राजधानी÷नेपालको भुकम्प पश्चातको पुन निर्माणमा भारत सरकारको प्रयास स्वरुप गोरखा जिल्लाका १६ निर्वाचित स्थानीय सरकारको प्रतिनिधिहरुको लागि United Nation Developmet Programme (UNDP) ले भारतमा कार्तिक २६ देखि ३० गतेसम्म परिचयात्मक भ्रमणको आयोजना गरेको थियो ।
भुज भुकम्प पुननिर्माण अनुभवबाट सिक्ने हेतुले ती प्रतिनिधिहरुका लागि UNDP को साझेदारका रुपमा रहेका ODRC (Owner Driren Reconstruction collaboratire of India) ले गुजरात र दिल्लीमा भ्रमण समन्वय गरेको थियो । दुई नगरपालिका मेयर, उपमेयर तथा ६ गाउँ पालिकाका वडाअध्यक्ष, उपाध्यक्षहरु उक्त भ्रमणमा सहभागी भएका थिए ।
भारत भमणका क्रममा भुजण्ड गुजरात सरकारका कार्यकारीहरुसँग प्रतिनिधिहरुले भेटघाट गर्नुका साथै भुज भुकम्प पश्चात अपनाइएका स्व. निर्माणका अभ्यासहरुको उनीहरुले अवलोकन गरेका थिए । दिल्लीमा प्रतिनिधिकहरुले राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणसँग
अन्तरक्रिया गरी भारतको विपद तयारी, पुनस्र्थापना तथा अनुभवहरुका बारेमा निर्वाचित जनप्रतिनिधिहरुले जानकारी लिएका
थिए । गोरखा जिल्लाको २६, ९१२ घरको पुन निर्माण गर्न भारत सरकारले नेपाल सरकाररसँग हाल सहकार्य गरिरहेकोे छ । नेपाल सरकारको स्व निर्माणको अवधारणलाई मुर्त रुप दिन UNDP ले भुकम्प उत्थानशिल आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक प्राविधिक सहजीकरण प्रदान गर्र्दै आएको छ । विपद व्यवस्थापन, पुनः स्थापर्ना तथा प्रतिरोध सम्बन्धमा समुदायमा जनचेतना बढाउदै भुकम्प उत्पादनशील पुनः निर्माण सुनिश्चित गर्नका लागि त्यस प्रकारको भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्न मार्ग प्रसस्त गर्ने सहभागीहरुले जनाएका थिए ।
