आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

ओखलढुंगा ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–८ भुसिङगा बस्ने बर्ष ८५को लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।
स्थानिय गम्बु शेर्पाको घरमा डेरा गरी बस्दै आएका लोकसन शेर्पा गत २२ गते राती अगेना छेउमा आगो ताप्दै सुत्ने क्रममा अचानक आगो शरिरमा सल्किएर घाईते भएका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी रावदोलुको प्रहरीले उपचारको लागी सदरमुकाम तर्फ ल्याउने क्रममा सोमबार साँझ साढे ५ बजेको समयमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया