लगातारको बन्दले स्वास्थ्य सेवा समेत प्रभावित

धरान/ लगातारको बन्दका कारण स्वास्थ्य संस्थासमेत प्रभावित बनेका छन् ।
विभिन्न माग राखी विभिन्न समुदायले गरेको तीनदेखिको बन्दका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले विरामीको चाप समेत घटेको छ ।
दैनिक रुपमा जेनरल ओपिडीमा चेकचाजका लागि १ हजार ५ सय आउने विरामीको संख्या अहिले बन्दकै कारण घटेर ३ सय देखि ४ सय मात्र हुने गरेको ओपिडीको विलका उन्डरमा काम गर्ने कर्मचारी धर्मेन्द्र राजवंशीले जानकारी दिनुभयो । उहाले बन्दकै प्रभावका कारण नजिकबाट मात्र विरामी चेकजाचमा आउने गरेको तर टाढाका विरामी आउन नसकेको उहाको भनाई छ ।
यस्तै भनाई प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाडको समेत रहेको छ । उहाले समेत दैनिक रुपमा ओपिडी, अकस्मात उपचार कक्ष लगायतका विभागमा ३ हजार विरामी आउने गरेको भएपनि अहिले भने घटेर २५ प्रतिशतभन्दा कमी आउने गरेको बताउनुभयो । बन्दका कारण टाढाटाढाबाट विरामी आउन नसकेकै कारण प्रतिष्ठानमा उपचार गराउने विरामीको संख्या घटेको उहाको भनाई छ ।
प्रतिष्ठानमा भारत लगायत नेपालका विभिन्न स्थानबाट उपचारका लागि आउने गरेका छन् । ३ हजार भन्दा बढी विरामी आउने प्रतिष्ठानमा बन्दकै कारण सुनसान प्राय देखिएको
छ । यसलाई विरामीलाई भने उपचारमा सजिलो भएको स्वयम् विरामीहरुले बताएका छन् । उनीहरुलाई भने बन्दका बेला लाइनमा बसेर विल काट्न र चिकित्सकलाई देखाउन सजिलो भएको समेत प्रष्ट पारेका छन् ।
बन्दका समयमा इटहरी, तरहरा, धरानका आसपासका विरामीबाहेक उपचारका लागि नआउने गरेको प्रतिष्ठानको भनाई छ । दैनिक जसो भीड हुने प्रतिष्ठानको आकस्मिक कक्ष समेत खाली प्रायm रहेको देख्न पाइन्छ । अत्यन्तै जटिल तथा ल्याउनै पर्ने विरामीमात्र एम्बुलेन्स रिजर्भ गरेर ल्याउने गरेकाले पनि प्रतिष्ठानको आकस्मिक कक्षमा विरामी घटेको आकस्मिक कक्षका इन्चार्ज डा. ज्ञानेन्द्र मल्लले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया