तत्काल पानी बढाउन र कोशीबाट स्थायी स्रोत ल्याउने र आयोजनाको दायित्व व्योहोर्न तयार भएको अवस्था छ । यसको सदुपयोग सम्बन्धित निकाय सरोकाकारवालाहरुले प्रमुख प्राथमिकतामा राखेर तत्काल निर्णय लिने कि नलिने ? धरानबासीको लागि फेरि यस्तो अवसर नआउन पनि सक्छ ।
(९) धरान नगर क्षेत्रभित्र रहेको सरकारी कार्यालयहरु एक पछि अर्को राज्य केही राजनैतिक दलको दोहोरो चरित्रको इसारामा धमाधम सार्ने र भएको पनि विभिन्न बहानामा मास्ने काम निरन्तरता भएको प्रति गम्भीर ध्यानाकर्षण गराउदछौं ।
(१०) धरान नगर क्षेत्रभित्र वहुचर्चित आइयुडिपी परियोजना २ अर्ब १७ करोड बराबरको परियोजनाबाट (शुद्ध पिउने) पानीको लागि लगानी गर्ने लक्ष्य के कति सफल कि असफल भयो भन्ने विषयमा लगभग जनताबाट ६ हजार धारा वितरण गर्दा उठाउने पानीको धारा न पानी न पैसा भएको विषयमा उच्च स्तरीय छानविन पश्चात कारबाही हुनुपर्दछ ।
(११) खानेपानी संस्थानको सेवा र आइयुडिपी परियोजनाको खानेपानी सेवामा एकरुपता नभएको प्रति व्यवहारिक रुपमा भिन्नता भएको प्रति गम्भीर हुन नेतृत्व वर्गमा अनुरोध गर्दछौं ।
खानेपानी संस्थानको प्रतियुनिट रु २५
मिनिमम रु ११०।–
आइयुडिपीको मिनिमम रु २२०।–
प्रति युनिट रु ४८–स्तर हेरी वृद्धि हुने ।
खानेपानी संस्थान सेवा मुलक भएकोले विद्युतको रेट प्रति युनिट रु ६।– का दरले विद्युत प्राधिकरणलाई दिइ रहेको छ । बार्षिक ३ करोड जम्मा देखिन्छ । आइयुडिपी व्यापारी सस्था नाफा कमाउने भएकोले गर्दा विद्युत प्राधिकरणले प्रति युनिट रु १२ को दरले लिन्छ । (बिपीकेआइएचस) को रेटको बराबरमा बार्षिक रु १८ करोड देखिन्छ । यस कारण विद्युतमा मात्र १५ करोड बढी भार देखिन्छ । दैवी प्रकोप भई आएको खण्डमा नेपाल खानेपानी संस्थानलाई नेपाल सरकारले पूर्ण सहुलियत दिन्छ र खानेपानी संस्थानले व्यहार्नेछ । धरानको धारा २७,००० दैनिक पानीको माग ३५ एमएलडी ३ करोड ५० लाख लिटर हालको संस्थानको क्षमता एक करोड २० लाख लिटर आइयुडिपीको ६० लाख लिटर अपुग दैनिक १ करोड ७० लाख लिटर हुन आउँछ । धन्यवाद

(१) मंगोल नेशनल अर्गनाइजेसशन डा. गोपाल गुरु नगरसभा, धरान
(२) संघीय लिम्बुवान राष्ट्रिय मञ्च
(३) किरात खम्बुवान साझा पार्टी
(४) जन सरोकार मञ्च धरान
(५) नागरिक एकता सञ्जाल
(६) खानेपानी उपभोक्ता समिति
(७) खेरे सोङ्छा सेवा समाज सुनसरी

बोधार्थ
सचिव
माधव बेलबासे
खानेपानी तथा सरसफाई मन्त्रालय

अध्यक्ष
ज्यूलाल चौधरी
नेपाल खानेपानी संस्थान केन्द्रीय कार्यालय सञ्चालक समिति
त्रिपुरेश्वर मार्ग, काठमाण्डौ

महा प्रबन्धक
डा. भुपेन्द्र प्रसाद
खानेपानी संस्थान केन्द्रीय कार्यालय
त्रिपुरेश्वर मार्ग, काठमाण्डौ

कार्यालय प्रमुख
रामकुमार श्रेष्ठ
नेपाल खानेपानी संस्थान शाखा कार्यालय, धरान

तपाईको प्रतिक्रिया